Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नियुक्तिमा नांगिएको दाहाल सरकार
नियुक्तिमा नांगिएको दाहाल सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २२, २०८०


ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण छानविनले प्रशंसा पाएको सरकार ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेसँगै आलोचित बनेको छ । ल्हारक्यालको छवि यस्तो छ कि उनी अकुत सम्पत्ति कमाउँछन् । यही आरोपमा उनको बैंकको लकर जाँच गर्दा बन्दुकका गोली भेटिएका थिए । पद पाउन जे पनि गर्न पछि नपर्ने ल्हारक्याल माओवादीका केन्द्रीय सदस्य हुन् । उनलाई यसअघि माओवादीले समानुपातिक सभासद बनाएको थियो ।

त्यसअघि ल्हारक्याल एमालेमा थिए । झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला ल्हारक्याललाई अर्थ राज्यमन्त्री बनाएका थिए । यद्यपि उक्त नियुक्ति विवादमा तानियो । केही दिनमै उनले पदबाट राजीनामा दिनुप¥यो । जति विवादमा तानिए पनि पदका लागि मरिहत्ते गर्ने ल्हारक्याल अचम्मैका व्यक्ति हुन् । ल्हारक्यालले त्यसअघि नेपाली कांग्रेसबाट गुम्बा विकास समितिको अध्यक्ष पद पाएका थिए । गिरिजाप्रसाद कोइरालाको पालामा २०५७ बाट समितिमा अध्यक्ष बनेका उनले यहाँ सात वर्षसम्म राज गरे । यतिमात्र हैन २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रलाई अभिषेक आशीर्वाद नै दिएपछि उनको चर्चा चुलियो । 

यसरी पद पाउनका लागि जे सुकै गर्न सक्ने ल्हारक्यालबाट ठगी काण्डका व्यक्तिहरुलाई समेत संरक्षण रहँदै आएको छ । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा धेरैलाई जग्गा मिलाइदिने भन्दै नक्कली लालपुर्जा बाँड्ने एमालेकै जिल्ला नेतालाई ल्हारक्यालले मन्त्री हुँदा स्वकीय सचिव बनाउन लागेका थिए । यस्तै विवादित व्यक्ति शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी क्षेत्रको विकासमा रेखदेख गर्ने कोषको उपाध्यक्ष बनाउनु गम्भीर विषय हो ।

Ncell
Hardik health

ल्हारक्याल पैसाको खोलो बगाउन सक्ने व्यक्तिका रुपमा आरोपित छन् । भ्रष्टाचारको फाइल खोलेर चर्चा कमाइरहेको बेला अर्को भ्रष्ट आरोपीलाई लुम्बिनीको जिम्मा लगाउनु माओवादी नेतृत्वको गठबन्धन सरकारका लागि नसुहाउने काम हो । दोहोरो नागरिकतामासमेत मुछिएका लामालाई मन्त्रिपरिषद्ले नियुक्ति दिए पनि सरकारका जिम्मेवार व्यक्तिहरुले यो निर्णय लुकाएर राखेका थिए । केही दिनपछिमात्र यो निर्णय बाहिर आएको हो ।

सुशासनका गफ दिने प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको चरित्र यही कदमबाट नांगिएको छ । ‘साधुलाई सुली, चोरलाई चौतारो’ चलिआएको उखान हो । ल्हारक्याललाई लुम्बिनी विकास कोषको जिम्मा लगाएपछि ‘जुन जोगी आए पनि कानै चिरेका’ उखान पनि चरितार्थ भएको छ । जति नै सुशासनका गफ दिए पनि योग्य व्यक्ति छाडेर जसले पोस्न सक्छ उसैलाई अघि सार्ने नीति अहिलेको सरकारको पनि भएको छर्लंग भएको छ । यस्ता विवादित विषयबाट पार लगाउने हो भने सरकारले यो निर्णय तुरुन्तै फिर्ता लिनुपर्छ ।
 


प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP