Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
समाचार
  • Home
  • समाचार
  • राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
नेम्वाङको बिदाइ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २८, २०८०

काठमाडौं– संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । सोमबार राति हृदयाघातका कारण मृत्यु भएका नेम्वाङको आज अन्त्येष्टि गर्न लागिएको हो । शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरिएको छ । 

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शंखपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न नेकपा एमालेले अनुरोध गरेको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटारबाट सुरु हुने छ । त्यहाँबाट महाराजगञ्जस्थित शिक्षण अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पु¥याउने तय भएको जानकारी दिइएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ । साथै, नेम्वाङको अन्त्येष्टि गर्ने दिन आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । सोहीअनुसार आज सार्वजनिक बिदा हुनेछ ।

नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि मंगलबारदेखि नै एमालेको केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो । जहाँ दलका शीर्ष नेतादेखि नेता कार्याकर्ता र शुभेच्छुकहरु पुगेर श्रद्धाञ्जली अर्पण गरे ।  बुधबार दिउँसो उनको शव निजी निवास बालुवाटार लगिएको हो । 

Hardik health

वि.सं. २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए । उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा एमालेको उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाले ।

इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थिए । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए । उनको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै थिए । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यंग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउँथे ।

वि.सं. २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल भए ।पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिएका थिए । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तीक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्नुहुने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज थिए ।

सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुस्ट्याइँ र सूचना दिन निकै सहज थिए । उनका पिता स्व. रामबहादुर न्यायाधीश थिए भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै छन् ।कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यापन पेसामा रहेकाले पार्टी प्रशिक्षणमा पनि अब्बल थिए ।

निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त
हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानुन निर्माणका क्रममा व्यस्त रहेका थिए । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानुनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आएका थिए ।

उक्त विधेयकमा सहमति खोज्न गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो । द्वन्द्वकालीन हिंसात्मक घटनामा गम्भीर अपराधका मुद्दालाई माफी मिनाह दिने या नदिनेलगायतका विषयमा दलबीच मतैक्य हुन सकेको छैन ।

यही भदौ २४ गते आइतबार सिंहदरबारस्थित समितिकै कार्यकक्षमा उपसमितिको अनौपचारिक बैठकमा सहभागी भई नेम्वाङले विधेयकका कानुनी पक्षमा आएका संशोधन र सुझावलाई समेटेर प्रतिवेदन बनाउन आफ्नो सुझाव दिएका थिए । त्यसको अघिल्लो दिन उनी एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी भई धरानबाट फर्किएका थिए ।

उक्त अनौपचारिक बैठकमा सहभागी जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झा (ठाकुर) ले त्यस दिन सुवास नेम्वाङसँग रमाइलो ढंगले कुराकानी भएको स्मरण गर्दै रासससँग भनिन्, ‘मैले दाइ कुन चिया खाने भनेँ । उहाँले अलि रुघा लागेको छ, चिया खाएपछि दूध हालेकै खाउँ भन्नुभएको थियो ।’ नेम्वाङले आफूलाई उच्च रक्तचाप र चिनीरोग भएको पनि सदस्यलाई अवगत गराएका थिए ।

उपसमितिका सदस्यबीच यही भदौ २५ गते सोमबार पनि उक्त विषयमा छलफल गर्ने कुरा भएअनुसार सभापति विमला सुवेदीसहित सदस्य उपस्थित भइसकेका थिए । नेम्वाङ नआइपुगेपछि सभापति सुवेदीले फोन गर्दा नेम्वाङले बिरामी भएर घरमा आराम गरिरहेको जवाफ दिँदा झाले ‘सुनाइमा गल्ती भयो होला, हिजोमात्रै यहीँ भेटेको बिरामी होइन होला, विराटनगरबाट अस्ति फर्किएको भन्नुभएको होला’ भनेर सम्झाएको सुनाइन् । जसपामा आउनुअघि नेम्वाङकै पार्टी एमालेबाट सांसद भई विगतमा प्रतिनिधिसभाको शिक्षा समितिको सभापति रहेकी झाले यही भदौ २६ गते मंगलबार बिहानै नेम्वाङको निधन भएको खबर सुन्दा आफू निकै दुःखी र आश्चर्यमा परेको बताइन् ।

उक्त विधेयक गत फागुन २५ गते संघीय संसद्मा दर्ता भएको थियो । समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको नेतृत्वमा विधेयकबारे प्रतिवेदन तयार गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।समितिका समितिका सदस्य सचिव अधिराज राईका अनुसार भदौ २४ गतेको अनौपचारिक बैठकमा नेम्वाङले उपसमितिका सदस्यलाई एक प्रकारले मार्गदर्शन दिई प्रतिवेदन तयारीको गृहकार्यमा केही सदस्यलाई अलि समय दिन आग्रह गरेका थिए । नेम्वाङले विधेयकलाई सहमतिका आधारमा टुंगोमा लानुपर्ने र आफू त्यसका लागि तत्पर रहने स्पष्ट गरेको राईले जनाए ।

अनौपचारिक बैठकमा उपसमिति संयोजक प्रधान, एमालेका महेश बर्ताैला, नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, जसपाका झा, जनमत पार्टीका गोमालाभ सापकोटा सहभागी थिए । बिपी साहित्य महोत्सव सञ्चालन भइरहेका कारण नेपाली कांग्रेसका रमेश लेखक भने भदौ २४ गतेको बैठकमा उपस्थित भएका थिएनन् ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:४०
#सुवासचन्द्र नेम्वाङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मापदण्ड विपरीत बिक्री गरिएको औषधि बरामद
मापदण्ड विपरीत बिक्री गरिएको औषधि बरामद शुक्रबार, कात्तिक ७, २०८२
नेपाली वर्णमालाका अक्षर पुनर्स्थापित गर्न सिक्किम उच्च अदालतको आदेश
नेपाली वर्णमालाका अक्षर पुनर्स्थापित गर्न सिक्किम उच्च अदालतको आदेश शुक्रबार, कात्तिक ७, २०८२
बोलेरो दुर्घटनामा ज्यान गुमाउने ३ जनाको अझै भएन सनाखत
बोलेरो दुर्घटनामा ज्यान गुमाउने ३ जनाको अझै भएन सनाखत शुक्रबार, कात्तिक ७, २०८२
कुनै पार्टीमा आबद्ध हुन छलफल नभएको मन्त्री कुलमान घिसिङको स्पष्टी
कुनै पार्टीमा आबद्ध हुन छलफल नभएको मन्त्री कुलमान घिसिङको स्पष्टी शुक्रबार, कात्तिक ७, २०८२
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP