Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल
एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २०, २०८०

कास्की- एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद(एसियाड) को १९ औँ संस्करण आगामी असोज ६ देखी २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ । हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलहरुमा सहभागिता जनाउँदैछ । त्यसमध्ये महिला ह्याण्डबल पनि हो ।

नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक एसियाली खेलकुदमा ‘डेब्यु’ गर्दैछ । त्यसैले पहिलो सहभागितालाई स्मरणीय बनाउनका लागि नेपाली टोलीले पर्यटकीय शहर पोखरामा साउन पहिलो सातादेखी बन्द प्रशिक्षण गरिरहेको छ ।पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा नेपाली टोलीका १६ खेलाडी अभ्यासरत छन् । देशका अन्य स्थानमा भन्दा पोखराको बसाई उनीहरुका लागि सुखद् छ ।

 खेल पूर्वाधार र यहाँको वातावरणबाट खेलाडी प्रभावित बनेका छन् । यहाँको प्रशिक्षणले एसियाली खेलकुदको पहिलो सहभागितामा राम्रो प्रभाव पार्न सकिनेमा खेलाडी र प्रशिक्षक आशावादी छन् ।यसअघि विसं २०७६ मा पोखरामा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपाल उपविजेता बनेको थियो । तर एशियाडमा भाग लिने टोली उच्चस्तरका छन् । आयोजक राष्ट्र चीन, जापान, हङकङ, भारत लगायतका देशहरुसँग भिड्दा नेपाली टोली उच्च मनोवलका साथ मैदानमा उत्रिने छ ।

नेपाली महिला ह्याण्डबल टोलीका उपकप्तान उमा राइले एशियाडका लागि टोलीका सबै सदस्यहरु उत्साहित रहेको बताए  ।हरेक खेलाडीको सपना प्रतियोगितामा पदकको हुने भएपनि पहिलो सहभागिता र अन्य देशहरु बलियो रहेकाले आफूहरुले सक्दो मिहिनेत गरेर राम्रो प्रदर्शन गर्ने राई बताए । 

Hardik health

उनले भने,“पोखराको वातावरणमा राम्रोसँग अभ्यास गरिरहेका छौँ । मेडल ल्याउने कोसिस गर्नेछौ, नसकेपनि प्रदर्शन राम्रो गर्दै राम्रो स्थान हासिल गर्नेछौँ । टिम गेम हो,एक जनाले मात्र राम्रो गरेर पनि हुँदैन । सबै जनाले आफ्नो तर्फबाट राम्रो गर्नेछौँ ।”

नेपाली टोलीमा अधिकाँस नयाँ खेलाडी छन् । उनीहरुलाई प्रतियोगिता अनुभव कम छ । राम्रो टोलीसँग अभ्यास गर्ने, वैदेशिक प्रशिक्षण लगायतको अपेक्षा खेलाडीको रहेपनि मौका पाएका छैनन् । पोखरामा बन्द प्रशिक्षणमा रहेको टोलीले हप्तामा एक दिन यहाँको कास्की जिल्ला ह्याण्डबल  संघको पुरुष टोलीले अभ्यास खेल खेल्ने गरेको छ ।

“बाहिरको राम्रो खेलाडीसँग मैत्रीपूर्ण खेलबाट अनुभव बुटल्न चाहन्छौँ तर मिलेको छैन । नयाँ बहिनीहरु टोलीमा छन्, थोरै खेल खेलेर अहिले राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडीहरुलाई अनुभव आवश्यक पर्दछ तर खेलको अनुभव गर्न पाइएको छैन ।”उपकप्तान राईले भने ।

नेपाली टोली सागको तयारीका लागि थाइल्याण्डमा गएर अभ्यास गरेको थियो । तर यसपटक वैदेशिक अभ्यासको व्यवस्था नहुँदा स्थानीय टोलीसँग खेल्न उनीहरु बाध्य छन् । पोखराको बन्द प्रशिक्षणबाट भने खेलाडी उत्साहित छन्  । विगतका तुलनामा राम्रो अभ्यासस्थल, हल, म्याट लगायतका खेल सामग्रीको उपलब्धताले खेलाडी खुशी छन् । 

आयोजक चीन, जापान, हङकङ, भारत लगायतका शक्तिशाली देशसँग नेपालले खेल्नुपर्नेछ । एसियाडमा नेपालको प्रदर्शन कस्तो रहला भन्नेमा नेपाली टोलीका प्रशिक्षक समेत निश्चिन्त हुनुहुन्न । टोलीलाई म्याच अनुभव नभएकाले खेलाडीको प्रदर्शन त्यहाँ गएर कस्तो होला भन्ने कौतुहलता प्रशिक्षकलाई पनि छ ।

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले प्रतियोगितामा  खेलाडीको प्रदर्शन त्यही गएर हेरेपछि मात्र थाहा हुने बताए । प्रतियोगितामा पहिलो सहभागिताले खेलाडी उत्साहित भएको र महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गरेको उनले बताए।

वैदेशिक प्रशिक्षणले खेलाडीको आत्मवल बढाउने भएपनि त्यो सम्भव नभएको प्रशिक्षकको भनाई छ । “बाहिर लान पाएको भए राम्रो हुने थियो । खेलाडीले बाहिर गएर खेल्दा अनुभव बटुल्न पाउथे तर यसपटक त्यो अवसर मिलेन तर खेलाडी प्रतियोगितालाई लिएर उत्साहित छन् ।” प्रशिक्षक थापाले भने । एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चीनसँग खेल्नेछ । त्यसैगरी जापान, हङकङ र भारतसँग पनि नेपालले खेल्नेछ ।

महिला ह्याण्डबल टोलीमा १६ खेलाडी र दुई प्रशिक्षक रहेका छन् । खेलाडीहरुमा बन्दना राई(कप्तान), उमा राई(उपकप्तान) तथा खेलाडीहरु आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली र  विमला तामाङ हुन् । यसैगरी अन्य खेलाडीमा कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगीता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहनुभएको छ । यसैगरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।


प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:२७
#ह्याण्डबल
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाली क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
कुस्ती टोलीलाई बिदाइ
कुस्ती टोलीलाई बिदाइ बिहीबार, चैत १९, २०८२
गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि
गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि बुधबार, चैत १८, २०८२
प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी
प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी मंगलबार, चैत १७, २०८२
झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै
झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै सोमबार, चैत १६, २०८२
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान आइतबार, चैत १५, २०८२
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP