Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • डेंगी नियन्त्रण कार्यलाई प्रभावकारी बनाऊ
डेंगी नियन्त्रण कार्यलाई प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २१, २०८०


मुलुकभर डेंगी संक्रमणको जोखिम दिनानुदिन बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या सात हजार नाघेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएको छ । हालसम्म सुनसरीमा चार हजार ६७९ जना संक्रमित भइसकेका छन् । कोशीमामात्रै पाँच हजार १०१ जनामा डेंगी संक्रमण भइसकेको छ । धादिङमा ८२९, काठमाडौंमा ११९, दार्चुलामा १९१ र कास्कीमा २१४ वटा डेंगीका केस भेटिएको छ ।

हालसम्म ७० जिल्लामा डेंगी पुष्टि भइसकेको छ । डेंगीबाट यो वर्ष सात जनाको मृत्यु भइसकेको छ । संक्रमणबाट ज्यान गुमाउनेमा छ जना सुनसरीका हुन् भने एक जना उदयपुरका । हिमाली जिल्ला रसुवामासमेत डेंगी संक्रमित फेला परेको छ । अघिल्लो वर्ष डेंगीले महामारीकै रुप लिएको थियो । ५४ हजार ७८४ डेंगी संक्रमण भएका थिए । संक्रमितमध्ये ८८ जनाले ज्यानै गुमाए । २० वर्षअघि वि.सं. २०६१ मा नेपालमा पहिलोपटक डेंगी देखापरेको थियो । त्यसयता क्रमशः बढ्दै गएको तथ्यांकले देखाउँछ । सन् २०१० मा पहिलोपटक ९१७ जनामा डेंगीको संक्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७ हजार ९९२ संक्रमित र छ जनाको मृत्यु भएको थियो ।

डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । उनका अनुसार आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिनसक्छ ।डेंगी संक्रमण भएका ८० प्रतिशतलाई लक्षण नदेखिने र पाँच प्रतिशत गम्भीर बिरामी हुने विज्ञको भनाइ छ । बिरामीलाई उपचारको विधि पनि खासै केही छैन । एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमासमेत बढी सक्रिय हुने गर्दछ ।

Ncell
Hardik health

डेंगीबाट बच्ने एकमात्र उपाय हो लामखुट्टेको टोकाइबाट जोगिनु । संक्रमण भएपछि कसरी जोगिने ? यसका लागि सरकारले कुनै तयारी गरेको देखिँदैन । अस्पतालहरुमा बेडको जोहो कसरी गर्ने ? पूर्वतयारी नहुँदा अहिले सुनसरीको धरान क्षेत्र आतंकित छ । ७० भन्दा बढी जिल्लामा फैलिसकिएको डेंगी नियन्त्रणका लागि सरकारले तत्कालै प्रभावकारी कदम चाल्नुपर्छ । महामारीको रुप लिन लागेको डेंगी नियन्त्रणमा सरकार गम्भीर बनोस् ।
 


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP