Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • मुहार फेर्दै महेन्द्र पुस्तकालय
मुहार फेर्दै महेन्द्र पुस्तकालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १७, २०८०

बाँके– नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४ वर्ष नेतृत्वविहीन हुनपुग्यो । गतवर्ष पुस्तकालयको अधिवेशनबाट निर्वाचित बलराम यादव नेतृत्वको कार्यसमितिले पुस्तकालयको संस्थागत विकासदेखि भौतिक रुपमै मुहार परिवर्तन गर्ने काम गरेको छ । 

झण्डै ३८ वर्ष शिक्षण पेसामा योगदान गरेका यादवले आफुले हासिल गरेको अनुभव र सम्बन्धलाई पुस्तकालयमा राम्ररी सदुपयोग गर्दै एक वर्षकोे अवधिमा पुस्तकालयलाई नयाँस्वरुप दिने गरी काम गरेका छन् । गतवर्ष असोज २५ गते नयाँ कार्यसमितिले कार्यभार सम्हालेपछि जीर्ण अवस्थामा रहेको पुस्तकालयको भौतिक संरचना मर्मत, सुधार, पुस्तक व्यवस्थापन, सरसफाइ, शौचालय र पानीको व्यवस्था, पुस्तकालयको गेट र वाचनालयलाई व्यवस्थित गर्ने काम गरेको यादवले बताए । 

पुस्तकालयले अहिले नियमित रुपमा साहित्य कार्यक्रम गर्दै आएको छ । हरेक महिनाको एक पटक बाँकेका बहुभाषिक साहित्यकारको जमघट हुने थलोे पुस्तकालय बनेको छ । विगतमा ५० जना आजीवन सदस्य रहेकामा अहिले समितिमा दुई सय २२ आजीवन सदस्य रहेका छन् । आजीवन सदस्यको शुल्कबाट उठेको रकम मुद्दति खातामा राखिएको छ । पुस्तकालयले आफ्नो योजनाअनुसार काम गर्नका लागि विभिन्न निकायसँग चन्दा र सहयोग लिने गरेको अध्यक्ष यादवले उल्लेख गरे । आप्mनो कार्यकालमा अध्यक्ष यादवले पुस्तकालयको पाँच तले भवन निर्माण गर्ने योजना अगाडि बढाएका थिए । 

Hardik health

“पुरानो भवन निकै जीर्ण अवस्थामा रहेकाले अब नयाँ भवन निर्माणमा कार्यसमितिले तयारी सुरु गरिसकेको छ”, यादवले भने, “पुस्तकालयमा ई–लाईब्रेरी, बालबालिका लाईब्रेरी र ज्येष्ठ नागरिकलाई भिडियो सहितको लाईब्रेरी सञ्चालन गर्ने पनि योजना रहेको छ ।” 

हरेक पुस्ताका मानिसलाई रुचि अनुसारको पढने सामग्री एउटै थलोमा दिन सकेमात्र पुस्तकालयको महत्व बढ्ने भएकाले त्यसका लागि समयानुसारको सुविधा पुस्तकालयमा उपलब्ध गराउन व्यवस्थापन समितिले कोसिस गरिरहेको यादवको भनाइ छ । पुस्तकालयको अहिले मुहार परिवर्तन हुने गरी काम भएको वरिष्ठ कथाकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा साहित्यकार सनतकुमार रेग्मीले बताए । 

पुस्तकालयले गत शुक्रबार मात्र १८औँ साधारणसभा सम्पन्न गरेको छ । साधरणसभाबाट पुस्तकालयलाई थप व्यवस्थित गर्दै लैजाने र बाल कक्ष थप गर्ने कार्यक्रम समावेश हुनुका साथै यसैगरी इ–पुस्तकालयका लागि आवश्यक सामान व्यवस्थापन भइसकेकामा अब त्यसलाई सञ्चालनमा ल्याउन कर्मचारीलाई तालिमदेखि प्रविधिको व्यवस्थापनसम्मका योजना पुस्तकालयले तय गरेको पुस्तकालयका सचिव मणि अर्यालले बताए । 

पुस्तकालयको कार्यसमितिले गएको एक वर्षमा पुस्तकको सफाइ गर्ने, रेकर्ड व्यवस्थापन गर्ने, पाठकले पुस्तक पढ्न पाउनेगरी वाचनालय सञ्चालनमा ल्याउने, शौचालय, कार्यालय कक्ष, गेट लगायतका संरचना मर्मत सम्भार, रङगरोगन र दराजको व्यवस्थापनका काम गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०८९÷८० मा पुस्तकालयले रु ३० लाख २४ हजार बढीको आर्थिक जोहो गरी काम सम्पन्न गरेको जनाइएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ३७ लाख ६६ हजार बढीको बजेट तय गरेको छ । यस वर्षमा पुस्तकालयमा बाल कक्ष निर्माण गर्ने, बरण्डा कभर गर्ने र पुस्तकालयमा सिसिटिभी जडान गर्ने मुख्य योजना रहेको पुस्तकालयका अध्यक्ष यादवले जानकारी दिए । रासस


प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई  शिक्षा मन्त्रालयकाे चेतावनी
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई शिक्षा मन्त्रालयकाे चेतावनी सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP