Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • कोरोनाविरुद्धको लडाईँ, मानव जातिको साझा चुनौति
कोरोनाविरुद्धको लडाईँ, मानव जातिको साझा चुनौति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Surya Khadka
Hardik health
विश्वभरकै मानव जातिका लागि बेमौमको काल बनेर आइलागेको कोरोना भाइरसको संक्रमणविरुद्ध युद्ध लडिरहेको नेपालको घनिष्ठ मित्र देश चीनका पक्षमा कोरोनाविरुद्धको लडाईँमा हामी पनि सँगसँगै छौँ भनेर नेपाली जनता, नागरिक समाज, प्रेस र सिंगै देशले चीनको दुःखको सारथि रहेको सन्देश दिन सक्नु पर्छ । कोरोनालाई चीनविरोधी प्रचार गर्ने अस्त्रका रूपमा बेच्न चीनविरोधी पश्चिमा मिडियाहरूको खेतीबाट नेपाल जोगिनुपर्छ । मानवता विरोधी कुप्रचारको विरोधमा उभिनु पर्छ सबै नेपाली, सिंगो नेपाल । किनकि कोरोना भाइरस हामी सबैको साझा शत्रु हो भन्ने तथ्यबोध गर्न कोही पनि हिच्किचाउनु हुँदैन । यो विश्वभरकै मानव जातिको नयाँ शत्रु हो, जोसँग लडिरहेको चीनको प्रयासको प्रशंसा विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय अंगहरूले समेत गरिरहँदा नेपालले पनि साथ र समर्थन दिन सक्नुपर्छ । नियन्त्रणोन्मुख रहेको कोरोना भाइरसको विरुद्ध बोल्ने, एकता प्रदर्शन गर्ने कोरोना भाइरसका फैलिँदो संक्रमणहरूका विरुद्ध सबैले आ–आफ्नो तह र तप्काबाट सकेको योगदान गर्नुपर्छ । घनिष्ठ छिमेकीलाई संकटका बेला चित्त देखाउनु हुँदैन । चीन वा जो कोही छिमेकीलाई दुःखका बेला साथ दिनु सबै नेपालीको धर्म र कर्म हो । कोरोनाविरुद्धको योद्धा बन्न तयार हुनुपर्छ विश्वभरकै मानवा जाति । किनकि, कोरोनाले देश, भूगोल, सानो, ठूलो, धनी, गरिब केही नभनी सबैलाई सकेसम्म समान रूपमा लपेट्छ । बलिया देशले यसलाई समयमा नै नियन्त्रणमा लिन्छन्, गरिब देशमा यो फैलियो भने यसले महामारीकै रूप लिन जान्छ । आज चीनलाई टाउको दुखाइ बनेको कोरोना भाइरस भोलि कुनै पनि देशमा जान सक्छ, नेपाल पनि आउन सक्छ । यसबेला जो कसैको सहयोग जो सुकैलाई पनि चाहिन सक्छ । गत डिसेम्वर अन्तिम साताबाट देखिएको र सुरुमा बढ्दो रूपमा देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा कमजोर हुँदै गएको र चीनमा संक्रमण घट्दो दरमा देखिएको छ । संक्रमणविरुद्ध अपनाइएको कडा कदमका कारण चिनियाँ अधिकारीहरूले कोभिड १९ फैलिएको हुबे प्रान्तमा नयाँ संक्रमणको संख्या ह्वात्तै घटिरहेको विवरण दिएका छन् । यो साताको बुधबार केवल ३ सय ४९ नयाँ संक्रमण भेटिएको जनाइएको छ, जबकि मंगलबार त्यस्तो नयाँ संक्रमणको संख्या १ हजार ७ सय बताइएको थियो । संक्रमितको संख्यामा आएको उक्त कमी रोग निदानमा अपनाइएका फरक विधिका परिणाम मानिएको छ । चीनले हरसम्भव उपाय लगाएर चीनले रोग नियन्त्रणका लागि आक्रामक अभियानहरू सञ्चालन गरिरहेको छ । यसैकारण पछिल्ला दिनमा रोग संक्रमितहरूको संख्या ह्वात्तै घट्दै गएको हो । बुधवार संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८ बताइएको छ । अधिकांश मृत्यु हुबेको राजधानी वुआनमा भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस संक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन्, जसमा ७० हजारभन्दा बढी कोभिड १९ संक्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा बयोबृद्धमा बढी जोखिम देखाएको छ । चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ । उक्त अध्ययनले समग्रमा कोभिड १९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ । मंगलबार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्यांकले ७२ हजार ४ सय ३६ संक्रमणका घटनामा १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएको जनाएको छ । अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन संक्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १ हजार ८ सय ८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीहरूका अनुसार १२ हजारभन्दा बढी मानिसहरूलाई लागेको रोगको संक्रमण निको भएको छ । सोमबार प्रकाशित तथ्यांक चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित छ, जसमा चीनभर ११ फेब्रुअरीसम्म पुष्टि भएका, शंका गरिएका र कुनै संंकेत नदेखिएका तर कोभिड १९ पहिचान गरिएका सबै ७२ हजार ३ सय १४ घटनाको विवरण उल्लेख गरिएको छ । उक्त अध्ययनले भाइरस र संक्रमणको फैलावट कम हुँदै गएको देखाएको छ । अध्ययनमा ४४ हजार ६ सय ७२ वटा संक्रमणका घटनाको विस्तृत विवरण समावेश छ । उक्त अध्ययनका केही निष्कर्षअनुसार, झन्डै ८०.९ प्रतिशत संक्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ । ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ । ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ । त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ । ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा ८ प्रतिशत जोखिम रहेको पाइएको छ । लैंगिक अनुपातमा पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ । यो सबै तथ्यांकले चीन कोरोना संक्रमण रोकथाम र निदान गर्न सक्षम हुँदै गएको तथ्यलाई उजागर गर्दछ । चीनले राज्यशक्तिका सबै ताकतहरू लगाएर छोेटो अवधिमा नै भयावह रोगको संक्रमणलाई नियन्त्रणमा लिन सकेको हो । रोग पूरै नियन्त्रणमा लिन चीनलाई केही थप समय लाग्ने त स्पष्टै छ । तर बितेका करिब २ महिनाका अवधिमा पनि उसले नयाँ प्रजातिको भाइरसलाई नियन्त्रणमा लिन जुन तदारुकता देखायो र जुन खालको सफलता हासिल गर्दै गइरहेको छ, यसले जनस्वास्थ्यका मुद्दामा चीन सरकार निकै संवेदनशील भन्ने देखाएको छ । नेपाल र चीन एक अर्काका दुःखका साथी हुन् । अझ नेपालका लागि चीन समस्यारहित पौराणिक सम्बन्ध रहेको देश हो । नेपालले अहिले कोरोनाविरुद्धको चिनियाँ लडाईंमा सघाउन पर्ने गरी चीनमा यो संकट भयावह भइरहेको छैन । त्यसैले नेपालले भौतिक रूपमा नै केही मद्दत गरिहाल्नुपर्ने अवस्था त छैन नै । तर मानसिक वा भावनात्मक रूपमा पनि ‘ए नआत्तिनु है, हामी पनि तिमीहरूको साथमा छौँ’ भन्ने सन्देश मात्रै दिनु पनि चिनियाँहरूका लागि ठूलै गुन हुन जान्छ । अझ चीनको विरुद्ध कुनै प्रकारका गलत प्रचारबाजीमा नेपाल सामेल वा सहभागी नभइदिए मात्रै पनि उसका लागि हाललाई यही पर्याप्त सहायता हुन जान्छ । रोग आखिर सबैका लागि रोग नै हुन्छ, त्यसको अतिरंजित गलत प्रचारबाजी गर्नमा कुनै पनि चिनियाँ हितैषीले ताबेदार बन्नु हुँदैन । कोरोना संक्रमण, अहिलेको स्वास्थ्य क्षेत्रमा हासिल भएका नयाँ औषधि, प्रविधि र उपचारका पद्धतिहरूलाई पनि चुनौति हो । विश्वको स्वास्थ्य विज्ञानकै लागि यो नयाँ चुनौति हो । भूगोल विशेषले मात्रै ठूलो जनसंख्या भएको चीनमा यो सुरुमा देखियो । सबैखाले समस्याको समाधान आफैँ खोज्ने चिनियाँ शैली कोरोनाको संक्रमण नियन्त्रणमा पनि प्रभावकारी देखिएको छ । बाँकी विश्वले पनि चीनलाई सघाउँदा मात्रै रोग उन्मूलनमा छिटो र सार्थक सफलता हासिल हुन्छ । त्यसैले सके सबैले कोरोनाविरुद्धको लडाईंमा चीनलाई साथ समर्थन दिनुपर्छ, नसके पनि उसको सतप्रयासलाई नकारात्मक रूपमा गलत प्रचार गर्नु हुन्न ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP