Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ठूलालाई चैन हुने ऐन
ठूलालाई चैन हुने ऐन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ११, २०८०

लिता निवास प्रकरण होस् या १०० किलो भनिएको सुन प्रकरण । विभिन्न बहानाबाजीमा मिडिया ट्रायल गरिँदै ठूलालाई जोगाउने रणनीतिका साथ सरकार लागेका प्रस्टिन्छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेपछि उनको बचाऊमा उद्योगीदेखि मिडियासमेत लागि परे । मीनबहादुर नभएको भए कसरी नेपालीले एकै स्थानमा सामान पाउँथे भन्ने शैलीमा उनलाई जोगाउन लागिपरे । नभन्दै प्रहरीले सुरु गरेका ललिता निवास जग्गा प्रकरणको अनुसन्धान ६२ दिनपछि सरकारी लिखत कीर्तेको कसूरमा सीमित भयो । 

यो प्रकरणमा कतिपयले जग्गा फिर्ता गर्ने सर्त राखे । जसलाई प्रहरी र कानुनले छोएन । संगठित अपराध र सरकारी जग्गामा कयौं समय भोगचलन र आर्थिक लाभ लिएको विषयलाई लिखत कीर्तेमा सीमित गरेर २९० जनाविरुद्ध कीर्तेमा मात्र मुद्दा दायर गरेको हो । ललिता निवास प्रकरणमा कीर्तेसँगै संगठित अपराधमा अनुसन्धान गर्न भनेर पटक–पटक म्याद थप भयो । तर, आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत, काठमाडौंमा कीर्तेमा मात्र मुद्दा दायर गरेको छ ।

मुद्दा दर्ता गर्नुअघि सरकारी वकिलको कार्यालयले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको थियो । प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदनमा २०४२, ०४९, २०६७ र ०६९ सालमा सरकारी लिखत कीर्ते भएको देखिएको तर, संगठित अपराध निवारण ऐन २०७० सालमा मात्रै आएकाले पाश्चातदर्शी कानुनको सिद्धान्तअनुसार यसमा मुद्दा चलाउन नमिल्ने सरकारी वकिलको कार्यालयको दाबी रह्यो ।

Ncell
Hardik health

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंसँग समन्वय गरेरै संगठित अपराधमा पनि मुद्दा अघि बढाइएको तर्क रेको छ । यसबारे सरकारी वकिल र सिआइबी एकले अर्कोलाई देखाएर पन्छिन्छन् । तर, सरकारको योजनाबद्ध तयारीका साथ ‘सानालाई ऐन, ठूलालाई चैन’ कै आधारमा यस्तो भएको प्रस्ट देखिन्छ ।

यस्तै भयो सुन प्रकरणमा पनि । साउन ३ गते विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान आयोगले बरामद ग¥यो । १८ दिनसम्म राजस्वले अनुसन्धान गर्न नसकेको भन्दै सिआइबीलाई जिम्मा लगाइयो । पछि सिआइबीले पनि अन्तरदेशीय कनेक्सन भन्दै अनुसन्धानबाट हात उठाएको अवस्था छ ।

यी दुई प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर ल्याउँदा गृह प्रशासनको वाहवाही भएको थियो । तर, अहिले ‘हात्ती आयो हात्ती आयो फुस्स’ झैं भएको छ । एक दशकअघि बुद्धवीर लामाको शब्दमा रोशन गुरुङको स्वर खुबै गुञ्जिन्थ्यो– यहाँ यस्तै छ, यहाँ यस्तै छ, सबै कुरा भन्दा नि पैसै ठूलो छ । सरकारले कुनै भीड वा दलालको दबाबभन्दा माथि उठेर न्यायको सिद्धान्तमा निर्णय गरोस् । ताकि भोलि यस्ता निर्णयहरु नजिरका रुपमा बसेर अर्को अन्याय जनतामाथि नथोपरियोस् ।
 


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP