Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘लम्पी स्किन’लाई महामारी घोषणा गर
‘लम्पी स्किन’लाई महामारी घोषणा गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १८, २०८०

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोपले ठूलो क्षति पु¥याइरहेको छ । देशभरका किसान यसबाट प्रभावित भएका छन् । ‘क्याप्री पक्स’ नामक भाइरस संक्रमणका कारण लम्पी स्किन रोगको प्रकोप देशव्यापी फैलिएको हो ।

लम्पी स्किनका रोगको संक्रमणका कारण गाउँदेखि सहरी क्षेत्रका गाईभैँसी धमाधम मर्न थालेका छन् । सयौं गाईवस्तुमा यो रोगको संक्रमण देखिन थाल्नु चिन्ताको विषय बनेको छ । ७७ जिल्लामै यो रोग फैलिएको छ । हालसम्म ११ लाख बढी पशु यस रोगबाट संक्रमित भएका छन् । लम्पी स्किन संक्रमणका कारण मरेका पशुको संख्या हजारौं पुग्दा पनि सरकारले खासै प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन ।

विभिन्न जिल्लामा खोप अभियान चलाउने भनिए पनि यसलाई प्रभावकारी बनाउन सकेको छैन । सरकारले लम्पी स्किनबाट प्रभावित किसानलाई राहत दिने तयारी गरेको बताइए पनि औपचारिक घोषणा गर्न सकेको छैन । पशु धन कृषिपछिकै प्रमुख धन हो । पशुमा भएको लगानीबाट दूध उत्पादन, मासु उत्पादन खेतीमा योगदानसमेत हुन्छ । यसको असर अहिल्यै नदेखिए पनि अर्को वर्षहरुमा यसको प्रभाव देखिनेछ । लम्पी स्किन रोगको संक्रमण भैँसीको तुलनामा गाईगोरुमा बढी देखिने गरेको पाइएको छ । 

Ncell
Hardik health

यो रोगले दूध उत्पादनमासमेत कमी हुने चिकित्सकहरु बताउँछन् । ८० प्रतिशतसम्म घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुपालन किसानको आर्थिक आम्दानीको एक प्रमुख स्रोत हो । पशुपालनबाट नगदमात्र हैन खेतीपातीका लागि चाहिने मलसमेत उत्पादन गर्छ । पशु चिकित्सक अनन्त कोइरालाका अनुसार लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले संक्रमित पशुको दूध सेवन गर्न सकिन्छ ।

यो रोग केवल गाईभैँसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ । तर, गाईवस्तु बिरामी भएपछि दूध उत्पादनमै कमी आउँछ । रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । तर, सरकारले यो रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न सकेको छैन ।

रोग लाग्न नदिन खोप लगाउन सकिन्छ तर संक्रमित पशुमा खोप लगाउन मिल्दैन । त्यसैले सरकारले पशुपालनमा लागेका किसानलाई यस्तो मारबाट जोगाउन तत्काल यो रोगलाई महामारी घोषणा गरेर विशेष कार्यक्रम ल्याउनुपर्छ । संक्रमित पशुको व्यवस्थापन र खोप तत्काल प्रबन्ध गरी सरकारले आर्थिक मन्दी लागेको बेला किसानको क्षति कम गराउनुपर्छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP