Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुन तस्करीको नाइके खै ? 
संसद्मा गृहमन्त्रीलाई प्रश्‍न सुन तस्करीको नाइके खै ? 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन ११, २०८०

​​​​​​

  • तस्करीको सुन काण्डका मुख्य नाइकेलाई पक्राउ गर्न माग
  • सुन काण्डको जरैसम्म नपुगे सरकारको दिनगन्ती सुरु हुने चेतावनी
  • एमालेको अवरोधपछि संसद् बैठक स्थगित
  • हालसम्म १७ जना पक्राउ, अझै पत्ता लागेन मालिक

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि पक्राउ गरिएको एक क्विन्टल सुन प्रकरणले संसद् तताएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले उक्त तस्करीको सुनका मुख्य नाइके खोजेका छन् ।

एक जना चिनियाँ नागरिकबाहेक भरिया, गोदाम व्यवस्थापक, गाडी चालकदेखि भन्सार कर्मचारी र भन्सार एजेन्टमात्रै पक्राउ परेका बेला बुधबार तस्करका मुख्य नाइकेको खोजी संसद्मा भएको हो । अघिल्ला सुन काण्डहरूमा सुनका मालिक अर्थात् मुख्य नाइके जोगिन्थे । यसपटक पनि जोगाउन सक्ने आशंकामा सांसदहरूले सुन तस्करका मुख्य नाइके खोजेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबारको बैठकमा अवैध सुन आयात प्रकरणमा संलग्न मुख्य दोषीलाई जुनसुकै हालतमा पक्राउ पर्नुपर्ने बताए । विमानस्थल बाहिर ट्याक्सीमा सुन आएको थाहा पाएपछि त्यहीँ नसमातेर ट्याक्सी मालिककोमा पुगेपछि समातेको भए मालिक पक्राउ पर्नसक्नेतर्फ किन ध्यान नपुर्‍याएको भन्दै उनले प्रश्न गरे । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा प्रकरणलगायतमासमेत जरोसम्म नपुगेर गिजोल्ने काममात्र गरेको आरोप लगाएका लामिछानेले केही कर्मचारीलाई सरुवा गरेर सुन तस्करी प्रकरणलाई टार्न नपाइने बताए ।

Hardik health

ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करीलगायत प्रकरणको जरोसम्म पुग्ने साहस लिएको हो भने ठीक छ । यदि फाइल खोल्ने काममात्र हो भने सरकारको दिन गन्ती सुरु हुन्छ ।
रवि लामिछाने
सभापति, रास्वपा

‘भ्रष्टाचारविरुद्ध चालेको कदममा साथ दिँदा फाइदाका रुपमा मात्र नलिइयोस् । जरोसम्म पुग्ने साहस लिएको हो भने ठीक छ,’ लामिछानेले चेतावनी दिए, ‘फाइल खोलेको गन्नमात्र सुरु गरेको हो भने सरकारको दिन गन्ती सुरु हुन्छ ।’ उनले एकातिर मुख्य सुन तस्कर (मालिक)लाई पक्राउ गर्न सरकारलाई दबाब दिँदा अर्कातिर भ्रष्टाचार काण्डको अनुसन्धान गम्भीररुपमा अघि बढाउनुपर्ने चेतावनीसहितको सुझाव दिए । रास्वपाले प्रतिनिधिसभामा सुन काण्डको अनुसन्धान गराउन सार्वजनिक महŒवको प्रस्तावसमेत दर्ता गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सुन तस्करको मालिक पक्राउ गर्नुपर्नेमा सरकारलाई दबाब दिए । उनका अनुसार सररले चाहे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीको जरो (मालिक)सम्म पुग्न सक्छ । ‘त्यो सुन कुनै सूचनाको आधारमा बरामद गरियो होला नि त । सूचनाको स्रोत को हो ?,’ आक्रोशित हुँदै लिङ्देनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोधे, ‘स्रोतले त्यसमा को–को संलग्न छ भन्ने सूचना दिएन होला ? कि यो कुनै बाह्य दबाब र सूचनाको आधारमा कसैलाई देखाउनकै निम्ति यो एक टिप सुन पक्रने काम भएको हो ?’

उनले भरिया, सुन व्यवस्थापकलगायतलाई मात्रै पक्राउ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यसो हुँदा तस्करका नाइके जोगाउने खेल हुनसक्ने उनको आशंका छ । उनले भने, ‘भरियालाई पक्रेर सुन तस्करका नाइकेहरूलाई जोगाउने काम नहोस् ।’

त्यो सुन कुनै सूचनाको आधारमा बरामद गरियो होला नि त । सूचनाको स्रोत को हो ? स्रोतले त्यसमा को–को संलग्न छ भन्ने सूचना दिएन होला ? 
राजेन्द्र लिङदेन
अध्यक्ष, राप्रपा

सांसदद्वय लामिछाने र लिङ्देनले मात्रै होइन, सत्तारूढ दल कांग्रेसकै सांसद रामहरि खतिवडाले पनि प्रहरी तस्करको नाइकेसम्म पुग्न नसकेको भन्दै रोष प्रकट गरे । नेपाल सुन तस्करीका लागि उर्वर भूमि हुन लागेको भन्दै जुनसुकै हालतमा प्रहरी नाइकेसम्म पुग्नुपर्नेमा जोड दिए ।‘भरियालाई पक्रिएर मेन नाइकेलाई छोड्न हुँदैन,’ संसद् बैठकमा खतिवडाले भने ।

कांग्रेसकै अर्का सांसद सुनिल शर्माले भने मुख्य नाइकेलाई नपक्रिए क्विन्टल सुन प्रकरणलाई सामसुम पार्नसक्ने भन्दै चिन्ता प्रकट गरे । यदि, त्यसो गरिएको अवस्थामा संसद् भवनभित्रै आमरण अनसन बस्ने शर्माले घोषणा गरे । सुन प्रकरण निकै गम्भीर विषय भएको उल्लेख गर्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने माग पनि गरे । 

‘गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही विचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु– प्रधानमन्त्रीको आगमनपछाडि उहाँहरूले पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु,’ शर्माले बैठकमा भने ।

गृहमन्त्री र अर्थमन्त्रीले फेरि त्यही विचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भन्ने सोच्नुभएको छ भने म यो सदनभित्रै आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।
सुनिल शर्मा
सांसद, कांग्रेस

अन्य सांसदहरूले पनि सुन तस्करका नाइके पक्राउ गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिए । जवाफमा सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सुन काण्डमा टाउको नदुखाउन अन्य दलका सांसदरूलाई आग्रह गरे । उनले सुन प्रकरणसहित अगाडि बढेका भ्रष्टाचारका अन्य फाइलहरू खोल्ने क्रममा दोषी करार हुने गरीका प्रमाण जरोसम्म पुग्न आवश्यक रहेको र यस कार्यमा सरकारले कसैको अनुहार र कुनै दल हेर्न नहुने सुझाए । 

‘सुन तस्करीमा सत्तारूढ दलकै कतिपय नेताहरू दोषी रहेको भनी समाचारहरू प्रकाशन भएको भनी विपक्षी दलहरूले प्रश्न उठाएका थिए,’ पौडेलले भने, ‘माछा सानो ठूलोको प्रसंग होइन यहाँ । दोषीलाई कारबाही गर्ने कुरा हो, दोषीलाई कारबाही गर्दा खुसी हुनुपर्ने हो नि ।’

एमालेको अवरोध
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । विमानस्थल सुन काण्डको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमाललेले संसद् अवरुद्ध गरेको हो । छानबिन समिति गठनका लागि सभामुख घिमिरेबाट रुलिङ नभएको भन्दै एमालेले प्रतिनिधिसभाको बुधबारको बैठक कार्यसूचीअनुसार अघि बढ्न दिएन ।

सभामुखले आकस्मिक समय सकिएपछि शून्य समयमा बैठकलाई अगाडि बढाउन खोजेका थिए । त्यहीबेला एमाले सांसदहरु बेल घेर्न पुगे । उनीहरुले नाराबाजीसमेत गरे । एमालेको विरोधका कारण सभामुख घिमिरेले कार्यसूचीमा भएका विषयहरू हटाए । अनि, बैठक स्थगित गरे । प्रतिनिधिसभाको अर्को बैठक यही १५ साउनमा बस्ने भएको छ । 

एमालेका सांसद ठाकुर गैरेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको सुनिश्चितता नहुँदासम्म सदन चल्न नसक्ने बताए । सुन तस्करी भइरहने तर भरिया समातेर सामसुम पार्ने प्रवृत्ति विगतमा देखिएकाले पुनः दोहोरिन नदिन छानबिन समिति गठन हुनुपर्ने उनको भनाइ छ । 


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:२०
#सुन_तस्करी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल
एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल बुधबार, मंसिर १७, २०८२
मधेशका मुख्यमन्त्रीबाट राजीनामा घोषणा
मधेशका मुख्यमन्त्रीबाट राजीनामा घोषणा बुधबार, मंसिर १७, २०८२
कांग्रेस सभापतिको उम्मेदवारमा गगन थापाकाे घोषणा
कांग्रेस सभापतिको उम्मेदवारमा गगन थापाकाे घोषणा बुधबार, मंसिर १७, २०८२
कांग्रेसको क्रियाशील सदस्यता व्यस्थापन समितिको बैठक १बजे बस्दै
कांग्रेसको क्रियाशील सदस्यता व्यस्थापन समितिको बैठक १बजे बस्दै बुधबार, मंसिर १७, २०८२
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्ने
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्ने बुधबार, मंसिर १७, २०८२
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता बुधबार, मंसिर १७, २०८२
मधेश प्रदेश सभाको बैठक २ बजे सारियाे
मधेश प्रदेश सभाको बैठक २ बजे सारियाे बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP