Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बाल सुधारगृह कि बिगारगृह ?
बाल सुधारगृह कि बिगारगृह ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ८, २०८०

भक्तपुरमा रहेको बाल सुधारगृहमा भदौ ४ गते अचम्म लाग्दो दृश्य देखियो । सामाजिक सञ्जालमा बाल सुधारगृहमा रहेका बालबालिकाले प्रहरीलाई लखेटेको दृश्य छाएको छ । उनीहरुले सडकमा निस्केर गाडीसमेत तोडफोड गरेको र सडक अवरुद्ध पारेको दृश्य फेसबुकदेखि टिकटकमा छ्याप्छ्याप्ती भेटिन्छन् ।

१८ वर्ष नपुगेकाहरुले गम्भीर अपराध गरेमा उनीहरुलाई बाल सुधारगृहमा राख्ने कानुनी व्यवस्था छ । यस्तै अपराधमा भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहभित्र रहेका रामेछापका कमल बस्नेतको भदौ ३ गते मृत्यु भयो । तीन वर्षअघि २०७९ जेठ २९ गते जबरजस्ती करणी मुद्दामा सुधारगृहमा राखिएका बस्नेतको मृत्युलाई लिएर उनका आफन्त आक्रोशित हुँदै विरोधमा उत्रिएका थिए । रहस्यमय ढंगले मृत्यु भएको भन्दै उनका आफन्तले नाराबाजीसमेत गरेका थिए ।

त्यसपछि सुधारगृहका २५५ जना बन्दी बाहिर निस्किएर तोडफोडमा उत्रे । उनीहरुमध्ये २४८ जना सुधारगृहमा फर्किसकेका छन् भने सात जना फरार रहेको प्रहरीले जनाएको छ ।यही घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगले बाल सुधारगृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । 

Ncell
Hardik health

आयोगले यसबारे सुधारगृहमा अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा आयोगले बाल सुधारगृहमा रहेका बालबालिका, बाल सुधारगृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै बाल सुधारगृह परिसरको अवलोकन गरेको जनाइएको छ ।

सुधारगृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवं सुधारगृहका कमाण्डरले आवश्यक समन्वय गर्न नसकेकाले सामान्य बिरामी परेका निज कमलको उपचार अभावमा मृत्यु भएको भन्दै बालबालिकाले विरोध गरेका थिए । बाल सुधारगृहका बालकको समूहले यही भदौ ४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधारगृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै सात जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । 

बन्दीको मृत्युपछि उत्पन्न परिस्थितिमा भएका उच्छृंखल व्यवहार प्रदर्शन हेर्दा सुधारगृहभन्दा कतै बिगारगृह हो कि भन्ने टिप्पणीसमेत धेरैले गर्न थालेका छन् । अपराध अभियोगमा सुधारगृहमा राखेकाहरु सुध्रेको यो घटनाबाट कतै पनि पुष्टि हुन्न । हरेक कोणबाट यो व्यवस्थापनको असफलता हो । यसैले यस विषयमा निष्पक्ष छानबिन गरी व्यवस्थापन पक्ष र त्यतिबेला खटिएका प्रहरीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP