Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
बजार
  • Home
  • बजार
  • आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०८३

काठमाडौं- आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ ।

आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ । नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको बैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ ।

नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक औषतमा स्वदेशको उत्पादन र भारतबाट आयात हुने रु दुई/दुई अर्ब तथा चीनबाट आयात हुने एक अर्ब रुपैयाँ जतिको आँप खपत हुन्छ । चीनबाट पछिल्लो दुई वर्षदेखि मात्र बढी मात्रामा आँप आयात हुन थालेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबारको आँप (मादलह) र आँप (दशहरी)को मूल्य प्रति केजी न्यूनतम्  १८० रुपैयाँ र अधिकतम् २०० रुपैयाँ रहेको छ । बाँकी अन्य थोक बजार र विभिन्न सहरमा फरक फरक मूल्यमा बिक्री भइरहेको देखिन्छ ।समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालिमाटी बजरमा मात्र बैशाखदेखि आजसम्म एक हजार २३० टन आँप आयात भएको र त्यसमध्ये २८० टन आँप भारतबाट आयात भएको जानकारी दिए ।

Hardik health

यसपाली आँपको मूल्य तुलनात्मक उच्च
यस पटक आँपको मूल्य विगतभन्दा धेरै तल नझरेको बताउँदै उहाँले नेपालमा सबैभन्दा बढी मालदह प्रजातिको आँप विक्री हु्ने गरेको र त्यसपछि दशहरी, कलकते, चोसा, अम्रपालीलागायत जातका आँपहरु बिक्री हुने गरेको उल्लेख गरे । असारसँगै आपको मुख्य सिजन सकिन्छ भने त्यसपछि कम मात्रामा आँप पाइने गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक हेर्ने हो भने मुलुकभित्र आँपको उत्पादनको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ५३ हजार ४५८ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार  ८५९ टन आँप उत्पादन भएको थियो । त्यस्तै आव २०७९/८० मा ५२ हजार ४४९ हेक्टर क्षेत्रफलमा पाँच लाख १३ हजार ५५ टन आँप उत्पादन भएको थियो ।

त्यस्तै २०८०/८१ मा ५२ हजार ९७५ हेक्टर क्षेत्रफलमा कुल पाँच लाख १७ हजार ५५२ टन आँप उत्पादन भएको केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले जानकारी दिए। आव २०८१/ ८२ मा ५२ हजार ४३३ हेक्टर क्षेत्रफलमा पाँच लाख पाँच हजार १३७ टन आँप उत्पादन भएको थियो । उनका अनुसार नेपालको उत्पादनको करिब ७७ प्रतिशत आँप मधेश प्रदेशमा उत्पादन हुने गरेको छ ।उत्पादन वृद्धि भएपनि भारतबाट समेत ठूलो परिणाममा आँप आयात हुने गरेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट कुल ९६ लाख ५४ हजार २९२ केजी आँप आयात भएको थियो भने गत आव २०८२/०८३ मा ८८ लाख १२ हजार ९६६ केजी आँप आयात भएको देखिन्छ ।

फलफूलको राजा आँप
हावापानीको दृष्टिकोणले तराईदेखि मध्य पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ ३-४ वर्षमा एक वर्ष मात्र पनि राम्रो उत्पादन प्राप्त हुने गर्दछ ।

उत्पादन क्षेत्रमा फूल लाग्ने समयमा प्रतिकूल मौसम हुनु, केही जिल्लामा उत्पादन घट्नु, सुरुआतमा भारतीय आयात सुस्त हुनु, ढुवानी, मजदुरी र प्याकेजिङ खर्च बढ्नु, यामको सुरुमै माग बढी र आपूर्ति कम हुनुलगायत विषयले आँपको मूल्य नघट्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि आँपका लागि कोल्ड स्टोर र संकलन केन्द्र विस्तार, जुस, र अन्य प्रशोधन उद्योग स्थापना, गुणस्तरीय प्याकेजिङ र ब्रान्डिङ, बजार सूचना प्रणाली र न्यूनतम समर्थन मूल्यजस्ता नीतिगत व्यवस्था हुनुपर्ने सुझाव विज्ञहरुको सुझाव छ ।

‘बिचौलियाले बढी नाफा लिए भन्ने हल्ला मात्र’
नेपाल फलफूल थोक व्यावसायी संघ, कुलेश्वरका अध्यक्ष अमर बाँनियाले आँपको मूल्यमा उत्पादनदेखि उपभोक्ताबीचका व्यवसायीले बढी नाफा लिए भन्ने हल्ला मात्र भएको बताउनुभयो । उहाँका अनुसार किसानको बगानमा आँपको फूल फूल्ने वित्तिकै एकथरी व्यवसायीले ठेक्का लिन्छन । त्यसपछि ती ठेकेदारले बगानको गोडमेल, मलजल, श्रम र जोखिमसहित नाफा/घाटा लिन्छन् ।

त्यस्ता व्यावसायीले काठमाडौँलगायत ठूला सहरमा थोक बिक्रेतासम्म आँप ल्याइपुर्याउँछन् । थोक व्यावसायीले आफ्नो निश्चित प्रतिशत नाफा राखेर मात्र औसतमा यस सिजनमा नेपाली आँप प्रति केजी १०० रुपैयाँ देखि १५० रुपैयाँ र भारतीय आँप प्रतिकेजी १२० रुपैयाँ देखि २०० रुपैयाँ बिक्री गरेको अध्यक्ष बाँनियाको भनाई छ । त्यसपछि स्थानीय पसले र साइकल व्यापारीले आफ्नो नाफा राखेर आमउपभोक्तालाई बिक्री गर्छन ।

नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धाडिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्दछन् । फलको राजाको रुपमा चिनिने आँपको महत्व विशिष्ट स्वाद, साँस्कृतिक, महत्त्वपूर्ण भिटामिन र खनिजहरूका कारण धेरै रहेको छ ।

आँप खेती मधेशका लागि उपयुक्त कृषि व्यवसाय
तराई मधेशका प्राय क्षेत्रमा आँपको खेति गर्न सकिन्छ । आँपको खेतीले हरियाली प्रवद्र्धन तथा वातावरण सुधारका साथै चुरे संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने वातावरण क्षेत्र जानकारको भनाई छ । मन्त्रालयका अनुसार यो कार्बन संचिती र वैकल्पिक काष्ठका लागि समेत उपयोगी रहेको छ ।

पानीको उपलब्धता कम भएको अवस्थामा पनि खेति गर्न सकिने भएकाले आँपको खेती उत्पादन लागत तुलनात्मक रुपमा कम हुन्छ । लामो समयसम्म उत्पादन लिन सकिने तथा तुलनात्मक रुपमा न्यून श्रमशक्तिको आवश्यकता हुने भएकाले श्रमको अभाव, जलवायु परिवर्तनको प्रभाव र उत्पादन सामाग्रीको अभावमा बाँझो रहन गएका जग्गाको सदुपयोग गर्नका लागि पनि आँपको खेतीको महत्व रहेको छ ।
 


प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप बजार
मूल बीउका लागि कोदोखेती
मूल बीउका लागि कोदोखेती मंगलबार, साउन २६, २०८३
अलैँची रोप्न व्यस्त इलामका किसान
अलैँची रोप्न व्यस्त इलामका किसान मंगलबार, साउन २६, २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP