Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विपद्को तयारी खै ?
विपद्को तयारी खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २४, २०८०

साउनको अन्तिम हप्ता लाग्दामात्र यसपालि भारी वर्षा भयो मंगलबार । रातिबाटै भएको वर्षबाट एकैचोटि विभिन्न क्षेत्र डुबानमा पर्‍यो । यतिमात्र हैन वर्षाकै कारण बाढीपहिरो आउँदा विभिन्न क्षेत्र पुग्ने सडक अवरुद्ध भयो, त्यो पनि एकैसाथ । मंगलबारको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको नेपाल प्रहरीको रिपोर्टमा उल्लेख छ ।

साँझसम्मको रिपोर्टमा सात जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु भेटिने कुनै छाँट छैन । हुन त बाढी नआउँदै राजधानीको सानो खोलामै खसेर मान्छे बेपत्ता हुने देशमा मकवानपुर र धनुषाजस्ता विकट ठाउँबाट बेपत्ता भएकाहरु के भेटिएला र ? तर पनि परिवारमा लास नभेटिन्जेल आश त रहन्छ नै ।

बाढीले काठमाडौंका केही क्षेत्र, पर्सा वीरगञ्जका केही क्षेत्र, भक्तपुरका केही क्षेत्र र बनेपाको पुलबजार क्षेत्र डुबानमा पार्‍यो । घाम लागेपछि विस्तारै पानीको सतह घटिसकेको छ । यद्यपि, मध्यरातमा आउने बाढीपहिरोमा परे जोगाउने सरकारको कुनै पूर्वतयारी छैन । विपद्पूर्व तयारी आजको आवश्यकता हो ।

Ncell
Hardik health

विकसित देशमा डुंगा पल्टेर समुद्रमा डुबे के गर्ने भन्ने विषयमा तालिम हुन्छ । हाम्रोमा खोलामा फसे कसरी जोगिने भन्ने तालिमसमेत दिइँदैन सर्वसाधारणलाई । यतिमात्र हैन फसेका व्यक्तिलाई शीघ्र उद्दार गर्ने व्यवस्थासमेत छैन । सबै भर प्रहरीको पर्नुपर्छ । जबकि प्रहरीसँग पनि उद्दारको कुनै पूर्वतयारी हुन्न । सशस्त्र प्रहरी, नेपाली सेनासँग यसबारे अधिक ज्ञान र जनशक्ति भए पनि ती उद्दार कार्यमा आइपुग्न झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्छ ।

यसपटकको बाढीबाट सरकारले सिक्नुपर्ने अर्को पाठ हो, महँगी र महामारीको । सहरी जीवन सडकमा निर्भर भइसकेको छ । बाढीले सडक अवरुद्ध पार्दा तरकारीदेखि खाद्यन्न रोकिन्छन् । जसले गर्दा जनघनत्व भएको ठाउँमा खाद्यन्न वस्तुको अभाव हुन जान्छ । यसले एकै दिनमा महँगी बढ्न सक्छ । यतिमात्र होइन विभिन्न क्षेत्रबाट बगेर आएको फोहोरका कारण महामारीसमेत निम्तन सक्छ । सडक अवरुद्ध हुँदा सहरी क्षेत्रका फोहोर ‘डम्पिङ साइट’मा नपुग्दा यसले अर्को महामारी फैलिन सक्छ ।

यसैले यी विषयमा सरकारले बेलैमा तयारी गर्नुपर्छ । अर्को कुरा मानवीय जोखिम कम गर्न सरकारले अब मौसम पूर्वनुमानको संयन्त्रमा अझ लगानी बढाउनुपर्ने देखिन्छ । अनि ग्रामीण क्षेत्रमा खतरापूर्ण ठाउँमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्यक्रमहरु पनि अघि सार्नुपर्दछ । सरकार सिर्फ बजेट बाँडफाँडमा अल्मलिने र नयाँ कार्यक्रमको ढ्वाङ फुक्ने हैन । यस्तै सामान्य विषयमा व्यवस्थापन गरी विपद्को तयारीमासमेत लाग्नुपर्छ । 


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP