Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति
शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २१, २०८०

काठमाडौं– सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको दुईदिने बैठकले विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाएको हो ।

जिल्ला शिक्षा कार्यालय फेरि स्थापना गर्ने, उसैले प्रधानाध्यापक नियुक्त गर्नेलगायतका प्रावधान सङ्घीयताको मर्मविरोधी भएको महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएर पनि सरकारले आफूहरूसँग छलफल नगरी विधेयक बनाउनुले सङ्घीय सरकारले स्थानीय सरकारको अधिकार खोस्न खोजेको पुष्टि हुने उनको आरोप छ ।

“सरकारले यसबारेमा हाम्रो चासो हुँदाहुँदै पनि कुनै छलफल गरेन र स्थानीय तहको अधिकार खोस्न खोजेको जस्तो देखिन्छ, त्यसैले यो शङ्कास्पद र आपत्तिजनक छ”, उनले भने । महासङ्घले सङ्घीय संसदमा पेस गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधयेक, २०८० ढिलो गरी भए पनि संसद्मा प्रवेश हुनुलाई सकारात्मकरूपमा लिएको पनि उनले जानकारी दिए।

Hardik health

महासङ्घले बैठकपछि जारी गरेको वक्तव्यमा लेखिएको छ, “विधयेकमा व्यवस्था गरिएका कतिपय प्रावधान सङ्घीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकाले संविधानले तहगत सरकालाई दिएको अधिकारलाई सङ्कुचन नहुने गरी उक्त विधयेकलाई परिमार्जनसहित पारित गर्न सांसदहरूलाई आग्रह गर्दछौँ । साथै सङ्घीय प्रणालीमैत्री कानुन निर्माणका लागि दबाब दिन सरोकारवाला सबैमा आग्रह गर्दछौँ ।”

महासङ्घले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा अत्यन्तै महत्त्वपूर्ण रहेको सङ्घीय निजामती सेवा विधयेक पनि सरोकारवालासँग परामर्श गरी तत्काल अगाडि बढाउनसमेत नेपाल सरकारको ध्यानाकर्षण गराएको महासङ्घका महासचिव खिमबहादुर थापाले जानकारी दिए। 

बैठकले कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन गर्ने निर्णयलाई स्वागत गर्दै स्थानीय सरकारसँग पर्याप्त परामर्श गर्न, संविधानले प्रदान गरेका तहगत सरकारका अधिकारमा सङ्कचुन एवं हस्तक्षेप नहुनेतर्फ गम्भीर बन्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

महासङ्घका कोषाध्यक्ष उमेशप्रसाद भट्टका अनुसार वित्तीय सङ्घीयताको मर्म बोकेको र स्थानीय सरकारले आफ्नो प्राथमिकतामा विनियोजन गर्न पाउने एकमात्र वित्तीय हस्तान्तरणलाई रोक नलगाउन महासङ्घले नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
 
त्यसैगरी बाँदर÷बँदेल÷दुम्सीलगायतका वन्यजन्तु नियन्त्रण एवं व्यवस्थापनसम्बन्धी बेग्लै सङ्घीय कानुन ल्याउन र बालीनाली क्षति भएका किसानलाई राहतको व्यवस्थापनमा सहयोग गर्न सङ्घ तथा प्रदेश सरकारलाई महासङ्घले अनुरोध गरेको छ ।

महासङ्घले डेङ्गु, लम्पी स्किन, सर्पदंश, बाढीपहिरोजस्ता प्रकोपविरुद्ध औषधोपचार, उद्धार, राहत तथा पुनःस्थापनाको उचित प्रबन्धका लागि स्थानीय सरकारलाई अन्य सरकारबाट सहयोगको अपेक्षा गरेको छ । वक्तव्यमा भनिएको छ, “तराई मधेस क्षेत्रमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझो रहेका उक्त क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न, किसानलाई राहत उपलब्ध गराउन र सिँचाइको दिगो व्यवस्थापन गर्न साझेदारीको लागि सङ्घ तथा प्रदेश सरकारमा अनुरोधसहित ध्यानाकर्षण गर्दछौँ ।”


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP