Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली सेनाको योगदान झल्काउने गीति म्युजिक भिडियो सार्वजनिक
नेपाली सेनाको योगदान झल्काउने गीति म्युजिक भिडियो सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०

 

काठमाडौं -  नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक गरेकाे छ ।  नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा सो म्युजिक भिडियो विमोचन गरेका हुन्  । गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत सो कृतिमा सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।

नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिव दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को छायाचित्रमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गीतलाई नै अहिले म्युजिक भिडियोमा उतारिएको हो । उहाँका शब्दलाई शोभन सायजुले छायाचित्र र युवा सङ्गीतकार राजेन्द्र बजगाइँले लय दिएका छन्  ।

Hardik health

नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गर्नुभएको गीतमा सुभाष तिमिल्सिना, गीता पाण्डेलगायत गायकका स्वर छन् । सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपत्का समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिए ।

“सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन, राज्यको अखण्डता जोगाउने मूल खम्बा हो”, शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भने, “वीर पुर्खाको योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ।” उपप्राध्यापक हेम भण्डारीले सो गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिए  ।

म्युजिक भिडिायो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गीत र छायाचित्रमा समावेश गरिएको जानकारी दिए । सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP