Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
समाचार
  • Home
  • समाचार
  • तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए 
तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १, २०८०

गलेश्वर - भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ ।

स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डो¥याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका–२ की ६९ वर्षीया यामकुमारी शर्माले बताए  ।

    तीज आयो जाउन बाबु दिदी लिनलाई  
    खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।
    हुन्छ आमा दिदी लिन जान्छु जान त 
    कोसेली पो के लानी हो पर्छ लान त ।।
    
“गाउँमा मोटर गुड्ने सडकको पहुँच थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासू, ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो”, शर्माले भने “हिजोआज भने गाउँगाउँमा सवारीसाधन पुगेका छन्, हातहातमा मोबाइल छ, न दाजुभाइलाई दिदीबहिनी लिन जाने झन्झट र न दिदीबहिनीलाई कोशेलीपातको व्यवस्था गर्न गाह्रो, पैसा भए बजारमा सबै चिज पाइन्छ, आनन्दै ।”

मालिका गाउँपालिका–४ का डेकबहादुर घर्तीले भन्नुभयो, “तीजको रौनक पनि हराउँदै जाँदा पुराना दिन केबल सम्झनामात्रै बन्न थालेका छन्, हिजोआज तीजको लय हराउँदै गएको छ, विकृति फस्टाउँदै गएको छ ।”ज्यामरुककोटकी ८९ वर्षीया खिरकुमारी कार्कीका अनुसार वर्षामास धान रोपेर सकिएपछि तीजकै लागि अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, गावा जस्ता परिकार बनाएर दरका रुपमा खाने चलन थियो । 

Hardik health

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले भने हरायो । तर अहिले एक महिनाअघिदेखि होटल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसोगर्दा तीजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ ।

अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको पनि लहर छ । बेनीबजारका विभिन्न होटल, पार्टीप्यालेसमा दरखान जानेहरुको आकर्षण बढ्दै जाँदा विकृति पनि निम्तिएको छ । 

“हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसरका रुपमा लिइन्छ तर हिजोआज तीज गीतका नाममा विकृति पनि केही देखिएको हुदा ती विकृति विसङ्गतिलाई हटाई महिलाका वेदना पोख्ने पर्वका रुपमा अगाडि बढाइनुपर्छ”, म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजी सुवेदीले बताए।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् ।पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन एक सय सात जन्मसम्म घोर तपस्या गरे पनि १०८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउँ भनी तीजको व्रत बस्ने चलन छ । 

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रर्तालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । 

अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । 

तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ ।

समाजलाई सही बाटोमा हिँडाउने गीत भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन । मङ्गला गाउँपालिका ५ की ७१ वर्षीया पूर्णकुमारी पौडेललाई उहिलेको तीजबारे सोध्दा गुनगुनाए, 

            घ्यु भरेर राखे आमा फूल भरेको टिनमा
            बाँचे आमा भेटौँला वर्ष दिनमा ।
    
उनले भने, “अहिलेका गीतमा मलाई खासै रुचि छैन । यी तीजका गीतजस्ता पनि छैनन् ।” अहिलेका गीतहरू सुन्दा दिक्क मान्नुहुने उनी आफूहरूले पहिलापहिला गाएका गीतहरु सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताए । 

अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको बेनी नगरपालिका–९ की तारा सुवेदीले बताए । “समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ”, उनले भने, “पहिलेपहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टीप्यालेसमा गए दर खाए आए । गीतमासमेत विकृति भित्रन थालेको छ ।” 

गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुखदुःखका कुरा र सासूले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमानले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उनको भनाइ थियो ।


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:११
#तीज
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल
निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल बुधबार, मंसिर १०, २०८२
कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप 
कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप  बुधबार, मंसिर १०, २०८२
मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता
मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता बुधबार, मंसिर १०, २०८२
सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना
सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना बुधबार, मंसिर १०, २०८२
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि बुधबार, मंसिर १०, २०८२
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङले
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङले बुधबार, मंसिर १०, २०८२
आजदेखि बन्दीपुर महोत्सव सुरु
आजदेखि बन्दीपुर महोत्सव सुरु बुधबार, मंसिर १०, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP