Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘अफ्रिका कोरोना भाइरस प्रतिरोधको तयारी नभएको’
‘अफ्रिका कोरोना भाइरस प्रतिरोधको तयारी नभएको’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Hardik health
एदिस अबाबा–कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ । सङ्गठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ । यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर ‘कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,’ टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी सङ्घका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भने । डिसेम्बरमा चीनबाट शुरू भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ । डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताउनुभएको छ । उनले सङ्क्रमणको आशङ्का गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरसको पुष्टि भने भएको छैन । ‘तर यदि कोभिड–१९ जब अफ्रिकी महाद्वीपमा फैलिन थाल्छ अफ्रिकी स्वास्थ्य प्रणालीलाई पीडित बिरामीहरूको उपचार गर्न जटिल हुनेछ,’ डब्ल्यूएचओको टेड्रसले भने । ‘यी बिरामीहरूलाई श्वासप्रश्वासका लागि सहयोगी मेसिन जस्ता उपकरणहरू प्रयोग गरी गहन हेरचाह आवश्यक पर्छ जुन तपाईंलाई थाहा छ, धेरै अफ्रिकी देशहरूमा अभाव रहनेछ त्यसैले यो चिन्ताको विषय हो,’ उनले भने । अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम, र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गरे । ‘हाम्रो प्यारो महाद्वीप, अफ्रिकामा तुलनात्मक रूपमा विश्वका अन्य क्षेत्रको तुलनामा कमजोर स्वास्थ्य प्रणालीको जोखिममा रहेको छ,’ उनले भने । अफ्रिकी मुलुकमा कोरोना भाइरस परीक्षणको क्षमता भएका देशको सङ्ख्या सङ्क्रमणको व्यापकतासँगै दुईबाट २६ पुगेको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०६:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP