Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • स्यार्पु ताल संरक्षणका लागि पर्यटन महोत्सव हुँदै 
१३औँ स्यार्पु पर्यटन महोत्सव स्यार्पु ताल संरक्षणका लागि पर्यटन महोत्सव हुँदै 
सत्य बटाला
सत्य बटाला आइतबार, भदौ ३१, २०८०


रुकुम पश्चिम - स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ । बाँफिकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको व्यवस्थापनमा राष्ट्रिय कलाकारको प्रस्तुति तथा व्यापारिक स्टल सहितको महोत्सव हुने भएको हो ।

स्यार्पूमा विगत १३ वर्ष देखि खेलकुद र स्थानीय झाँकी तथा नाच गान सहित मेला लाग्दै आएको छ । तर यो पटक भने राष्ट्रिय कलाकारको प्रस्तुति र व्यापारिक स्टल सहितको ठुलो महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिए ।

स्यार्पु ताल बाँफीकोट गाउँपालिकास्थित वडा नम्बर ३ र ५ मा फैलिएको छ ।सुन्दर टापुमा अवस्थित उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ । स्यार्पू तालमा पहिलो पटक २०६७ साल असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू महोत्सव लागेको थियो । त्यसैको सम्झनामा स्यार्पूमा हरेक वर्ष एक साताको महोत्सव हुने गरेको छ ।पर्यटकीय स्यार्पु तालको संरक्षण प्रवर्धन र प्रचारप्रसार गर्ने उदेश्य रहेकाे गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पु ताल उचित संरक्षण र सरकारको बेवास्ताका कारण पुरिएर लोप हुने सम्भावना बढ्दै गएको छ । तालको चारैतर्फ मिलेर बनेका वस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्साएको छ ।

Hardik health

स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा शयर तथा अर्गानिक वस्तुको प्रर्दशन हुने गाउँपालिकाले जनाएको छ । महोत्सवमा ब्याटमिन्टन, महिला पुरुष भलिवल प्रतियाेगिता हुने मेला व्यवस्थापक समितिले जनाएको छ । असोज ११ देखि २१ गतेसम्म महोत्सव हुने आयाेजकले जनाएकाे  हो । असोज ११ गतेदेखि असोज २१ गतेसम्म बाँफिकोट गाउँपालिका ३ मा महोत्सव हुने भएको हो ।

महोत्सवमा गायक बद्री पङ्गेनी, रामजी खाँड, सुप्रिम मल्ल ठकुरी, गायिका ज्योति मगर लगायतका राष्ट्रिय स्तरका कलाकारहरू आउने देवकोटाले बताए। कलाकारका विषयमा अझै छलफल चलिरहेकोले थप कलाकारका बारेमा पछि थाहा हुने उनको भनाई छ । त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहने छन् भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने उनले बताए ।

उनका अनुसार स्थानीय झाँकीहरू समेत महोत्सवको आकर्षण हुने छन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिइने छ । बाँफिकोट गाउँपालिका आयोजकका रूपमा रहने छ भने महोत्सवको अन्य सबै व्यवस्थापन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्ने छ । खेलकुदका लागि बाँफिकोट गाउँपालिकाले रकम छुटाएको छ भने अन्य सबै खर्चको व्यवस्थापन पनि प्रतिष्ठानले नै गर्ने बताइएको छ ।

 

 

 

 

 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP