Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘आत्महत्या समस्या समाधानको उपाय होइन’
‘आत्महत्या समस्या समाधानको उपाय होइन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २२, २०८०

जनकपुरधाम-  मनोचिकित्सक तथा सरोकारवालाहरूले आत्महत्या समस्या समाधानको उपाय नभएकाले त्यस्ता घटना नियन्त्रणका लागि आमसञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । 

जनकपुरधाममा आज आयोजित आत्महत्या नियन्त्रणका लागि रिपोर्टिङसम्बन्धी कार्यशाला गोष्ठीमा उनीहरूले आत्महत्या समस्या समाधानको उपाय नभएकाले यससम्बन्धि सचेतना फैलाउन आमसञ्चार माध्यम उपयोगी हुने बताउनुभयो । 

वरिष्ठ मनोचिकित्सक (कन्सल्टेन्ट साईक्याट्रिष्ट) डा वासुदेव कार्कीले विभिन्न मानसिक, सामाजिक तथा वातावरणीय र जैविक कारणले आत्महत्याका घटना बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि घरपरिवारदेखि सबै सरोकारवालाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । 

“विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार वार्षिक आठ लाखभन्दा बढी मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् । यो भनेको प्रतिचालीस सेकण्डमा एक जनाको ज्यान जानु हो । नेपालमा पनि सरदर दैनिक १९ जनाले ज्यान गुमाउने गरेको डरलाग्दो तथ्याङ्क छ”, डा कार्कीले भने, “आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये झण्डै ९५ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको पनि अध्ययनको निष्कर्ष छ । यसर्थ घरदेखि समाजका हरेक आयाममा मानसिक स्वास्थ्यका लागि हामी सबैले योगदान गर्नुपर्दछ । अन्यथा यो समस्याबाट हामी सबै ग्रस्त हुन्छौँ ।”

Ncell
Hardik health

त्यसैगरी डा पल्लवी कोइरालाले विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या नियन्त्रण र निरुत्साहनका लागि आमसञ्चार माध्यम प्रभावकारी हुने निष्कर्षसहित ‘आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन’ जारी गरेकाले त्यसको पालना गर्न सबैलाई आग्रह गरे  । 

“आत्महत्याका घटनाको उचित सम्प्रेषणले मात्रै आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मद्दत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ । त्यसकारण आत्महत्या रोकथामका लागि संवेदनशील र जिम्मेवार भएर सूचना प्रवाह गर्न जरुरी छ”,  डा कोइरालाको आग्रह थियो । 

त्यसैगरी आयोजक संस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँका निमित्त निर्देशक शिला श्रेष्ठले आत्महत्याका घटना नियन्त्रणका लागि सबै स्थानीय तहलाई सङ्घीय सरकारकाले सःशर्त अनुदान दिने गरेकाले त्यसको सही सदुपयोग गर्न स्थानीय निकायलाई आग्रह गरे।

आत्महत्याको रोकथामका निम्ति मानसिक तनावबाट गुज्रिरहनुभएकाहरूका लागि चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्पलाइन नम्बर ११६६ र शिक्षण अस्पताल काठमाडौँको हेल्पलाइन नम्बर १६६००१२१६०० सञ्चालनमा रहेकाले त्यसमा सम्पर्क गर्न पनि श्रेष्ठले अनुरोध गरे ।   

यसअघि कार्यक्रमको उद्घाटन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेस प्रदेशमा आत्महत्याका घटना दिनानुदिन बढ्दै गएकाले त्यसको रोकथामका लागि प्रदेश सरकारले बजेट तथा कार्यक्रम ल्याएकाले त्यसबाट अधिकतम लाभ लिन सबैलाई आग्रह गरे  । 

उनले स्वास्थ्यकर्मी र सञ्चारकर्मीको भूमिका प्रभावकारी हुने भएकाले प्रदेश सरकारलाई आवश्यक सुझाव तथा सल्लाहका लागि ध्यानाकर्षण गराए । मन्त्रालयका निमित्त सचिव डा इन्द्रजित रजक, पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, केन्द्रीय सदस्य केशी लामिछानेलगायतले सामाजिक सञ्जालको दुरूपयोग, सामाजिकीकरणको अभाव, महत्त्वाकांक्षी चाहना र असन्तुष्टिलगायतका कारणले मानसिक समस्या र त्यसले आत्महत्यालाई बढावा दिइरहेकाले सबैले त्यसलाई नियन्त्रणका लागि योगदान गर्नुपर्ने धारणा राखे ।  

 


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग शुक्रबार, भदौ २६, २०८३
चितवनबाट सिलिन्डर धमाधम काठमाडाैंमा ल्याइँदै
चितवनबाट सिलिन्डर धमाधम काठमाडाैंमा ल्याइँदै शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP