Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मानव तस्करको मुख्य दोषी सरकार !
मानव तस्करको मुख्य दोषी सरकार !
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

उमेरमा धन कमाउने आश हरेक युवाको हुन्छ । यही आश पूरा हुने कुनै सम्भावना देशमा नदेखेपछि युवा दिनानुदिन विदेशिन्छन् । कोही भारत, कोही खाडी, कोही कोरिया त कोही जापान । यी मुलुकमा सोचेजसरी चाँडो कमाइ हुन्न । त्यसैले पछिल्ला दिनहरुमा युवाले ताक्न थालेका छन् युरोपियन मुलुक । आकर्षक तलब पाइने सपना बुन्दै उनीहरु लाखौं बुझाएर ज्यान र जयजेथा हत्केलामा राखेर बाहिरिन्छन् काठमाडौंको विमानस्थलबाट । 

‘स्वदेशमै रोजगारी’ पुरानो होस् वा नयाँ दलका नेता, जोसुकैले बोले पनि व्यवहारतः ‘आकाशको फल’ भएको छ । चर्को ब्याजविना विदेश जान ऋण पाउन्न । यही जोखिम मोल्दै चाँडै कमाउने र चाँडै ऋण तिर्ने आकर्षक गन्तव्य युरोपेली मुलुक सम्झेर उड्छन् युवाहरु । यी युवाका लागि ती देशमा लैजाने सरकारी प्रबन्ध के हो कसो हो कुनै सार्वजनिक जानकारी छैन ।

त्यसैले उनीहरुलाई धमिलो पानीमा माछा मारेझैं जाल बिछ्याएर बसेका हुन्छन् मानव तस्करहरु । माल्टा, रोमनिया, पोल्याण्ड, पोर्चुगलजस्ता देशमा पुर्‍याइदिने सपना उनीहरुको साथमा रेडिमेड हुन्छन् । नेपालमा अन्धकारमय जीवन बिताउनुभन्दा जोखिमै मोलेर यस्तो सपना पछ्याउन छाड्दैनन युवा पनि । तर, लाखौं डुबेपछि थाहा लाग्छ, आफू जालमा फसेको ।

Hardik health

हालै पोर्चुगल जाने क्रममा बीचबाटैमै अलपत्र परे १७ जना । बेलारुस पुगेर अलपत्र परेकामध्ये छ जनालाई मस्कोस्थित नेपाली दूतावासले उद्धार गर्‍यो । अवैध बाटो हुँदै पोर्चुगल पुग्न हिँडेकाहरुबाट मानव तस्करले एकजनाबाटै १० लाखदेखि १७ लाख रुपैयाँसम्म उठाएको देखिन्छ । यतिमात्र हैन पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा आकर्षक तलबमा काम लगाउने भन्दै ठगीमा पर्ने क्रम पनि बढ्दो छ । मरेपछि ओखती भनेझैं सरकारले भने रोजगारीको प्रलोभनमा परी असम्बन्धित व्यक्ति वा संस्थाको भर परी युरोपमा नछिर्न आग्रह गरेको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगारीको प्रलोभनमा परी युरोपेली मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको विश्वासमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न कामदार आफैंले वैदेशिक रोजगार विभाग वा इजाजतपत्र प्राप्त संस्था तथा रोजगारदातासँग सीधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जान मन्त्रालयले आग्रह गरेको छ ।

देशमा आर्थिक मन्दी छ । ऋणको ब्याज बढ्दा दैनिक तनावको पारो बढ्दा युवाहरु यस्तै लोभमा फस्न बाध्य भइरहेका छन् । सरकारले यस्तो खालको परिस्थितिलाई ‘ह्याण्डल’ गर्ने वातावरण तयार गर्न सकेको छैन । त्यसैले यसरी तस्करीमा पर्नुको मूल दोषी सरकार हो । सरकारले कि त देशमै रोजगारीको वातावरण बनाउन सक्नुपर्‍यो, नभए सुरक्षित गन्तव्यसहितको वैदेशिक रोजगारमा ध्यान दिनुपर्‍यो ।
 


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP