Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • चीनको नयाँ नक्साले हिन्द- प्रशान्त क्षेत्रमा तनाव बढाउँदै
चीनको नयाँ नक्साले हिन्द- प्रशान्त क्षेत्रमा तनाव बढाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २७, २०८०

चीन– चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउने भएको छ । बेइजिङको निर्णयले यस क्षेत्रमा द्वन्द्व भड्काउने भएकाले टकराबको बाटो त्यागेर अघि बढ्नु चीनका निम्ति पनि लाभदायी हुने विश्लेषकहरू बताउँछन् । 

चीनको पछिल्लो कदमले दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य मुलुक रुष्ट भएका छन्भने बेइजिङका एशियाली प्रतिद्वन्द्वी जापान र भारतले पनि असन्तुष्टि जनाएका छन् । कूटनीतिक कामको उच्च सम्भावना छ । 

चीनले नयाँ नक्सामार्फत दक्षिण चीन सागरका साथै जापान र भारतका केही भागसहित ९० भन्दा बढी क्षेत्रमा दाबी गरेपछि हिन्द–प्रशान्त क्षेत्रमा कूटनीतिक भिडन्त र सैन्य झडपसँगै हुने आशङ्का अष्ट्रेलियन नेसनल युनिभर्सिटीका कानुनका प्राध्यापक डोनाल्ड रोथवेल व्यक्त गर्छन । चीन र अमेरिकाबीच पहिलेदेखि नै जारी द्वन्द्वमा अमेरिकाले आसियान मुलुकको साथ पाउने उनी बताउछन् । हिन्द–प्रशान्त क्षेत्रका साथै चीन र भारतबीच तनाव हुन नदिन  कूटनीतिक प्रयास हुनुपर्नेमा उनको जोड छ ।

चिनियाँ नक्साले सशस्त्र द्वन्द्वलाई बढावा दिने प्राध्यापक रोथवेल ठान्छन्। चिनियाँ जनमुक्ति सेनाले नयाँ नक्साका आधारमा चीनको सार्वभौमसत्ता र क्षेत्राधिकारको रक्षामा  जोड दिन खोज्नेछन् जसले टकराव निम्त्याउने छ । आसियान मुलुकका डुङ्गा र पानीजहाजको चीनले आफ्नो दाबी गरेको जलक्षेत्रमा रोकिएपछि द्वन्द्व बढ्ने उनी बताउछन् । 

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चिनियाँ तटरक्षकले हालै गरेको कारवाहीको विरोध गरेका छन् । उनले चीनसँग सङ्घर्ष नचाहेको स्पष्ट गर्दै आफ्नो समुद्री अधिकार सुनिश्चित हुनुपर्ने बताएको हो । आफ्नो समुद्री क्षेत्राधिकारलाई लिएर मलेसियाले  पनि आवाज उठाएको छ । उसले चीनको दाबीलाई मान्यता नदिने स्पष्ट पारेको छ । 

गत  बिहीबार इन्डोनेसियाको राजधानी जाकार्तामा आसियान शिखर सम्मेलनका क्रममा भएको पूर्वी एसिया र आसियान–भारत शिखर सम्मेलनलाई सम्बोधन गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई कडा सन्देश पठाउँदै कोभिड–१९ पछिको विधिमा आधारित विश्व व्यवस्थाका पक्षमा लाग्न आसिन नेताहरूलाई आह्वान गरेको थियो । उनले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका संयुक्त प्रयास अपरिहार्य भएको बताए।

यसअघि नै भारतको विदेश मन्त्रालयले उक्त नक्साप्रति आपत्ति जनाउँदै आधारहीन नक्साले आपसी सम्बन्धमा आघात पुग्ने बताएको थियो । नक्सा जारी भएपछि चीनसँगको सीमा क्षेत्रमा भारतले सैन्य अभ्यास आरम्भ गरिसकेको छ । यस्ता गतिविधिले जटिलता थप्ने प्राध्यापक रोथवेल बताउछन्। 

चीनको प्राकृतिक संसाधन मन्त्रालयले  प्रकाशन गरेको नक्साको नयाँ संस्करणबाट असन्तुष्ट भएका आसियानका पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले सार्वजनिक वक्तव्य जारी गरेर चीनको आलोचना गरेका थिए । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले ‘आधिपत्यवाद चीनको डीएनएमा छैन’ भने पनि नयाँ नक्साबाट उक्त भनाइको खण्डन भएको आसियान नेताहरूले बताएका थिए ।

“फिलिपिन्सले चीनको मानक नक्साको २०२३ संस्करणलाई अस्वीकार गर्दछ ।।। फिलिपिन्सका विशेषताहरू र सामुद्रिक क्षेत्रहरूमा चीनको कथित सार्वभौमसत्ता र क्षेत्राधिकारलाई वैधानिक बनाउने यो पछिल्लो प्रयासको अन्तरराष्ट्रिय कानून, विशेष गरी सन् १९८२ को संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गत कुनै आधार छैन,” मनिलाले एक वक्तव्यमा भनेको थियो ।

यसैबीच, चीनले सम्बद्ध सबैलाई वस्तुनिष्ठ, संयमित हुन आह्वान गर्दै आफ्ना नागरिकको सुविधा एवं जानकारीका निम्ति नयाँ नक्सा जारी गरिएको स्पष्ट गरेको छ । 
 


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP