Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • महासंघले प्रेस रजिष्ट्रारलाई बुझायाे श्रम समस्या समाधान गर्न ध्यानाकर्षणपत्र
महासंघले प्रेस रजिष्ट्रारलाई बुझायाे श्रम समस्या समाधान गर्न ध्यानाकर्षणपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १९, २०८०

काठमाडौं - नेपाल पत्रकार महासंघले प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि दबाबस्वरुप प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना दिँदैनु प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र बुझाएको हाे ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा महासंघ लागेको बताए। उनले पत्रकारका श्रम समस्यालाई सजिलै टुंग्याउन सकिने प्रकृया हुदाहुदै पनि राज्यका निकायहरुले नसुन्ने प्रवृत्ति बढ्दै गएका कारण सडकमा धर्ना तथा सामुहिक दबाबसहित आफ्नो आवाजलाई सरोकारवालासम्म पु¥याउन बाध्य भएको बताए ।   

उनले पत्रकारिता क्षेत्र श्रमशोषित क्षेत्र हो कि भन्ने गलत भाष्य स्थापित हुन लागेको भन्दै यसले नयाँ पुस्तालाई यस क्षेत्रमा आउन निरुत्साहन गरेको बताए। उनले पत्रकारिता क्षेत्रलाई थप गुणस्तर बनाउन र श्रम शोषण मुक्त क्षेत्र बनाउनका लागि समेत आन्दोलन गर्न बाध्य भएको बताए।

सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस रजिष्ट्रार शंकर नेपालले आफूले पाएको अधिकार क्षेत्रभित्र रहेर वर्ता, मेलमिलाप र मध्यस्तताका आधारमा पीडितलाई न्याय निरुपण गर्दै आएको बताए।उनले यी प्रकृयाबाट समस्या हल नभए प्रचलित कानुनअनुसार अघि बढ्न आग्रह गरेको बताए। उनले  प्रेस रजिष्ट्रारको  तोकिएको भूमिका विभागले निर्वाह गर्दै आएको बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपाली पत्रकारिता क्षेत्र श्रम अधिकार प्राप्तिको लडाँइमा रहेको बताए। उनले भने ‘कोभिड पछि श्रम समस्या निक्कै पेचिलो बन्दै आएको छ ।’  पत्रकारलाई सेवाबाट निकाल्ने, कानुन अनुसारका कुनै पनि सेवा सुविधा नदिने, काम गर्ने वातावरण नदिने, हतोत्साहित गर्ने र पत्रकारिता जस्तो प्राज्ञिक पेशामा अत्यन्तै गैरव्यवसायिक आचारण प्रकट भएको हुनाले, खासगरी सञ्चारगृह र कर्पोरेट भनिएका सञ्चारगृहबाट यस्तो खालको व्यवहार भएकाले महासंघले निरन्तर दबाब दिने, संवाद गर्ने, कानुनी लडाँइ लड्दासमेत उचित समाधान निस्किन सकेन । ’
उनले पत्रकारिता क्षेत्रमा देखिएको पेशागत असुरक्षाको वातावरण  दिनानुदिन बढ्दै गहिरहेका कारण सञ्चारगृहमा पनि यस्तै खाले धर्ना दिने बताए। महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गर्न समेत समस्या झेल्नुपरेको भन्दै यस्ता समस्या अन्त्य गर्न आग्रह गरे ।  

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गर्न चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।  सोही अनुसार आज प्रेस रजिष्ट्रारको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएको हो ।  कार्यक्रममा महासंघका पदाधिकारी तथा केन्दीय सदस्यसहित  सरोकारवालाको उपस्थिति रहेको थियो ।

महासंघले बुझाएको ज्ञापनपत्र 

नेपाली संचार क्षेत्रमा श्रम अधिकारको मुद्दा शसक्त ढंगबाट उठ्दै आएको यहाँलाई अवगत नै छ । विषेशगरी श्रमजीवी पत्रकारहरूले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेको सेवासुविधा र न्यूनतम पारिश्रामिकसमेत प्राप्त गर्ने वातावरण नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानार्कषण भएको छ ।

पछिल्ला दिनहरूमा श्रमजीवी पत्रकारलाई ऐनले व्यवस्था गरेअनुसारको सेवासुविधा नदिई पारिश्रामिक कटौती गर्ने, समयमा पारिश्रामिक नदिने, सेवाबाट हटाउने तथा सेवाबाट हटाउँदा सेवासुविधा नदिने समस्या वृद्धि भएकाले श्रमजीवी पत्रकारको श्रम अधिकारको पक्षमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको जानकारी गराउँदछौं ।

श्रमजीवी पत्रकारको श्रम अधिकारको समस्याका बारेमा महत्वपूर्ण जिम्मेवारीमा रहेको प्रेस रजिष्ट्रारले समेत प्रभावकारी काम नगरेकोप्रति महासंघ गम्भीर चिन्ता प्रकट गर्दै निम्न बुँदामा ध्यानाकर्षण गराउँदछ । 

१.सम्मानित सर्वोच्च अदालतको आदेश र श्रमजीवी पत्रकार ऐनको व्यवस्थाअनुसार छुट्टै अधिकार सम्पन्न प्रेस रजिष्ट्रारको नियुक्तिको माग गर्दछौं ।
२ प्रेस रजिष्ट्रारको समेत भूमिकामा रहेको सूचना तथा प्रसारण विभागका महानिर्देशकले प्रेस रजिष्ट्रारको भूमिका र कार्य सम्पादन प्रभाकारी ढंगबाट गर्न माग गर्दछौं ।
३ श्रमजीवी पत्रकारका गुनासा र उजुरीलाई बिनाझन्झट र बिनासर्त दर्ता गरी प्रक्रिया अघि बढाउन माग गर्दछौ ।
४ श्रमजीवी पत्रकार  ऐनले दिएको अधिकार प्रयोग गरी ऐन कार्यान्वयन नगर्ने संचार माध्यमका सेवासुविधा रोक्का गरी थप कारवाही गर्न माग गर्दछौं ।
५. श्रमजीवी पत्रकारका उजुरी तत्काल सुनुवाई गरी समाधान हुन नसकेमा तत्काल श्रम विभाग र श्रम अदालतमा जाने मार्गप्रशस्त गर्ने वातावरण निर्माण गर्न माग गर्दछौ ।
६ प्रेस रजिष्ट्रार कार्यालय र सूचना तथा प्रसारण विभागबाट प्रवाह हुने सेवा छिटो छरितो र सहज ढंगबाट प्रवाह गर्ने व्यवस्था गर्न माग गर्दछौं ।


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:४२
#प्रेस_रजिष्ट्रार #नेपाल_पत्रकार_महासंघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
असारे विकासको कुरुप ‘शंखमूल सडक’
असारे विकासको कुरुप ‘शंखमूल सडक’ आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP