Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #क्षितिज_समर्पण
  • #ग्यास अभाव
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विपद्पीडितको उद्धार र राहत प्रभावकारी बनाऊ
विपद्पीडितको उद्धार र राहत प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०


वर्षाका कारण गएको आएको बाढीपहिरोले धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारको पछिल्लो आकडाअनुसार १२ जनाभन्दा बढीको ज्यान गइसकेको छ । ठाउँठाउँमा पहिरोको जोखिम बढेको छ । आइतबार रातिमात्र मुस्ताङको कागबेनीमा अप्रत्यासित बाढी आयो । बाढीका कारण ३५ घरमा क्षति पुगेको छ । पूर्वसूचनाका कारण कागबेनीका स्थानीयले ज्यान जोगाए । 

यसपटक मनसुन ढिला सुरु भएका कारण वर्षाको सम्भावना अझै छ । कुन ठाउँमा कतिबेला बाढीपहिरो जाने हो ठेगान छैन । विभिन्न क्षेत्रमा बाढीका कारण डुबानमा पर्ने खतरा अझै छ । पहाडी क्षेत्रमा पहिरो र चुरे तथा मधेस क्षेत्रमा बाढीको त्रास हरेक वर्ष स्थानीयले खेप्नुपर्छ । वर्षाका कारण सडकहरु बन्द हुँदा स्थानीय तवरमा आधारभूत सेवाहरुसमेत पुग्न सक्दैन ।

यस्तो अवस्थामा सरकारले राहत तथा उद्धारको पूर्वतयारी प्रभावकारी बनाउनुपर्छ । हरेक क्षेत्रमा सरकारले प्रहरी, सशस्त्र र सेना खटाएर भए पनि उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन आवश्यक तयारी गर्नुपर्छ । विपद्मा परेकाहरुलाई तत्काल खाँचो पर्ने खाद्यन्नदेखि लत्ताकपडाको तयारीसमेत सरकारले गर्नुपर्छ ।

Ncell
Hardik health

वर्षका कारण विभिन्न रोग फैलने त्रास उत्तिकै हुन्छ । यसपटक वर्षासँगै डेंगी र आँखा पाक्ने रोगका रोगी बढेका छन् । बाढीपहिरोमा प्रभावितहरु एकै स्थानमा हुँदा यस्ता रोगहरु सामूहिक रुपमा सर्ने डर उस्तै हुन्छ । यस्तो समस्या समाधानका लागि उद्धार टोलीको साथमा स्वास्थ्य उपचारका सामग्री र चिकित्सक पनि संलग्न हुनुपर्दछ । जसले प्राथमिक उपचार गर्नुका साथै आवश्यक परेमा सुविधासम्पन्न अस्पतालमा रेफर गर्नसमेत ढिलाइ गर्नुहुन्न ।

तर ‘मरेपछि ओखती’को शैलीमा सुस्त गतिमा काम गर्ने पुरानै प्रवृत्ति दोहिरनु हुँदैन । यस्तो प्रवृत्तिले सरकारप्रति जनविश्वास घट्ने निश्चित छ, तर सरकारले आफ्नो जनताका लागि दिने सेवाबाट वञ्चित हुनु मानवअघिकार उल्लंघनको विषयसमेत हो । त्यसैले सरकार आफ्नो सत्ता जोगाउने र एउटै विषयमा अल्झेर बस्नुभन्दा जनताको सेवामा दिनरात नभनि खट्नुपर्दछ । यसपटक मकवानपुर, दोलखा, मुस्ताङजस्ता पहाडी तथा हिमाली जिल्लाबाट बाढीपहिरोले क्षति पुर्‍याइसकेको छ ।

पानीले ओसिलो बनाएको क्षेत्रमा थप वर्षा भए जुनसुकै बेला क्षति हुनसक्छ । यसका लागि सरकारले आवश्यक तयारी बेलैमा गर्नुपर्छ । सरकारको आवश्यक पूर्वतयारी नभएकै कारण पछिल्ला बाढीपहिरोमा परी बेपत्ताहरु खोजी तथा उद्धार कार्य कमजोर हुने गरेको छ । त्यसैले सरकारले विपद्को पूर्वतयारी गरोस् । आपत्मा परेकालाई तत्काल उद्धार र प्रभावितलाई राहत तत्काल उपलब्ध हुने वातावरण बनाइयोस् ।
 


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP