Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसद् अवरोध किन ?
संसद् अवरोध किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १७, २०८०


नेकपा एमालेको अवरोधका कारण संघीय संसद्को बैठक बस्न सकेको छैन । दैनिक जनजीविकाका विषयदेखि एक क्विन्टल सुनका विषयमा सांसदहरुले आवाज उठाउनै नपाउनेगरी प्रमुख प्रतिपक्षी दल सदनको अवरोधमा उत्रिएको हो । अहिले देशमा लम्पी स्किनको मारमा छन्, किसान । वर्षा बेलैमा नहुँदा किसान मर्कामा छन् । भारतबाट चामल नआउँदा भान्सा महँगिएको छ । टिआरसी विधेयक अघि बढ्न पाएको छैन ।

नयाँ प्रधानन्यायाधीश चयनको अवधि घर्किसकेको छ । यसका लागि संवैधानिक परिषद्को बैठकले निर्णय दिनुपर्ने हो । तर, मंगलबारको बैठक अनिर्णित नै रह्यो । परिषद्मा एमाले अध्यक्ष केपी शर्मा ओली बलिया छन् । कुनै बेला परिषद्को बैठकमा नगएर कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले ओलीलाई हायलकायल पारेका थिए । सायद ओली त्यसैको बदला लिन चाहन्छन् । यही मौकामा जनता तिल्मिल्याउने गरी एमालेले सदन अवरोध जारी राखेको छ । 

एमालेको माग हो– एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति । ठूलो परिमाणमा भित्रिएको सुनमा राजनीतिक कनेक्सन भएको चर्चा छ । त्यसमा पनि एमाले र माओवादी आरोपप्रत्यारोपमा उत्रिएका छन् । कांग्रेसका सांसद सुनिल शर्माले आफ्नै पार्टीका अर्थमन्त्री यसमा संलग्न रहेको आरोप लगाएका छन् । एमालेले गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठको राजीनामा माग्दा शर्माले अर्थमन्त्री डा. रामशरण महतको राजीनामा मागेका छन् । यस्तो अवस्थामा सुन प्रकरण गिजोलेर वास्तविक दोषीलाई दलहरुले बचाउन खोजेको अनुमान जनताले गर्न थालेका छन् । नभए कुनै मुद्दा नपाएझैं एमालेले यही विषयलाई उछाल्नुको कुनै कारण छैन ।

Ncell
Hardik health

उच्चस्तरीय छानविन समिति फगत सोधपुछ गर्ने संयन्त्रमात्र हो भन्ने बुझाइ आमरुपमा परिसकेको छ । विगतका घटनाहरुमा पनि उच्चस्तरीय छानविन समितिले माखो मार्ने काम गरेन । ३३ किलो सुन काण्ड यसरी नै फासफुस भयो । बरु यस्ता प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने काम विगतदेखि नै भइरहेको छ । तर, सुल्झेका घटना कमै छन् । उच्चस्तरीय छानबिन समिति बनाउँदा घटनाको छानविनमा ढिलाइमात्र हैन, दोषी उम्कने बाटोसमेत पाउँछ ।

त्यसैले यसका लागि ‘फास्ट ट्र्याक’मा प्रहरीको अनुसन्धान टोलीसमेत संलग्न गराएर छानविन अघि बढाउनुपर्ने हो । राजस्व अनुसन्धान विभागलाई जिम्मा दिएर प्रहरी पन्छिँदा अहिले घटना सेलाउँदै गएको छ भने अनुसन्धान फितलो । एमालेले बरु यो विषयमा आवाज उठाउनुपर्नेमा समिति बनाउने मागमा जोड दिएको छ । यसरी समितिको माग गर्दै सदन अवरुद्ध गर्नुभन्दा अनुसन्धानलाई सघाउने र सदनमा जनसवालका विषयलाई बुलन्द बनाउने वातावरण बनाओस् एमालेले ।
 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP