Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चामलको भाउमा निगरानी गर
चामलको भाउमा निगरानी गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १६, २०८०

भारतले चामल निर्यातमा कडाइ गरेसँगै व्यापारी भाउ बढाउने दाउमा लागेका छन् । नेपाली बजारमा व्यापारीले यही मौका छोपेर चामलको भाउ धमाधम बढाउन थालेका छन् । साउनको पहिलो हप्ता भारतले बासमतीबाहेकका अरु चामल निर्यातमा प्रतिबन्ध लगायो । भातविना नेपाली भान्सा चल्दैन । भारतबाट चामल नआउँदा भान्सा प्रभावित हुने निश्चित छ । भारतले धान उत्पादन कम हुने भन्दै निर्यातमा कडाइ गरेको हो ।

निजी क्षेत्रले थाहा पाएर भाउ बढाइसक्दा सरकार भने यसबारे बेखबर छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारे भारतले आधिकारिक खबर पठाइनसकेको दाबी गरेको छ । नेपालमा सबैभन्दा धेरै चामल भारतबाट आउँछ । त्यसो त नेपालले चामलभन्दा धेरै धान नै आयात गरेको तथ्यांकले देखाउँछ । धान आयातमा भारतले रोक लगाएको छैन । गत आर्थिक वर्ष २०७९÷८० मा भारतबाट नेपालमा १९ अर्ब ९९ करोड रुपैयाँको धान आयात गरेको देखिन्छ ।

यो आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ हाराहारीको चामल आयात भएको तथ्यांक छ । धान आयात नरोकेकोले नेपाली बजारमा चामलको अभाव नहुने देखिन्छ । तर, व्यापारीलाई के निहुँ पाउँ, कनिका बुक्याउँ भनेझैं भएको छ यो बेला । मौकामा चौका दाउ छोपिहाल्छन् । धन कमाउने बेला यही हो भन्दै कालोबजारी गर्न पल्केकाहरुलाई सरकारले संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्ने बेला यही हो ।

Ncell
Hardik health

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा असोज महिनासम्म पुग्ने चामलको मौज्दात रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कम्पनीमा मौज्दात चामलले दसैंसम्मको माग धान्छ । यद्यपि, व्यापारीलाई केही न केही सानो निहुँ भए पुगिहाल्यो । केही समयअघिसम्म व्यापारीले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै विभिन्न खाद्यवस्तुमा मूल्य बढाइरहेका थिए । तेलदेखि चिनीसम्मको मूल्य बढाएका व्यापारी अब खाद्यन्नतिर आकार्षित छन् । चामल निर्यातको कमी हुँदा गहुँदेखि मकैसम्मको भाउ कस्ने रणनीति व्यापारीले बनाउँछन् । अहिले भने भारतको कडाइलाई प्रमुख कारण देखाउँदै मूल्य बढाएको छ ।

यस्तो अवस्थामा सरकारले चामलको भाउमा विशेष निगरानी गर्नुपर्छ । यही बेला अभाव देखाउँदै गुणस्तरहीन चामलसमेत बिकाउने धन्दा चल्न सक्छ । त्यसैले सर्वसाधारणलाई कमसल चिजमा नफसोस् र महँगीमा नपरोस् । यसका लागि विशेष अनुगमन टोली बनाउनुपर्छ । चामलको भाउ मनपरि होइन, सरकारले तोकेको भाउमा होस् । नभए कालाबजारियालाई कारबाही गर्नेगरी विशेष संयन्त्र नै गठन होस् ।
 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP