Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमसिसीमा दाहालको दोहोरो चरित्र
एमसिसीमा दाहालको दोहोरो चरित्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १५, २०८०

अमेरिकी मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) बुधबारबाट कार्यान्वयनमा गइसकेको छ । ५० करोड अमेरिकी डलर अमेरिकाको अनुदानमा नेपालले १९.७ करोड डलर थप्नुपर्नेछ । पाँच वर्षमा पूरा नभए अमेरिकाले उक्त अनुदान फिर्ता लाने प्रस्ट पारिसकेको अवस्थामा नेपालले द्रूत गतिमा काम गर्नुपर्नेछ । तर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने एमसिसीमा दोहोरो चरित्र प्रदर्शन गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार रहेको बेला माओवादी पनि सरकारमै थियो । दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै जोडबलमा देउवा प्रधानमन्त्री बनेका थिए । उनै देउवाको पालामा सदनमा टेबल हुँदा एमसिसीको पक्षमा दाहालले आफ्नो दलका सांसदहरुको मत खन्याए । सुरुमा आफू विपक्षमा उभिने भनिए पनि १२ बुँदे व्याख्यात्मक घोषणाको दाम्लोमा बाँधिएर दाहालले खुसुखुसु मत हाले ।

अहिले आफूले विरोध गर्न नमिल्ने देखिएपछि समाजवादी मोर्चामार्फत एमसिसी विरोधी मार्चपास खेलाइरहेका छन् दाहाल । एमसिसीमा चीन रुष्ट छ भन्ने कुरा प्रस्ट छ, किनकि एमसिसीको विरोधमा चर्का कुरा गर्ने देव गुरुङलाई दाहालले माओवादीको महासचिव बनाइदिए । एमसिसी सदनमा प्रस्तुत गर्ने भूमिका खेलेका जनार्दन शर्माले जति रहर गर्दा पनि उक्त पद पाएनन् ।

Ncell
Hardik health

नुनको सोझो गर्न हो कि शर्मा त्यतिबेला बिरामीको बाहनामा संसद्मा नआएपछि कांग्रेसबाट मन्त्री बनेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले टेबल गरेका थिए । अहिले शर्मा चुपचाप छन् । उसो त एमसिसीको चर्को विरोधी गुरुङ पनि अचेल सार्वजनिक रुपमा देखिएका छैनन् । एमसिसी कार्यान्वयनमा जाने भएपछि व्याख्यात्मक विश्लेषण निकालेर दाहालले निहुँ खोज्न थालेका छन् । बुटवलदेखि सुर्खेत पुग्दा दाहालले आफ्नो सरकारलाई कसैले ढाल्न नसक्ने भन्दै स्वरसमेत चर्काएका छन् ।

विद्युत् प्रसारणको इतिहासमा एमसिसी ऐतिहासिक परियोजना हो । माओवादी नेतृत्वकै सरकारले नियुक्त गरेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यो परियोजना पूरा भएमा विद्युत् क्षेत्रमा छलाङ मारिने भन्दै काममा खटिरहेका छन् ।

यदि यो प्रसारणलाइन नबने कुलमान असफल भएर प्रधिकरणबाट बिदा हुने र लोडसेडिङ फेरि ब्युतिँने बताइँदै आएको छ । एकातिर विद्युत्को माग चर्किरहेको छ भने नेपालमा विद्युत्को स्टोरेज छैन । अहिलेसम्म धानिरहेको विद्युत् प्रसारणलाइन कमजोर भएकोले बेलाबेला बत्ती जान थालेको जागजाहेरै छ । यस्तो अवस्थामा समाजवादी मोर्चाको तरबार देखाएर प्रधानमन्त्री दाहाल मुखुण्डो लगाएर लाखेझैं कति समयसम्म नाचिरहने ?
 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP