Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिक सौदाबाजीमा रेशम रिहा !
राजनीतिक सौदाबाजीमा रेशम रिहा !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, भदौ १, २०८०

​​​​​​​काठमाडौं– कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीको रिहालाई सर्वोच्च अदालतले ‘राजनीतिक सौदाबाजी’ ठहर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चौधरीलाई दिएको आममाफीलाई हाकाहाकी कानुनी उपहासको रूपमा अथ्र्याइएको छ । चौधरीको आममाफीले कानुनी व्यवस्थाको उल्लंघन भएकोसमेत जनाएको छ ।

गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएका थिए । त्यसयता उनी नागरिक उन्मुक्ति पार्टीको राजनीतिक गतिविधिमा क्रियाशील छन् । यहीबेला सार्वजनिक सर्वोच्चको पूर्णपाठले चौधरीको आममाफी र रिहा कानुनी शासनको खिलापमा भएको सन्देश दिएको हो ।

पूर्णपाठमा भनिएको छ, ‘मुद्दाहरूलाई राजनीतिक सौदाबाजीको रणनीतिअन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य मान्यता र कानुनी व्यवस्थासमेतको उल्लंघन र उपहास हुनेगरी माफी मिनाहा दिनेसमेतका कार्य गर्नु देशको संविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतको हाकाहाकी विपरीत हुने देखिन्छ ।’

Hardik health

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठमा उच्च अदालत दिपायलले रेशमविरुद्धको मुद्दामा गरेको जन्मकैदको सजायलाई सदर गरेको थियो । फैसलाको पूर्णपाठ भने तीन महिनापछि बिहीबारमात्रै आएको हो । जहाँ ७ भदौ २०७२ मा भएको टीकापुर घटना चीरकालसम्म चहराइरहने जघन्य अपराध भनिएको छ । कारण, मिसिलमा भएको विवरणले सुरक्षाकर्मीमाथि योजनाबद्ध आक्रमण भएको देखिएको सर्वोच्चकै निष्कर्ष छ । 

रेशमको रिहाले अपराधको राजनीतिकरण र कसूरदारलाई फौजदारी दायित्वबाट उन्मुक्ति प्रदान गर्ने कूचेष्टा भएको ठहर पनि सर्वोच्चको छ । यसले राजनीतिको आडमा कसूर गर्ने प्रवृत्ति मौलाउने र जुन चिन्ताजनक हुने पनि भनिएको छ ।रगतमा लतपतिएका हातहरूले राजनीतिक संरक्षण प्राप्त गरेमा देशको फौजदारी कानुनले निषेध गरेको आपराधिक कार्य गरेका व्यक्ति नै ठूलठूलो आवाजका साथ निस्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुनसक्ने पनि सर्वोच्चको अनुमान छ । 

एउटै कसूरमा कसैलाई कारबाही र सजाय गर्ने, कसैलाई उन्मुक्ति दिँदा समाजमा व्याप्त ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने भनाइ यथार्थमा परिणत हुने र जसले न्यायालयमाथिको विश्वासमा ह्रास ल्याउनसक्ने पनि उल्लेख छ । सर्वोच्च सर्वाधिक चिन्तित भएको भनेको राजनीतिको आवरणमा कसूरदारलाई फौजदारी कसूरबाट सिर्जित दायित्वबाट उन्मुक्ति दिएको भन्नेमा हो । त्यसो हुँदा फौजदारी न्याय मर्ने पूर्णपाठमा उल्लेख छ । 

पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले गठबन्धनलाई मजबुत पार्न रेशम आबद्ध दल उन्मुक्तिको साथ खोजेको थियो । त्यसबेला अध्यक्ष तथा रेशम पत्नी रञ्जिता श्रेष्ठ चौधरीले रेशमको रिहाइ ‘बटमलाइन’ बनाएकी थिइन् । प्रधानमन्त्री दाहालले चौधरीले अघि सारेको उक्त माग सम्बोधन गराएका हुन् । यसपछि दाहाल सरकार थप मजबुत भएको हो । सर्वोच्चले यही तथ्यमा टेकेर फौजदारी कसूर गरेको प्रमाणित भएर पनि रेशमलाई उन्मुक्ति दिनुलाई ‘राजनीतिक सौदाबाजी’ भएको ठहर गरेको हो । 

७ भदौ २०७२ मा थरूहट आन्दोलन चर्किरहेकै बेला कैलालीको टीकापुरमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेको थियो । त्यहाँ भीडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो । यस प्रकरणमा आरोपीमध्ये रेशमसहित धेरै जना दोषी ठहरिएका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०६:०९
#रेशमलाल _चौधरी #कैलालीको_टीकापुर
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP