Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पहिरोको जोखिममा दुई विद्यालय
पहिरोको जोखिममा दुई विद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०

बैतडी– पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिराको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । पहिराका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो । उनले भने, “पहिराले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको  छ ।”

विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ । विद्यालय भवन पहिराको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।

Hardik health

कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिराको जोखिममा परेको छ । उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो ।  कक्षा ८ सम्मको  पढाइ हुने नवदुर्गा  आधारभूत विद्यालयमा  एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए ।

सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।  मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताए ।  

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख प्याकुरेलले बताउनुभयो । उनले भने, “अप्टिकल फाइबार मर्मतका लागि अत्तरियाबाट प्राविधिक टोली खटिएको छ ।  पानी परिरहेकाले केही ढिलाइ भएको छ । छिट्टै समस्या समाधान हुन्छ  ।”
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ
युवा संघको अध्यक्षमा गुरुङ शुक्रबार, माघ १६, २०८२
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा शुक्रबार, माघ १६, २०८२
हिउँदे वर्षाले काँचो इँटामा क्षति
हिउँदे वर्षाले काँचो इँटामा क्षति शुक्रबार, माघ १६, २०८२
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP