Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कामको मेलो मिलाऊ सरकार
कामको मेलो मिलाऊ सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०
Hardik health

सरकार यतिबेला कामविहीन जस्तै बनेको छ । सदन सुन प्रकरणका कारण ठप्प छ । प्रधानमन्त्री पुष्पकमल दाहाल विभिन्न कार्यक्रम उद्घाटनमै व्यस्त छन् । प्रधानमन्त्रीमात्र हैन सरकारका अधिकांश मन्त्रीहरुको पनि कार्यक्रम उद्घाटन र भाषणबाजीमै दिन बित्ने गरेको छ । हुन त दिनदिनै मन्त्री फेरिरहने भएकोले कुन मन्त्रीले के काम गर्छन्, जनतालाई ठम्याउन पनि मुस्किल हुन्छ । कतिपय मन्त्रीहरुको नाम सम्झन पनि सर्वसाधारणलाई अप्ठेरो । आयो रे गयो रे मै मन्त्रीहरुको शपथग्रहणदेखि पदमुक्त सकिन्छ । केही मन्त्रीहरु विदेश पुग्छन् । घुम्छन् फोटो खिचाउँछन् । उपलब्धि शून्य ।
कुनै बेला प्रधानमन्त्री दाहालले ‘बोल्ने कम, काम बढी’ भन्ने नारा नै बनाएका थिए । तर सरकारको पारा हेर्दा उनको वाचाले खासै उपलब्धि हासिल गरेन । हुन त गठबन्धनको सरकार भएर पनि होला । ‘तैँ रानी मै रानी, कसले भर्ला कुवाको पानी’ भनेझैँ अर्कै पार्टीले जस लिने डरले न त प्रधानमन्त्रीले काम गरेका छन् न त अरु पार्टीका मन्त्रीहरुले । गरेको केवल पुराना फाइल पल्टाएर ‘पपुलिस्ट’ काम गरी वाहवाही कमाउने कामबाहेक यो सरकारले केही गरेको देखिन्न । सरकारले सदन खुलाएर संसद्मा विचाराधीन विधेयकहरुलाई अघि बढाउनुपर्ने हो ।

वित्तीय कानुनहरु नबन्दा देश अप्ठेरो अवस्थामा पुगिसकेको छ । आर्थिक संकटका बेला चोरीपैठारीबाट आउने सामान, कालो धनको खेल नेपालमा हुन थालेको छ । कालो धनलाई सेतो बनाउने धन्दा विल्कुलै गलत कार्य हो । धार्मिक रुपमामात्र यो गलत छैन । अन्तर्राष्ट्रिय व्यापार सन्धिले पनि यसलाई राम्रो मान्दैन । जसकारण नेपालको अर्थतन्त्र अहिले ग्रे लिस्टमा छ । सरकारले वित्तीय कानुन बनाइसक्ने भन्दै वाचा कसेको धेरै भइसक्यो । तर कानुन बनाउने विषयमा सिन्को भाँच्न सकेको छैन ।

सरकारलाई कसरी असफल पार्ने भन्ने लाइनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लागेको छ । एमालेलाई आफ्नो हुँदाखाँदाको सत्ता गुमेको पीडा छ । त्यसैले पनि एमाले जसरी पनि सत्तालाई दुःख दिने नियतले अघि बढेको छ । सत्तारुढ दलले नसकेपछि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सदन खुलाउन प्रयासस्वरुप एमाले अध्यक्ष ओलीलाई भेटेका छन् । सायद राष्ट्रपतिसँग ओलीको केही सहमति भएको हुनसक्छ सदन सञ्चालनबारे । सदन नखुल्ने र कानुन निर्माणमा ढिला हुँदै जान थाले यो सरकार अहिलेसम्मकै असफल ठहरिनेछ । त्यसैले प्रधानमन्त्री दाहालले लक्ष्य प्राप्तिका लागि हदैसम्म लचकता अपनाओस् ।
 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP