Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कोशीमा डेंगुबाट १४ को मृत्यु, २२ हजार संक्रमित
कोशीमा डेंगुबाट १४ को मृत्यु, २२ हजार संक्रमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ८, २०८०

झापा- ड‍ेंगु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन् । ड‍ेंगुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए । उनका अनुसार यहाँ १५ हजार नौ सय ५२ जना सङ्क्रमित भएका छन् ।
    
प्रदेशका १४ जिल्लामै ड‍ेंगु सङ्क्रमण फैलिएको चम्लागाईँले बताए । उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार चार सय २० सङ्क्रमित भएकामा एकको मृत्यु भएको छ ।

तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा ड‍ेंगु फैलिएको चम्लागाईँले बताए। “विशेष गरी गर्मी र बर्खायाममा ड‍ेंगु फैलिने गरेको छ”, उनले भने, “ड‍ेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा ड‍ेंगुका बिरामीको उपचार भइरहेको उहाँले जानकारी दिए । 

चम्लागाईँका अनुसार साउनदेखि हालसम्ममा तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, इलाम एक सय ६८, उदयपुर चार सय ४९, धनकुटामा दुई सय ६४, भोजपुरमा एक सय ५४, सङ्खुवासभामा दुई सय ६०, ओखलढुङ्गामा पाँच, ताप्लेजुङमा ३३, खोटाङ र सोलुखम्बुमा पाँच÷पाँच जना ड‍ेंगुका बिरामी फेला परेका छन् ।

Hardik health

ड‍ेंगु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले ड‍ेंगुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । “सामान्य भन्दा निकै तीव्र ज्वरो आउनु, खानाको स्वाद थाहा नहुनु, टाउको दुख्नु, आँखा र नाकबाट रगत बग्नुलगायत लक्षण देखिएका ड‍ेंगु भएको हुन सक्छ”, उनले भने ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भारतमा निपाह भाइरस संक्रमणकाे पुष्टि
भारतमा निपाह भाइरस संक्रमणकाे पुष्टि शुक्रबार, माघ ९, २०८२
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान शुक्रबार, माघ ९, २०८२
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP