Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कामको मेलो मिलाऊ सरकार
कामको मेलो मिलाऊ सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०
Ncell
Hardik health

सरकार यतिबेला कामविहीन जस्तै बनेको छ । सदन सुन प्रकरणका कारण ठप्प छ । प्रधानमन्त्री पुष्पकमल दाहाल विभिन्न कार्यक्रम उद्घाटनमै व्यस्त छन् । प्रधानमन्त्रीमात्र हैन सरकारका अधिकांश मन्त्रीहरुको पनि कार्यक्रम उद्घाटन र भाषणबाजीमै दिन बित्ने गरेको छ । हुन त दिनदिनै मन्त्री फेरिरहने भएकोले कुन मन्त्रीले के काम गर्छन्, जनतालाई ठम्याउन पनि मुस्किल हुन्छ । कतिपय मन्त्रीहरुको नाम सम्झन पनि सर्वसाधारणलाई अप्ठेरो । आयो रे गयो रे मै मन्त्रीहरुको शपथग्रहणदेखि पदमुक्त सकिन्छ । केही मन्त्रीहरु विदेश पुग्छन् । घुम्छन् फोटो खिचाउँछन् । उपलब्धि शून्य ।
कुनै बेला प्रधानमन्त्री दाहालले ‘बोल्ने कम, काम बढी’ भन्ने नारा नै बनाएका थिए । तर सरकारको पारा हेर्दा उनको वाचाले खासै उपलब्धि हासिल गरेन । हुन त गठबन्धनको सरकार भएर पनि होला । ‘तैँ रानी मै रानी, कसले भर्ला कुवाको पानी’ भनेझैँ अर्कै पार्टीले जस लिने डरले न त प्रधानमन्त्रीले काम गरेका छन् न त अरु पार्टीका मन्त्रीहरुले । गरेको केवल पुराना फाइल पल्टाएर ‘पपुलिस्ट’ काम गरी वाहवाही कमाउने कामबाहेक यो सरकारले केही गरेको देखिन्न । सरकारले सदन खुलाएर संसद्मा विचाराधीन विधेयकहरुलाई अघि बढाउनुपर्ने हो ।

वित्तीय कानुनहरु नबन्दा देश अप्ठेरो अवस्थामा पुगिसकेको छ । आर्थिक संकटका बेला चोरीपैठारीबाट आउने सामान, कालो धनको खेल नेपालमा हुन थालेको छ । कालो धनलाई सेतो बनाउने धन्दा विल्कुलै गलत कार्य हो । धार्मिक रुपमामात्र यो गलत छैन । अन्तर्राष्ट्रिय व्यापार सन्धिले पनि यसलाई राम्रो मान्दैन । जसकारण नेपालको अर्थतन्त्र अहिले ग्रे लिस्टमा छ । सरकारले वित्तीय कानुन बनाइसक्ने भन्दै वाचा कसेको धेरै भइसक्यो । तर कानुन बनाउने विषयमा सिन्को भाँच्न सकेको छैन ।

सरकारलाई कसरी असफल पार्ने भन्ने लाइनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लागेको छ । एमालेलाई आफ्नो हुँदाखाँदाको सत्ता गुमेको पीडा छ । त्यसैले पनि एमाले जसरी पनि सत्तालाई दुःख दिने नियतले अघि बढेको छ । सत्तारुढ दलले नसकेपछि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सदन खुलाउन प्रयासस्वरुप एमाले अध्यक्ष ओलीलाई भेटेका छन् । सायद राष्ट्रपतिसँग ओलीको केही सहमति भएको हुनसक्छ सदन सञ्चालनबारे । सदन नखुल्ने र कानुन निर्माणमा ढिला हुँदै जान थाले यो सरकार अहिलेसम्मकै असफल ठहरिनेछ । त्यसैले प्रधानमन्त्री दाहालले लक्ष्य प्राप्तिका लागि हदैसम्म लचकता अपनाओस् ।
 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP