Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषि पेसामा जमेका शिव, मासिक  आम्दानी डेढ लाख
कृषि पेसामा जमेका शिव, मासिक  आम्दानी डेढ लाख
कृष्ण आचार्य
कृष्ण आचार्य मंगलबार, साउन ३०, २०८०

भरतपुर - नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएको छ । उनले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन‍‍् ।

झन्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु गरेका हो । विसं २०७२ देखि सुरु भएको उनको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैँसी छन् । उनको फार्ममा अहिले झन्डै पाँच हजार ब्रोइलर कुखुरा र तीन सय स्थानीय जातका कुखुरा छन् ।

यस्तै दुई कठ्ठामा निर्माण गरिएको पोखरीमा पौडेलले माछा पालेका छन् । गाईपालनबाट कृषि पेसा सुरु गर्नुभएकाउनले केरासमेत व्यावसायिकरूपमा लगाउनुभएको थियो । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए ।

कृषि पर्यटनको अवधारणास्वरुपउनले फार्म निर्माण गरेका हो । फार्ममा पाहुनालाई समेत ल्याउन मिल्ने गरी संरचना तयार गरिएको छ ।  “यहाँ आउने पर्यटकले आफैँ माछा मारेर खान पाउनुहुन्छ”,उनले भने, “लोकल कुखुरा आफैँ पकाएर खान सकिन्छ । उनको फार्म छ हजार ब्रोइलर र एक हजार लोकल कुखुरा अट्ने क्षमताको छ ।
  
पौडेलले माछाका लागि भुरा उत्पादन आफैँ गर्नुहुन्छ । “माछामा त्यति धेरै लगानी छैन । सुरुमा लगानी भयो, अहिले नियमित प्रतिफल दिइरहेको छ”,उनले भने । माछामा लगानीको १५ प्रतिशत पनि खर्च नहुने उनको भनाइ छ । कुखुरा र गाईवस्तुले फालेका दाना माछालाई खुवाउने गरेको पौडेलले बताए । उनले वार्षिक तीन क्विन्टल माछा निकाल्ने गरेको जानकारी दिनुभयो । उनको पोखरीमा कमनग्रास र सिलर्भर जातका माछा छन् । 

Hardik health

पौडेलको फार्ममा जडीबुटी खेतीसमेत छ । उनले दुई हेक्टर जमिनमा हर्रो, बर्रो, अमला, टिमुर, सिल्टिमुरलगायतका जडीबुटी  लगाएका छन् । उनले कबुलियत मृगस्थली वनको जमिनमा जडीबुटी खेती गरेका हो । यसका लागि जिल्ला वन कार्यालयले रु दुई लाखसमेत दिएको थियो ।

कृषि फार्ममा नियमित तलब दिएर कामदार राखिएको छैन । “सबै काम श्रीमान्–श्रीमती मिलेर गर्ने गरेका छौँ”,उनले भने, “आवश्यकतानुसार ज्यालादारी कामदार खोजेर लगाउने गरेका छौँ ।” बैंकबाट ऋण लिएर कृषि पेसामा लागेका शिवले फार्मकै आम्दानीबाट ऋण तिरेको बताए  । उनले यो फार्मलाई अब कृषि पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।

अहिलेसम्म राज्यको कुनै पनि निकायबाट सहयोग नलिएको उन बताउँछन् । “कृषि पेसा चुनौतीपूर्ण छ”,उनले भने, “कहिले के हुन्छ भन्ने ठेगान नै हुँदैन ।” कृषि पेसा आशाको पेसा भएको भन्दै उन वातावरण, बजार र मूल्यमा भर पर्ने बताउँछन् । “ब्रोइलरको दाना र चल्लाको मूल्य कहिल्यै घट्दैन । मासुको मूल्य सधैँ तलमाथि हुन्छ”,उनले भने, “भुस किन्न पनि महँगो छ ।”

किसानलाई प्राकृतिकरूपमा आउने विपत्ति र बजारीकरणको समस्या रहेको उन बताउनुहुन्छ ।उनले ठूला व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण साना किसान समस्यामा पर्ने गरेको गुनासो गरे। कृषि पेसाअघिका सङ्घर्ष पौडेल रोजगारीका लागि नेपालमै केही गर्न सकिन्छ भनेर विभिन्न पेसामा लागे ।

उनले कुरिनटारमा चार वर्ष पुस्तक पसलसमेत सञ्चालन गरे। तर भनेजस्तो आम्दानी नभएपछि अन्य युवाजस्तै उन विदेशिन बाध्य भए । उन कतारमा चार वर्ष बस्नुभयो । तर आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेलले नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किए ।

उनले कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुख्र्याैली जमिनमा व्यावसायिकरूपमा कृषि गर्न थाले । विसं २०७२ देखि फार्म दर्ता गरेर व्यवसाय थालेका पौडेल आफ्नो कामप्रति गर्व गर्छन्। उनले छोरालाई डाक्टर र छोरीलाई नर्स पढाएको छ भने परिवारलाई खुसी राखेका छन् । छोराछोरीले छात्रवृत्तिमा नाम निकालेको भन्दैउनले वार्षिकरूपमा हुने आम्दानीले आफू सन्तुष्ट रहेको बताउँछन् ।

“कृषि पेसाले मानिसलाई सन्तुष्टि पनि दिन्छ”,उनले भने, “अग्र्यानिक खानेकुरा खान पाइने भएकाले स्वस्थ्य पनि भइन्छ ।” उनलाई यतिबेला बजारको खासै समस्या छैन । नजिकै रहेका मुग्लिन, कुटिनटार र फिस्लिङबाट उनले उत्पादन गरेका वस्तु बिक्री हुन्छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयमा पनिउनले उत्पादन गरेका वस्तु लैजाने गरिएको छ । सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उनको माग छ ।

“सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिकरूपमा अनुदान रकम बाँड्दै आएको छ । तर कृषकसम्म अनुदान रकम पुग्दैन । वास्ताविक कृषक अनुदानबाट बञ्चित छन्”,उनले भने, “कृषकका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन । यो कतिसम्म विडम्बनाको विषय हो ।

 सरकारले कृषि पेसामा लागेका कृषकलाई उत्साह होइन, विस्थापित गर्न मात्र खोजिरहेको देखिन्छ ।” युवालाई सुझाव कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”,उनले भने, “त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।”

रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने पौडेलको सुझाव छ । स्थानीय सरकारले पनि आफ्नो गाउँठाउँमा भएका उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने पौडेल बताउँछन् । कृषि पेसामा आउन चाहने युवालाई बजारसँग जोडिएर काम गर्न पौडेलको सुझाव छ । “कृषि पेसामा चुनौतीका बाबजुद पनि आशाका किरण प्रशस्त छन्”, उन भने ।

-रासस


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई गहुँबाली भित्र्याउने चटारो
किसानलाई गहुँबाली भित्र्याउने चटारो शुक्रबार, चैत २०, २०८२
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै बुधबार, चैत १८, २०८२
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट बुधबार, चैत १८, २०८२
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो बुधबार, चैत १८, २०८२
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री सोमबार, चैत १६, २०८२
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’ शुक्रबार, चैत १३, २०८२
पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै
पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP