काठमाडौं - कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने बताएकी छिन् ।
संघीय संसद्को सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको बताएकी हुन् ।
चौधरीले काठमा पूर्णरुपमा आत्मनिर्भर हुने विश्वास गरेको भन्दै स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताएकी हुन् ।