Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा आंशिक युद्धविराम सुरु, स्वागतमा अफगानीहरूको नाचगान
अफगानिस्तानमा आंशिक युद्धविराम सुरु, स्वागतमा अफगानीहरूको नाचगान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Hardik health
काबुल– अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिक बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ र यो शनिबारदेखि लागू भएको हो । यो प्रारम्भिक सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ । अमेरिका र विद्रोही तालिबानबीच आंशिक युद्धविरामको नतिजाका आधारमा स्थायी युद्धविराम गर्न दुवै पक्ष सहमत भएका छन् । उक्त सम्झौताबमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करीब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजानेछ । साथै, युद्धबाट थकित भइसकेको अफगानिस्तानमा राजनीतिक केही अस्थिरताका बाबजुद विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ । काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबिब उल्लाहले निकै आत्मविश्वासका साथ भन्नुभयो, ‘बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भय बेगर नै म पहिलोपटक यसरी सडकमा निस्कन पाएको छु । मलाई आशा छ यो सदा जारी रहनेछ ।’ यो साप्ताहिक युद्धविराम सफलतापूर्वक अघि बढाउन तालिबान समूहले आफ्ना लडाकूलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ । अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने पटकपटक बताइसक्नुभएको छ । तर अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिबान जारी शान्तिवार्ता केही समय रोकिएको थियो । तर दुबै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एकहप्ते युद्धविराम भएको छ । लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विगत एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो । तालिबानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालाबादमा अफगानीहरू रातिदेखि नै सडकमा परम्परागत पस्तुन नाचमा रमाइरहेका देखिन्थे । वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकका रूपमा देखिएको काबुलमा भने मानिसहरू केही सजग देखिएका थिए । ‘अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो तर हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौँ,’ सरकारी कामदार फजुल रहमानले भन्नुभयो । ‘जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्तिवार्ता हुनुपर्दछ ।’ काबुलका एकजना पसले इमामुद्दिनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बताउनुभयो । ‘एक हप्ताको युद्धविराम त आँखा झिमिक्क पार्दै सकिन्छ,’ उहाँले भन्नुभयो । ‘उनीहरूले यस देशको समस्याका लागि दिगो समाधान खोज्नुपर्दछ ।’ खतरनाक क्षण हिंसामा कटौतीको विषय भने अद्यापि कृपण छ । अमेरिकाले अफगानिस्तानमा जारी ‘हिंसामा उल्लेखनीय र राष्ट्रव्यापी कटौती’का लागि ‘समझदारी’ भएको बताएको छ भने अफगान सुरक्षाफौज पूरै साताभर ‘सक्रिय आत्मरक्षाको स्थितिमा’ मात्र रहनेछ । ‘तालिबानले हिंसामा अर्थपूर्ण कटौतीप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्नुपर्दछ,’ अमेरिकी रक्षामन्त्री मार्क एस्परले ट्विट गर्दै भन्नुभएको छ । ‘तालिवानले शान्तिको बाटोलाई अस्वीकार गरेको खण्डमा हामी आफैँ र अफगान साथीहरूको मद्दत गर्न तयार हुनेछौँ ।’ कन्धाहारमा एकजना तालिबान विद्रोहीले आफूलाई हतियार थाती राख्ने आदेश आएको एएफपीलाई बताए । तर अर्का लडाकूले आफूलाई केवल ठूला शहरहरू र राजमार्गहरूमा आक्रमण रोक्न आदेश दिइएको जानकारी दिए । कुनै पनि युद्धविराम चुनौती र खतराबाट भरिपूर्ण हुन्छ । विश्लेषकहरूका भनाइमा अफगानिस्तानको रक्तपात रोक्न निकै जटिलताहरू रहेका छन् र कुनै पनि समय त्यो भङ्ग हुन सक्दछ । सन् २००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एकपटक मात्र युद्धमा विश्राम आएको छ । तालिबान र काबुलबीच सन् २०१८ मा मुस्लिमहरूको महान् चाड इदको अवसरमा तीन दिन युद्धविराम भएको थियो । त्यसबखत अफगानिस्तानले तालिबानी लडाकूहरू, सुरक्षाफौज र सर्वसाधारणलाई अङ्गालो हालेर, आइसक्रिम बाँडेर र सेल्फी खिच्दै खुशी साटासाट गरेका थिए । अमेरिकाले एक वर्षभन्दा बढी समयदेखि तालिबानसँग वार्ता गरिरहेको छ । उक्त वार्ता मुख्य रूपमा अफगानिस्तानमा तैनाथ १२ हजार देखि १४ हजार अमेरिकी सेनाको आधा हिस्सा तत्कालै हटाउने र स्थायी युद्धविराम गर्ने केन्द्रित छ । त्यसको बदलामा तालिबानले सुरक्षा प्रत्याभूति गर्नुपर्नेछ र अफगान सरकारसँग शान्तिवार्तामा सहभागी हुनेछ । बिहीबार उक्त समूहका उपनेता सिराजुद्दिन हक्कानीले न्युयोर्क टाइम्समा एउटा लेख लेख्दै विद्रोहीहरू सम्झौताको पक्षमा खडा हुन पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP