Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नयाँ प्रधानन्यायाधीश छिटो टुंग्याऊ
नयाँ प्रधानन्यायाधीश छिटो टुंग्याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०

न्याय निरुपण गर्नुपर्ने सर्वोच्च अदालतमा राजनीतिक किचलोको छाया पर्नु ठीक होइन । तर, न्यायापालिकामा जबरजस्त राजनीति घुसाउने प्रयास जहिल्यै हुन्छ । यसको पछिल्लो उदाहरण हो, संवैधानिक परिषद्को बैठक । असार १ गते प्रधानन्यायाधीश बनेका हरिकृष्ण कार्की साउन २० बाट बिदामा बस्दै छन् । उमेर हदका कारण अवकाश पाउन लागेका उनी एक महिनाअघिबाटै बिदामा बस्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश बिदामा बस्ने दिनको ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान छ । तर, सुशासनको ढ्वाङ फुकेर निर्वाचित भएका शीर्ष नेताहरु नीति नियमलाई ठाडै उल्लंघन गरिरहेका छन् ।त्यसो त दलहरुले लामो समय सर्वोच्चलाई नेतृत्वविहीन बनाएको नजिर कायमै छ । उनीहरु सोच्दा हुन्, नयाँ प्रधानन्यायाधीश बेलैमा नियुक्त नहुँदैमा आकाशै खस्दैन ।

यस्तै बेला सत्ताको ‘बार्गेनिङ’ गर्ने अस्त्र बनाएर अड्को थाप्छन् । यसपटक संवैधानिक परिषद्मा शक्तिशाली छन् एमाले अध्यक्ष केपी शर्मा ओली । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिषद्का अध्यक्ष हुन् । तर, उनी अल्पमतमा छन् । गठबन्धनको सरकारले विपक्षी दलका नेतालाई परिषद्को बैठक बोलाउनकै लागि मनाउनुपर्ने अवस्था छ । उसको उपस्थितिविना बैठकले निर्णय गर्न सक्दैन । 

Ncell
Hardik health

नेकपाकालमा प्रधानमन्त्री ओली थिए । त्यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिषद्को बैठकमा नजाँदा ओलीलाई हम्मेहम्मे परेको थियो । अझ सभामुख अग्नि सापकोटा पनि नजाँदा ओलीलाई मुश्किलै प¥यो । त्यसपछि अध्यादेश ल्याएर ओलीले तीन जना उपस्थित भए पनि निर्णय गर्नसक्ने व्यवस्था गरे । हालका प्रधानमन्त्री दाहाल आएपछि उक्त व्यवस्था खारेज गरिसकिएको छ ।

परिषद्मा हुने यस्तो राजनीतिले कयौं निरुपण हुनुपर्ने मुद्दाहरु थाती बस्ने देखिन्छ । बेलैमा न्यायालयमा प्रमुख सिफारिस नहुँदा न्यायको पर्खाइमा बस्नेहरु धेरैले सास्ती खेप्नुपर्छ । प्रमुख नहुँदा न्यायाधीशहरुको नियुक्तिको बाटो पनि बन्द हुन्छ । जसले गर्दा खापमाथि खाप मुद्दा बढ्दा अदालत चापमा पर्न जान्छ । यसले निम्तने समस्याहरुलाई मध्यनजर गर्दै परिषद्ले चाँडोभन्दा चाँडो नयाँ प्रधानन्यायाधीशबारे निर्णय लिनुपर्छ ।

यस्तो विषयमा आफ्नो लाभका लागि ‘बार्गेनिङको अस्त्र’ चलाउन छाड्नुपर्छ । आफ्नो पालामा कस्तो मुश्किल थियो भन्ने विषय विपक्षी दलको नेताले सम्झनुपर्दछ । बदलाको भावमा अघि बढ्दा न्यायमा ढिलासुस्ती पक्कै हुन्छ । ढिलो न्याय दिनु भनेको अन्याय गर्नु जस्तै हो । यो पछि आएर राजनीतिक नेतृत्वकै थाप्लोमा आइपर्छ । त्यसैले परिषद्को बैठकबाट शीघ्रतीशीघ्र नयाँ प्रधानन्यायाधीश तोकिनुपर्छ । 
 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP