Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अब कार्कीको ३० दिने ‘काउन्टडाउन’ शुरु
कोशीको हट सिट: दुईपटक गरी ६३ दिन टिके अब कार्कीको ३० दिने ‘काउन्टडाउन’ शुरु
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शनिबार, भदौ २३, २०८०
  • गत वर्षको २४ पुसपछि हालसम्म कोशी प्रदेशमा चौँथोपटक सरकार गठन
  • आगामी ३० दिनमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त कार्कीले विश्वासको मत लिनुपर्ने
  • विश्वासको मत नपाए धारा १६८ (५) अनुसार सरकार गठन हुने  


काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्रीका रुपमा दोस्रोपटक हिक्मत कार्कीले शपथ लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । त्यसैगरी सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।

नौ महिनामा चौथोपटक गठन भएको सरकारले संविधानको धारा १६८ (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । कांग्रेसबाट दुईपटक मुख्यमन्त्री बनेका उद्धव थापा ६३ दिन सरकारमा टिकेका थिए । तर दुबैपटक संविधानविपरीत प्रक्रिया अपनाएको भन्दै अदालतको आदेशबाट उनी पदमुक्त बने । 


यसअघि नेकपा एमाले भने परमादेशविरोधी दलका रुपमा चिनिए पनि यसपटक उसैमाथि यो ‘ट्याग’ लागेको छ । यसअघि २९ असार २०७८ मा सर्वोच्च अदालतको परमादेशअनुसार वर्तमान सत्ता गठबन्धनमै रहेको कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार गठन हुँदा एमालेले विरोध गरेको थियो । देउवा नेतृत्वको सरकारलाई ‘परमादेशी सरकार’ भनिन्थ्यो । 

Hardik health


तर, सोही दलले परमादेशकै जगमा पूर्वमुख्यमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार गठन गरेको हो । निकै अस्थिर सरकार गठन भइरहने कोशीमा कार्की नेतृत्वको सरकारलाई अहिल्यैदेखि नै ‘३० दिने सरकार’ भन्नसमेत थालिएको छ । 

यसो भन्नेमध्येमै पर्छन्– नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो । संविधानको धारा १६८ को उपधारा (४) अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने दाबीसहित उनले त्यसो भनेका हुन् । 
‘उहाँले यसअघि पनि संसद्मा आफ्नो विश्वास परीक्षण गर्नुभयो तर असफल हुनुभयो । विश्वासको मत पाउनुभएन । अहिले पनि राजनीतिक बदलाव भएको छैन’, उनले प्रभावसँग भने, ‘यस आधारमा उहाँको सरकार तीस दिने हो ।’

दोस्रोपटक मुख्यमन्त्री भएका कार्कीले पनि सर्वोच्चको आदेशलगत्तै कांग्रेससँग सत्ता सहकार्य गर्ने बताएका थिए । तर, यतिबेला भने प्रदेश सर्वदलीय सरकार गठनको बहस चलिरहेको छ । 


मन्त्री नियुक्त हुनुअघि एमाले संसदीय दल कोशीकी सचेतक सिर्जना राईले प्रदेश संसद्मा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपासँग सर्वदलीय सरकार गठनबारे छिट्टै संवाद थालिने प्रतिक्रिया दिएकी थिइन् । उनका अनुसार एक वर्ष पनि नभई प्रदेशलाई मध्यावधि निर्वाचनको संकटबाट टार्न सर्वदलीय सरकार गठन आवश्यक छ । 
‘देश आर्थिक संकटमै छ, यस्तोबेला एक वर्ष पनि नभई मध्यावधि निर्वाचनमा जानु ठीक होइन । बरु, सबै दल मिलेर सरकार गठन गर्नु आवश्यकता छ’, उनले भनिन्, ‘कांग्रेसलगायत दलसँग हामी छलफल थाल्छौं ।’

अबको ३० औं दिनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्छ । तर, अहिलेकै अवस्थामा भने विश्वासको मत पाउने सम्भावना छैन । राजनीतिक कोर्समा अदलबदल भए भने विश्वासको मत पाउन पनि सक्छन् । सम्भावित यही परिस्थितिको विश्लेषण गरेको एमालेले यसपटक सर्वदलीय सरकार गठनको ‘कार्ड’ फ्याँकेको हो । 


मुख्यमन्त्री कार्कीलाई सरकार टिकाउन संसद्मा ४७ जना सांसदले विश्वासको मत दिनुपर्ने हुन्छ । तर, एक जना सांसदको विश्वासको मत उनलाई अभाव हुन्छ । यसअघि ४ भदौमा उनी एक जना सांसदको विश्वास अभावमा मुख्यमन्त्रीबाट पदच्युत भएका थिए । 

कार्की नेतृत्वको एमालेको ४० जना सांसद छन् । एमालेसँग राजनीतिक सहयात्रा गरिरहेको दल राप्रपाको ६ जना सांसद छन् । यसकारण एमाले–राप्रपा गठबन्धनको सरकारलाई आवश्यक हुने भनेको मत एक नै हो । यद्यपि, थप एक सांसदको विश्वासको मत पाउने सम्भावना देखिएको छैन । 

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने कार्कीलाई विश्वासको मत नदिने र कार्की नेतृत्वको अहिलेको सरकारलाई सर्वदलीय सरकार बनाउन नसकिने प्रष्ट पारे । उनका अनुसार सर्वदलीय सरकार संविधानको धारा १६८ को (५) अनुसार मात्रै उपयुक्त हुन्छ । सरकार गठनको यस संवैधानिक आधारमा टेकेर भने मुख्यमन्त्री हुने उनकै चाहना छ । यसअघि पनि उनले मुख्यमन्त्री हुन थुप्रै जोडबल गरेका थिए । गत वर्षको २४ पुस र यही ४ भदौमा मुख्यमन्त्री हुन उनले गठबन्धनका शीर्ष नेताहरूमाथि दबाब दिएका थिए । 


तर, मुख्यमन्त्री हुन पाएनन् । पहिलो पटक कार्की मुख्यमन्त्री भए । दोस्रो पटकमा कांग्रेसका उद्धव थापा भए । अब भने संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री भएर सर्वदलीय सरकार गठन गर्ने उनको चाहना छ ।

‘अहिले सर्वदलीय गठनको राजनीतिक परिस्थिति विकास भइसकेको छैन । उपधारा ५ मा गएर मात्रै हुन्छ’, उनले भनेका छन्, ‘किनभने अहिले नै प्रदेशलाई मध्यावधि निर्वाचनमा धकेल्नुहुँदैन ।’


प्रदेश संसद्मा कांग्रेस (२९ जना), माओवादी (१३ जना), नेकपा एस (४ जना) र जसपा (१ जना) को गरी ४७ जना सांसद छन् । यो सरकार गठनका लागि सामान्य बहुमत हो । सभामुखबाट माओवादीका बाबुराम गौतमले राजीनामा दिएपछि ४७ सांसद पु¥याउँदा पनि कांग्रेस नेतृत्वको गठबन्धनको सत्ता भने जोगिएन । फेरि, उपसभामुख सिर्जना दनुवार (एमाले) अनुपस्थित हुँदा अध्यक्ष मण्डलको रुपमा संसद् बैठकको अध्यक्षता कांग्रेसकै इस्राइल मन्सुरीले गर्नुपर्ने हुन्छ । र, सर्वोच्चले अध्यक्ष मण्डलको हैसियतले सभाध्यक्ष गर्नेको काम, कर्तव्य र अधिकार पनि सभामुख र उपसभामुखको समान हुने भन्दै विश्वासको मत दिन नमिल्ने सिद्धान्त प्रतिवादन गरेको छ । जसले गर्दा गठबन्धनलाई पनि सरकार गठनमा समस्या हुने देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रदेश संसद्को गणितलाई आधार मान्दा कोशीमा सर्वदलीय सरकार गठन आवश्यक छ । 

 


प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गोरखा २ बाट उम्मेदवार  पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने
गोरखा २ बाट उम्मेदवार पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने शुक्रबार, माघ ९, २०८२
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली शुक्रबार, माघ ९, २०८२
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस शुक्रबार, माघ ९, २०८२
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP