Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सुन अनुसन्धानमा किन सुस्तता ?
सुन अनुसन्धानमा किन सुस्तता ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १९, २०८०

सय किलो भनिएको सुन कति हो ? पत्तोभेउ लागेको छैन । अझ चुरोकुरो त यसको अनुसन्धानमाथि छ । असार ३० मा हङकङबाट भित्रिएको सुन साउन ३ गते जाँच पास भएर विमानस्थलबाट बाहिरिएको थियो । राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बाहिरिसकेको सुन बदामद ग¥यो । सुन प्रकरणमा विभागको टोलीले विभिन्न ठाउँमा छापा मारिसकेको छ भने १८ जनालाई पक्राउ गरिसकेको छ । तर, सुनको मालिक फेला पार्न सकेको छैन ।

सय किलो भनिएको सुन अहिले जनतादेखि नेताका मुखमा छ । तर, अनुसन्धान भने सुस्त हुँदै गएको छ । नेताहरुले एकले अर्कोलाई दोष लगाइरहेका छन् जसै जनताहरु पनि सबै नेता मिलेका होलान् भनेर चर्चा गरिरहेका छन् । नेकपा एमालेका नेताहरु र कांग्रेसका केही नेताहरुले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्मका नाम जोडेका छन् । बिहीबारमात्र कांग्रेस नेता डा. शेखर कोइरालाले सुन प्रकरणमा प्रधानमन्त्रीको संलग्नतामाथि प्रश्न गरेका छन् । सुन समातिएको हप्ता दिनअघिसम्म प्रधानमन्त्री दाहालका स्वकीय रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सहभागी नगराउनु शंकास्पद रहेको बताएका छन् ।

बुधबारमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई कटाक्ष गरे । कांग्रेस केन्द्रीय समितिले सुन प्रकरणको दोषी चाँडो पत्ता लगाउन सरकारसँग माग गरेको छ । कांग्रेसकै सांसद सुनिल शर्माले आफ्नै अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि सुन तस्करीको आरोप लगाएका छन् । सुनको विषयमा माओवादीका नेता कृष्णबहादुर महराको नाम पनि जोडिएको छ । यसबारे प्रश्न गर्दा केन्द्रीय समितिको बैठकमा पत्रकारसँग झोक्किएका थिए महरा । यसरी नै सुन प्रकरणको मालिक पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति चाहियो भन्दै एमालेले सदन अवरोध जारी राखेको छ ।

Ncell
Hardik health

यसरी सरकार र प्रतिपक्षी दोहोरो ब्याटलमा उत्रिएपछि जनता रणभुल्ल परेका छन् । भएको के हो ? हुने के हो ? नेताहरु यस्तै हुन् भनेर जनता निराश हुन बेर छैन । सय किलो भनिएको सुनको मात्र कति हो ? तौल अझै पत्ता लागिसेको छैन । राजस्व अनुसन्धान विभागले अझै सुन भेटिन्छ कि भन्दै छापा हानिरहेको छ । साउन ३ गते राति समातिएको सुन साउन ४ गते नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको छ । सुनमा झर्कोलाग्दो अनुसन्धान आफैंमा शंकास्पद छ । छानबिनलाई चाँडो किनारामा लानुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले सिआइबी लगाएर होस् या अन्य प्रक्रिया, सुनको मूल मालिक शीघ्र पक्रियोस् ।
 

 


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP