Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिक सौदाबाजीमा रेशम रिहा !
राजनीतिक सौदाबाजीमा रेशम रिहा !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, भदौ १, २०८०

​​​​​​​काठमाडौं– कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीको रिहालाई सर्वोच्च अदालतले ‘राजनीतिक सौदाबाजी’ ठहर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चौधरीलाई दिएको आममाफीलाई हाकाहाकी कानुनी उपहासको रूपमा अथ्र्याइएको छ । चौधरीको आममाफीले कानुनी व्यवस्थाको उल्लंघन भएकोसमेत जनाएको छ ।

गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएका थिए । त्यसयता उनी नागरिक उन्मुक्ति पार्टीको राजनीतिक गतिविधिमा क्रियाशील छन् । यहीबेला सार्वजनिक सर्वोच्चको पूर्णपाठले चौधरीको आममाफी र रिहा कानुनी शासनको खिलापमा भएको सन्देश दिएको हो ।

पूर्णपाठमा भनिएको छ, ‘मुद्दाहरूलाई राजनीतिक सौदाबाजीको रणनीतिअन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य मान्यता र कानुनी व्यवस्थासमेतको उल्लंघन र उपहास हुनेगरी माफी मिनाहा दिनेसमेतका कार्य गर्नु देशको संविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतको हाकाहाकी विपरीत हुने देखिन्छ ।’

Hardik health

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठमा उच्च अदालत दिपायलले रेशमविरुद्धको मुद्दामा गरेको जन्मकैदको सजायलाई सदर गरेको थियो । फैसलाको पूर्णपाठ भने तीन महिनापछि बिहीबारमात्रै आएको हो । जहाँ ७ भदौ २०७२ मा भएको टीकापुर घटना चीरकालसम्म चहराइरहने जघन्य अपराध भनिएको छ । कारण, मिसिलमा भएको विवरणले सुरक्षाकर्मीमाथि योजनाबद्ध आक्रमण भएको देखिएको सर्वोच्चकै निष्कर्ष छ । 

रेशमको रिहाले अपराधको राजनीतिकरण र कसूरदारलाई फौजदारी दायित्वबाट उन्मुक्ति प्रदान गर्ने कूचेष्टा भएको ठहर पनि सर्वोच्चको छ । यसले राजनीतिको आडमा कसूर गर्ने प्रवृत्ति मौलाउने र जुन चिन्ताजनक हुने पनि भनिएको छ ।रगतमा लतपतिएका हातहरूले राजनीतिक संरक्षण प्राप्त गरेमा देशको फौजदारी कानुनले निषेध गरेको आपराधिक कार्य गरेका व्यक्ति नै ठूलठूलो आवाजका साथ निस्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुनसक्ने पनि सर्वोच्चको अनुमान छ । 

एउटै कसूरमा कसैलाई कारबाही र सजाय गर्ने, कसैलाई उन्मुक्ति दिँदा समाजमा व्याप्त ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने भनाइ यथार्थमा परिणत हुने र जसले न्यायालयमाथिको विश्वासमा ह्रास ल्याउनसक्ने पनि उल्लेख छ । सर्वोच्च सर्वाधिक चिन्तित भएको भनेको राजनीतिको आवरणमा कसूरदारलाई फौजदारी कसूरबाट सिर्जित दायित्वबाट उन्मुक्ति दिएको भन्नेमा हो । त्यसो हुँदा फौजदारी न्याय मर्ने पूर्णपाठमा उल्लेख छ । 

पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले गठबन्धनलाई मजबुत पार्न रेशम आबद्ध दल उन्मुक्तिको साथ खोजेको थियो । त्यसबेला अध्यक्ष तथा रेशम पत्नी रञ्जिता श्रेष्ठ चौधरीले रेशमको रिहाइ ‘बटमलाइन’ बनाएकी थिइन् । प्रधानमन्त्री दाहालले चौधरीले अघि सारेको उक्त माग सम्बोधन गराएका हुन् । यसपछि दाहाल सरकार थप मजबुत भएको हो । सर्वोच्चले यही तथ्यमा टेकेर फौजदारी कसूर गरेको प्रमाणित भएर पनि रेशमलाई उन्मुक्ति दिनुलाई ‘राजनीतिक सौदाबाजी’ भएको ठहर गरेको हो । 

७ भदौ २०७२ मा थरूहट आन्दोलन चर्किरहेकै बेला कैलालीको टीकापुरमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेको थियो । त्यहाँ भीडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो । यस प्रकरणमा आरोपीमध्ये रेशमसहित धेरै जना दोषी ठहरिएका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०६:०९
#रेशमलाल _चौधरी #कैलालीको_टीकापुर
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP