Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्तालाई एमालेको साथ
सत्तालाई एमालेको साथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २३, २०८०

देश अहिले डेंगीबाट आक्रान्त छ । आँखा पाक्ने रोगको प्रकोप उस्तै छ । जनवार लम्पी स्किनबाट मरिरहेका छन् । भान्सा महँगिएर छोइसक्नु छैन । देशको आर्थिक अवस्था दिनानुदिन ओरालोलाग्दो छ । यही बेला खेतीका लागि वर्ष राम्रोसँग हुन सकेको छैन । स्टन्टबाज मन्त्रीहरुबाट केही होला कि भन्ने आशा मरिसकेको छ, न त स्वास्थ्य क्षेत्रमा गतिला काम भए न त कृषि क्षेत्रमा । बरु नेपालमा रोजगारी नपाएर राम्रो रोजगारीको खोजीमा हिँडेकाहरु बीचबाटैमा दिनानुदिन ठगिएका खबर सुनिन्छन् ।

यस्तो बेला सदनमा जनताका आवाज बुलन्द हुनुपर्ने हो । प्रमुख प्रतिपक्षी दल एमालेले यस्ता अनियमितता र सरकारको कमजोरीविरुद्ध पाखुरा सुकार्नुपर्ने हो । तर, जनताको पीडालाई आवाजमार्फत बुलन्द पर्ने ठाउँलाई बन्धक बनाएर तमासा देखाइरहेको छ एमालेले । देशको अवस्था भद्रगोल पार्ने सरकारको कमजोरी छर्लंग हुनेगरी बोल्नुपर्नेमा एमाले सरकारको कवच बनिरहेको छ । नेकपा एमालेले विभिन्न कारण देखाउँदै सदन अवरोध गरेको यो पहिलोपटक होइन । साउन १० बाट सुनको कारण देखाउँदै एमालेले तीनपटक सदन अवरुद्ध पारिसकेको छ । यसपटक एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको हो ।

सत्तारुढ दलहरुलाई पनि हाइसञ्चो छ एमालेको यो अवरोधबाट । जनआवाज उठाउनुपर्ने कांग्रेस अहिले आफ्नो पार्टीलाई बलियो बनाउन भन्दै जिल्ला जिल्लामा पार्टी सुदृढीकरणको अभियानमा लागेको छ । माओवादीले केन्द्रीय समितिबाट भर्खरै फुर्सद पाएको छ । एकीकृत समाजवादी पनि केन्द्रीय समितिकै ह्याङमा छ । एमालेको अवरोधले सत्ता गठबन्धन दललाई आफ्नो कमजोरी छोप्न भरथेग गरेको छ । सायद शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद भन्दो हो सदन अवरोधको नाटक रचेकोमा एमालेलाई ।

Hardik health

एमालेलाई सदन अवरोधको लागि सानो निहुँ भए पुग्छ । हठात् बेल घेराउ गर्न पुगिहाल्छ । जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिनाथको जलहरी लाउँदा सुन भनी पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले सदन अवरोध गर्‍यो ।

त्यस्तै जेठ २१ गतेको प्रतिनिधिसभा बैठकमा पनि एमाले र अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर अवरोध गरे । एउटा किताब विमोचनमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिको कारणले पनि संसद् बैठक अवरोध गर्‍यो एमालेले । यसरी एमालेले सदनमा सत्तालाई साथ दिएको छ, प्रमुख प्रतिपक्षी जनताको सरकार हुनुपर्ने हो । तर, उसैबाट सत्तालाई साथ ? एमालेका लागि यो महँगो पर्न सक्छ ।


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP