Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्तालाई एमालेको साथ
सत्तालाई एमालेको साथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २३, २०८०

देश अहिले डेंगीबाट आक्रान्त छ । आँखा पाक्ने रोगको प्रकोप उस्तै छ । जनवार लम्पी स्किनबाट मरिरहेका छन् । भान्सा महँगिएर छोइसक्नु छैन । देशको आर्थिक अवस्था दिनानुदिन ओरालोलाग्दो छ । यही बेला खेतीका लागि वर्ष राम्रोसँग हुन सकेको छैन । स्टन्टबाज मन्त्रीहरुबाट केही होला कि भन्ने आशा मरिसकेको छ, न त स्वास्थ्य क्षेत्रमा गतिला काम भए न त कृषि क्षेत्रमा । बरु नेपालमा रोजगारी नपाएर राम्रो रोजगारीको खोजीमा हिँडेकाहरु बीचबाटैमा दिनानुदिन ठगिएका खबर सुनिन्छन् ।

यस्तो बेला सदनमा जनताका आवाज बुलन्द हुनुपर्ने हो । प्रमुख प्रतिपक्षी दल एमालेले यस्ता अनियमितता र सरकारको कमजोरीविरुद्ध पाखुरा सुकार्नुपर्ने हो । तर, जनताको पीडालाई आवाजमार्फत बुलन्द पर्ने ठाउँलाई बन्धक बनाएर तमासा देखाइरहेको छ एमालेले । देशको अवस्था भद्रगोल पार्ने सरकारको कमजोरी छर्लंग हुनेगरी बोल्नुपर्नेमा एमाले सरकारको कवच बनिरहेको छ । नेकपा एमालेले विभिन्न कारण देखाउँदै सदन अवरोध गरेको यो पहिलोपटक होइन । साउन १० बाट सुनको कारण देखाउँदै एमालेले तीनपटक सदन अवरुद्ध पारिसकेको छ । यसपटक एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको हो ।

सत्तारुढ दलहरुलाई पनि हाइसञ्चो छ एमालेको यो अवरोधबाट । जनआवाज उठाउनुपर्ने कांग्रेस अहिले आफ्नो पार्टीलाई बलियो बनाउन भन्दै जिल्ला जिल्लामा पार्टी सुदृढीकरणको अभियानमा लागेको छ । माओवादीले केन्द्रीय समितिबाट भर्खरै फुर्सद पाएको छ । एकीकृत समाजवादी पनि केन्द्रीय समितिकै ह्याङमा छ । एमालेको अवरोधले सत्ता गठबन्धन दललाई आफ्नो कमजोरी छोप्न भरथेग गरेको छ । सायद शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद भन्दो हो सदन अवरोधको नाटक रचेकोमा एमालेलाई ।

Ncell
Hardik health

एमालेलाई सदन अवरोधको लागि सानो निहुँ भए पुग्छ । हठात् बेल घेराउ गर्न पुगिहाल्छ । जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिनाथको जलहरी लाउँदा सुन भनी पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले सदन अवरोध गर्‍यो ।

त्यस्तै जेठ २१ गतेको प्रतिनिधिसभा बैठकमा पनि एमाले र अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर अवरोध गरे । एउटा किताब विमोचनमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिको कारणले पनि संसद् बैठक अवरोध गर्‍यो एमालेले । यसरी एमालेले सदनमा सत्तालाई साथ दिएको छ, प्रमुख प्रतिपक्षी जनताको सरकार हुनुपर्ने हो । तर, उसैबाट सत्तालाई साथ ? एमालेका लागि यो महँगो पर्न सक्छ ।


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP