Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कोशीमा दलहरुको दरिद्रता
कोशीमा दलहरुको दरिद्रता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ५, २०८०

संघीयतापछि देशमा तीन तहका सरकार छन् । स्थानीय र संघीय सरकार आफ्नो पूर्णअधिकारका साथ अघि बढिरहेकै छ । तर, प्रदेश सरकार भने बेलाबेला विवादमा तानिरहेको छ । संघको प्रशासनिक एकाइका कारण प्रदेश बदनाम त छ नै, जनता नै वाक्क हुनेगरी दलहरुको दरिद्र व्यवहार पनि बेलाबेला झल्किन्छ । पहिलो कार्यकालमा मधेश प्रदेश र लुम्बिनी प्रदेश विविध कारण विवादमा तानिएको थियो । 

संघीयता सुरु भएपछिको दोस्रो चुनावयता भने सबै किचलो कोशीमा सरेको छ । कोशी यसकारण पनि चर्चामा रह्यो, जुन प्रदेशले यसपटक मात्र नाम पायो, एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले आँट गरेर प्रदेशको नाम कोशी राख्यो । प्रदेशले नाम पाउनसाथ यहाँ विवाद नहुने सायद दिनै छैन । प्रदेशमा मन्त्रीका चाङ गठबन्धन फेरिएपिच्छे बढ्दा कोशीमा भने पहिचानको आधारमा नामाकरण नभएको भन्दै आन्दोलन सुरु भयो । पहिचान पक्षधरको आन्दोलनलाई ‘डाइभर्ट’ गर्न दलहरुले सरकार गिराउने खेल सुरु गरे ।

यही मेसोमा कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री बने । सुरुमा उनी मुख्यमन्त्री बन्दा गठबन्धन दलले संविधानको ख्यालै नगरी सभामुखकोसमेत हस्ताक्षर बुझाएर बहुमत पु¥याए थापाका लागि । पछि सर्वोच्च अदालतले यो कदम असंवैधानिक ठहर ग¥यो । जसअनुसार कांग्रेसका थापा पदमुक्त भए । त्यतिबेला कांग्रेस र माओवादीले संविधान कुल्चने काम गरेर आफ्नो दरिद्रता प्रदर्शन गरेको थियो । जसलाई अदालतले करेक्सन गरिसकेको छ । सोमबार भने रिसाइबी साँध्ने निहुँमा प्रमुख प्रतिपक्षी दल आफ्नो दरिद्रता प्रहसनमा उत्र्यो ।

Ncell
Hardik health

संविधानको धारामा टेकेर दोस्रोपटक मुख्यमन्त्री बनेका थापाले यसपटक आफूलाई विश्वासको मत लिन आइतबारको समय मागेका थिए । उपसभामुख सिर्जना दनुवारले एक दिन पछि धकेलेर विश्वासको मत लिने समय तोकिदिइन् सोमबारका लागि । सोमबार भने दनुवार बिरामी भन्दै काठमाडौं रवाना भइन् । उपसभामुखले अध्यक्षता गरेको भए थापाले स्पष्ट विश्वासको मत प्राप्त गर्ने पक्कापक्की थियो । तर एमालेको एउटै तयारी थियो, सत्ता गठबन्धनलाई अप्ठेरो पार्ने ।

यसका लागि उसले उपसभामुखलाई मात्र हैन, आफ्नो दलको तर्फबाट अध्यक्षमण्डलमा सहभागी हुनसक्नेहरुलाई पनि बैठकमा जान रोक लगाए । जसकारण कांग्रेसकै सांसदहरु अध्यक्षमण्डलमा बस्न र बैठक सञ्चालन गर्न बाध्य भए । यतिमात्र हैन, मत नपुग्ने देखिएपछि निर्णायक मत दिएर विवादमा तानिए । एमाले र कांग्रेस कुनै हालतमा मध्यावधिमा जान पनि तयार छैनन् । यस्तो अवस्थामा प्रदेश सरकारमा खेलेर दलहरुले संघीयतामाथि थप वितृष्ण बढाइदिएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP