Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कित्ताकाट खुलाउन हतारो
कित्ताकाट खुलाउन हतारो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३०, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थतन्त्रलाई चलायमान बनाउन लागिपरेको दाबी गर्छन् । पछिल्लो समय जग्गामा कित्ताकाट रोकिँदा देशभर मन्दी आएको थियो । अहिले विस्तारै घरजग्गाको कारोबार बढ्न थालेको छ भने आर्थिक अवस्था पनि सुध्रन थालेको छ ।

सायद सरकारले नेपाली अर्थतन्त्रको बलियो आधार घरजग्गा व्यवसाय सोचेर हो कि, कित्ताकाट फुकुवा गर्न लागेको हो । सत्ताको प्रमुख हिस्सेदार नेपाली कांग्रेसले त आफ्नो संसदीय दलको बैठकबाटै निर्णय गरेर कित्ताकाट फुकाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । यसले संकेत गर्छ यो सरकारले चाँडै कित्ताकाट खोल्दै छ ।

कित्ताकाट रोकिँदा बैंकदेखि वित्तीय संस्थाको पैसासमेत लामो समय फ्रिज भएको थियो । जसले गर्दा वित्तीय संस्थाको अपचलनसमेत बाहिरियो । अब कित्ताकाट खोल्दा सरकारले ध्यान पुर्‍याउनुपर्ने के विषय रहेछ भन्ने कुरा यो मन्दीबाट सिक्नैपर्छ । पहिले त सरकारले कित्ताकाट खोल्दा जग्गा वर्गीकरणमा विशेष ध्यान पुर्‍याउनैपर्छ ।

Ncell
Hardik health

यसमा कृषि उत्पादन योग्य क्षेत्र र आवास क्षेत्र वर्गीकरण हुनैपर्छ । हालसालै भारतले बासमती चामल निर्यात प्रतिबन्ध गरेको घटनाबाट सरकारले पाठ सिक्नुपर्छ । कृषि क्षेत्र दिनानुदिन आवास क्षेत्र बन्दा उत्पादन घट्दो छ । अझ छिमेकी देशले निर्यात रोक्दा मौन नाकाबन्दीको मारमा जनता पर्न सक्छन् । 

यसैगरी जग्गा कित्ताकाटमा आवास क्षेत्र छुट्याइएको छ भनेमात्र बैंकबाट घरकर्जा दिने र कृषि क्षेत्रमा छ भने कृषि कर्जा दिनेगरी व्यवस्थापन गर्न सक्नुपर्छ । यसले कृषि क्षेत्रमा आवासको रुपमा विकास नगर्न घरजग्गा व्यवसायीलाई हतोत्साही पार्नेछ नै । यसैगरी मालपोत कार्यालयमा पनि यस्ता प्रयोजनका लागि प्रस्ट रुपमा विषय नै वर्गीकरण गर्नुपर्छ । यस्तो विषय नखुले रोक्का नगर्ने र फिल्डमै जानुपर्ने व्यवस्था गरेर कडाइ गर्नुपर्छ ।

सरकारले कित्ताकाट खुल्ला गर्दा अंशबण्डा र मोहयनी हकको सवालमा खुला गर्नुपर्छ । त्यसैगरी व्यक्तिले आफ्नो कृषि क्षेत्रमा घर बनाउन चाहन्छ तर कृषि क्षेत्रलाई असर नपर्ने प्रतिबद्धता जनाउँछ भने यसमा पनि नीति खुकुलो बनाउनुपर्छ । अहिले तीन तहको सरकार छ ।

जग्गा कित्ताकाटमा सरकारले व्यवस्थित नियम बनाउँदै लगेमा देशको विकास पनि प्रक्रियागत रुपमा बढ्दै जान्छ । जसका लागि स्थानीय तहका सरकारले योजना बनाएर बस्ती र कृषि जोन तोक्नुपर्छ । जसले गर्दा जनताहरु पहिरो र बाढीको प्रकोपबाट पनि बचोस् । त्यसैले सरकारले कित्ताकाट फुकुवा गर्दा यी विषयमा पनि ध्यान पुर्‍याओस् ।
 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP