Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सुनको गञ्जगोल कहिलेसम्म ?
सुनको गञ्जगोल कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १३, २०८०

साउन ३ गते विमानस्थलबाट बाहिरिसकेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि दैनिक गञ्जगोलका घटना हुन थालेका छन् । न त यसको अनुसन्धान विश्वसनीय छ न त यसको परिणाम नै विश्वास गर्नयोग्य रह्यो । सय किलो भनिएको सुनको परिमाण ६० केजी ७१६ ग्राममात्र निस्कियो । १८ दिनसम्म सुनको मूल मालिक नभेट्टाएको भन्दै विभागमाथि दैनिक प्रश्न उठाएपछि सुन अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई जिम्मा लगाइयो ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरह्यो । सत्ता पक्ष भने सरकारी संरचना सिआइबीलाई विश्वास गर्नुपर्ने भनेर बचाउमा उत्रिरह्यो । अन्ततः सिआइबीले अनुसन्धानको प्रतिवेदन बुझाएपछि समिति गठन गर्ने भन्दै सत्तापक्षले नेकपा एमालेलाई चित्त बुझायो । सिआइबीले अनुसन्धान टुग्याइसकेको छैन । अन्तरदेशीय अपराध भन्दै प्रहरीले इन्टरपोललाई पनि गुहा¥यो । सिआइबी यति लाचार बन्यो कि आफूहरुसँग अनुसन्धानका लागि पुग्दो जनशक्ति नभएको भन्दै यो विषयलाई गञ्जागोल पार्न खोजियो । यद्यपि, यो विषय अध्ययनका लागि हङकङसमेत जाने भएको छ ।

यतिले नपुगेर यो अनुसन्धानमा समितिमाथि समिति गठन गरेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा मंगलबार समिति गठन गरिएको छ । प्रहरी आइजी वसन्त कुँवरले उक्त समिति गठन गरेका हुन् । बज्राचार्य सिआइबीकी निर्देशक हुन् । सिआइबीले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । साउन २१ गते विभागले ब्युरोको जिम्मा लगाएको थियो ।

Ncell
Hardik health

यो प्रकरणमा गृह मन्त्रालयले पनि पक्राउ परेका एक जनाको नागरिकता छानबिन गर्न समिति गठन गरेको छ । तिब्बती मुलका बेल्जियन नागरिक छिरिङले लिएको नेपाली नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो । गृहका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएकोे छ ।

ठमेलस्थित ‘होटल भियना’को सञ्चालकसमेत रहेका छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । लाजिम्पाट बस्ने छिरिङको माओवादी नेताहरुसँग हिमचिम रहेको देखिएको छ । अहिलेसम्मकै धेरै सुन भनेर प्रचार गरिए पनि सुन जोख्दा फुस्सा भएसँगै सुनबारे चर्चा कम हुन थालेको छ । यद्यपि, यो प्रकरणलाई सरकारी निकाय भने अझै मत्थर पार्दै गञ्जागोल गर्ने प्रयासमा लागेको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP