Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रोजिशाको मृत्युमा दोषी को को ?
रोजिशाको मृत्युमा दोषी को को ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २२, २०८०

सोमबार कान्ति अस्पतालमा एक बालिकाको उपचार नपाएर मृत्यु भएको घटनाले सदन तात्तियो । मकवानपुरकी पाँच वर्षीया रोजिशा गोपालीको पक्षमा सदनमा गर्जिए सांसदहरु । यस घटनामा बालिकाको परिवारको पक्षमा सबभन्दा ठूलो स्वर गर्ने सांसदहरुको लाइनै थियो ।

 छोरी रोजिशा गुमाएका थाहा नगरपालिका वडा १० का जीतबहादुर गोपाली र उनको परिवार अहिले पीडामा छन् । तर विभिन्न अस्पतालमा आफ्नो पालामा तीन हजार ५०० भन्दा बढी निःशुल्क शय्या उपलब्ध गराएको ढोल पिटेका स्वास्थ्य क्षेत्रको नेतृत्व गरिरहेका मन्त्री मोहन बस्नेत यतिबेला इजिप्टमा छन् ।

तीन दिनअघि इजिप्टमा पुगेका बस्नेतले सय दिनमा १०१ काम गरेको भन्दै फेहरिस्त प्रस्तुत गरेका थिए । तर उनको दाबी यति झूठ रहेछ भन्ने कुरा रोजिशाको मृत्युले छर्लंग पारेको छ ।

समयमा काम हुने क्षेत्र पाउन नेपालमा मुस्किल छ । झन् सरकारी अस्पतालमा त छोइनसक्नु । कि त कर्मचारीसँग चिनजान हुनुपर्‍यो, कि त डाक्टर नर्ससँग । नभए मन्त्री, नेताको पावर त लगाउनैपर्‍यो सामान्य उपचारका लागिसमेत । नत्र बरु बेड खाली राख्छन्, खाली छैन भन्दै फर्काउँछन् ।

Ncell
Hardik health

सोमबार रोजिशाको मृत्युमा कान्ति अस्पतालको हदैसम्मको लापरबाही देखिन्छ । तर प्रजातन्त्रका लागि लडे भनेर बारम्बर सुगारटाइ गर्ने नेताहरुले खै व्यवस्थापनमा परिवर्तन गरेका ? एकले अर्कोलाई हिलो छ्याप्ने र जनतालाई दिग्भ्रमित पार्ने कामबाहेक नेतृत्वमा पुगेकाहरुले सिन्को भाँचेका छैनन् ।

रोजिशाको मृत्युमा अभिभावकको पनि लापरबाही देखिन्छ । उनको लापरबाहीमा राज्यको साथ छ । घर नजिकै पायक पर्ने ठाउँमा औषधि पसल खोल्ने सुविधा राज्यले दिएको छ । जस्तोसुकै बिरामी होस्, त्यस्ता औषधि पसलमा बसेका विक्रेताले ठीक पार्लाझैं गरेर दिन्छन् । उच्च ज्वरो आफैंमा खतरनाक हुन्छ ।

यस्तो अवस्थामा चिकित्सकको उच्च निगरानी हुँदासमेत काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भयो । रोजिशाको प्रकरणमा उनका अभिभावकले नजिकैको मेडिकलमै जाँच गराएर औषधि खुवाएका रहेछन् अघिल्लो दिन नै । यहीनेर अभिभावकको लापरबाही देखिन्छ तर मेडिकललाई लाइसेन्स दिने त सरकार हो ।

नीति नियम बनाउने सांसदहरु हुन् । अस्पतालमा सोर्सफोर्सको चलन बढाउने राजनीतिक दलका पावरदार मानिसहरु हुन् । त्यसैले यस्तो गैरजिम्मेवार व्यवस्थापन नसुध्रेसम्म नागरिकले अकालमा ज्यान गुमाउनु शिवाय सुनुवाइ केही हुनेवाला छैन ।

त्यसैले हरेक नागरिकले आ–आफ्नो ठाउँबाट राजनीतिक दलको गैरजिम्मेवारप्रति खबरदारी गर्नैपर्छ र आसेपासे, सोर्सफोर्स र आफू अनुकूल नीति निर्माणलाई निरुत्साहित पार्नैपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP