Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनुसन्धान प्रभावित पार्ने खेल
अनुसन्धान प्रभावित पार्ने खेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ६, २०८०

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको कमाण्ड सम्हालेका प्रहरी अधिकृतहरुलाई गैरजिम्मेवार ढंगले सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा उम्दा मानिएका एआइजी श्याम ज्ञवालीलाई मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेको हो । उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख थिए । त्यसैगरी सरकारले काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई पनि सरुवा गरेको छ ।

प्रहरी नियमावलीअनुसार सरुवा भएको वर्ष दिन नपुगी प्रहरी अधिकृतहरुलाई सरुवा गर्न मिल्दैन । सरुवा नै गर्नुपरेमा कुनै कारण हुनुपर्छ । तर, शरणार्थी प्रकरणमा उम्दा प्रहरीका नेतृत्वलाई सरकारले सरुवा गराएर गल्ती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार कुनै भ्रष्टाचारीसामु नझुक्ने वाचा पटक–पटक कसेका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कुनै हालतमा नछाडिने दाबी गर्ने सरकारका एक सदस्य हुन् । तर, पछिल्लो समय श्रेष्ठ प्रधानमन्त्री दाहाल र गठबन्धन दलका शीर्ष नेताहरुसँग लत्रिन थालेका छन् ।

ललिता निवास प्रकरण, सुन काण्ड र नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा शीर्ष नेताहरु तानिन थालेपछि श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमाले नेता केपी ओलीसम्मको दबाब पर्न थालेको बताइएको छ । पछिल्लो सर्वदलीय बैठकहरुमा देउवा र ओलीले श्रेष्ठलाई ‘हिरो नबन्न’ संकेत गरेको बताइएको छ । देउवा र ओलीको पेलानमा पर्दा प्रधानमन्त्री दाहालसमेत मौन रहेपछि श्रेष्ठले खुरुखुरु प्रहरी अधिकृतहरुको सरुवा मानेको बताइन्छ ।

Ncell
Hardik health

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमालेसचिव टोपबहादुर रायमाझी परेका छन् । दुवै नेता अहिले पूर्पक्षका लागि थुनामा छन् । यता कांग्रेस नेतृ आरजु देउवाको नामसमेत यो प्रकरणमा मुछेको छ ।

अन्य नेताको पनि पोल खुल्ने डरले अहिले कांग्रेस र एमालेका शीर्ष नेताहरु त्रसित बनेपछि प्रहरी अधिकारीहरुमाथि शीर्ष नेतृत्व क्रुर बनेको बताइन्छ । ज्ञवालीको सरुवामा देउवाले धेरै अघिदेखि चासो देखाए पनि गृहमन्त्री श्रेष्ठले मानिरहेका थिएनन् । पछिल्लोपटक सर्वदलीय बैठकमा देउवा र ओली आक्रोशित बनेपछि श्रेष्ठ लत्रिएको बताइएको छ । नक्कली शरणार्थीजस्तो संगठित अपराधलाई प्रभावित पार्ने गरी सत्तासीन दल र प्रतिपक्षी दलका शीर्ष नेताले यसरी दबाब दिएर धमिलो पानीमा माछो मार्ने खेल पक्कै पनि ठीक छैन । अनुसन्धान प्रभावित पार्ने खेल कसैले पनि नखेलोस् ।
 


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP