Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • गत आवमा धेरै कामदार पठाउने ‘टप २०’ म्यानपावर
गत आवमा धेरै कामदार पठाउने ‘टप २०’ म्यानपावर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २२, २०८०

काठमाडौं– नेपाल सरकारबाट वैदेशिक रोजगारसम्बन्धी व्यवसाय सञ्चालन गर्न देशभर ८६७ वटा म्यानपावर कम्पनीले इजाजतपत्र लिएका छन् । यी नै म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीका लागि बर्सेनि लाखौंको संख्यामा नेपाली युवा विदेशिने गरेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर रोजागारीका लागि विदेश जाने प्रावधान भए पनि संस्थागतरुपमा जाने कामदारको हिस्सा ठूलो रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । 

कोभिड–१९ को महामारीले थला पारेको नेपालको वैदेशिक रोजगारीका क्षेत्र आर्थिक वर्ष २०७८/७९ पछि पुरानै लयमा फर्किंदै छ लाख ३० हजार नेपाली रोजगारीका लागि विदेश पुगे । गत आर्थिक वर्ष २०७९÷८० मा पनि वैदेशिक रोजगारीका लागि जाने कामदारहरुको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांक छ । यस आवमा सात लाख ७१ हजार ३२७ नेपाली श्रम स्वीकृति लिएर कामका लागि विभिन्न मुलुक पुगेको तथ्यांक विभागले सार्वजनिक गरिसकेको छ । वैदेशिक रोजगारीको माध्यम बनिरहेका म्यानपावर कम्पनीहरुमध्ये वर्षभरिमा सबैभन्दा धेरै कामदार विदेश पठाउने २० कम्पनीको सूची यहाँ प्रस्तुत गरिएको छ । 

आव २०७९/८० मा सबैभन्दा धेरै संख्यामा नेपाली कामदार विदेश पठाउनेमा द रिभर ओभरसिज पहिलो स्थानमा देखिएको छ । यस कम्पनीमार्फत विभिन्न श्रम गन्तव्य मुलुकमा पाँच हजार ५४६ जना रोजगारीका लागि गएका छन् । दोस्रो स्थानमा इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ । यस कम्पनीले पाँच हजार ३३५ जनालाई वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ । तेस्रो स्थानमा रहेको निलकमल ह्युमन रिसोर्स प्रालिले उक्त आवभित्र चार हजार २३७ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको देखिन्छ । 

त्यस्तै वाइड स्पेस इन्टरनेसनल प्रालि तीन हजार ९७९ श्रमिक पठाउँदै चौथो स्थानमा रहेको छ । मोन्टाज ओभरसिज प्रालिले पाँचौं स्थान ओगटेको छ । उक्त कम्पनीले तीन हजार ६४९ जना नेपाली कामदारलाई विदेश पठाएको छ । एक्सेस पार्टनर्स प्रालि तीन हजार ५६४ जना पठाउँदै छैटौं स्थानमा रहँदा एसओएस म्यानपावर सर्भिस प्रालि तीन हजार ४५७ जना पठाउँदै सातौं, मेरिडियन ओभरसिज प्रालि तीन हजार ३७८ जना पठाएर आठौं, मास ह्युमन रिसोर्स प्रालि तीन हजार १७९ जनासहित नवौं र फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि दुई हजार हजार ९७३ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा दशौं स्थानमा परेका छन् ।

Hardik health

विभागले तयार पारेको अभिलेखअनुसार ११औं स्थानमा रहेको ओमेगा इन्टरनेसनल प्रालिले एक वर्षमा दुई हजार ७७७ जना नेपालीलाई रोजगारीका लागि विदेश पठाएको छ । बाह्रौं स्थानमा रहेको साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालिले दुई हजार ७०२ जना, १३औं स्थानको लक्की एचआर सोलुसन प्रालिले दुई हजार ५४६ जना, १४औं स्थानमा रहेको बिएस ओभरसिज प्रालिले दुई हजार ५२४ जना र १५औं स्थानमा परेको एयर किंग्स प्लेसमेन्ट प्रालिले दुई हजार ४४६ जनालाई वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ । 

यसैगरी १६औं स्थानमा रहेको मुस्कान ओभरसिजले दुई हजार ४०१, १७औं स्थानको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालिले दुई हजार ३९१, १८औं स्थानमा रहेको दित्य इन्टरनेसनल प्रालिले दुई हजार ३१० जना नेपालीलाई रोजगारीका लागि विदेश पठाएका छन् । त्यसैगरी १९औं र २०औं स्थानमा क्रमशः पाल्ही ओभरसिज र ट्रस्ट नेपाल ओभरसिज प्रालि परेका छन् । पाल्हीले दुई हजार ३०१ जना र ट्रस्ट नेपालले दुई हजार २३६ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । 

उल्लिखित अधिकांश म्यानपावर कम्पनीहरु अघिल्लो आर्थिक वर्षमा पनि ‘टप २०’भित्रै परेका थिए । यस वर्ष पनि अझ बढी संख्यामा नेपालीहरुलाई रोजगारीका लागि विदेश पठाएर आफ्नो स्थान कायमै राखेका छन् । 
 

कुन म्यानपावरमार्फत कति श्रमिक विदेशिए 
द रिभर ओभरसिज        ५५४६
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट     ५३३५
निल कमल ह्युमन रिसोर्स        ४२३७
वाइड स्पेस इन्टरनेसनल    ३९७९

मोन्टाज ओभरसिज  

३६४९
एक्सेस पार्टनर्स                ३५६४
एसओएस म्यानपावर सर्भिस   ३४५७
मेरिडियन ओभरसिज           ३३७८
मास ह्युमन रिसोर्स         ३१७९
फ्रन्टलाइन रिक्रुटमेन्ट   २९७३
ओमेगा इन्टरनेसनल       २७७७
साउण्डलाइन्स रिक्रुटमेन्ट    २७०२
लक्की एचआर सोलुसन   २५४६
बि.एस. ओभरसिज  २५२४
एयर किंग्स प्लेसमेन्ट   २४४६
मुस्कान ओभरसिज         २४०१
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस   २३९१
दित्य इन्टरनेसनल २३१०
पाल्ही ओभरसिज २३०१
ट्रस्ट नेपाल ओभरसिज   २२३६

 

 


प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP