Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुशासनको विरुद्धमा कांग्रेस
सुशासनको विरुद्धमा कांग्रेस
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, साउन १०, २०८०

काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा जेलमा रहेका नेता बालकृष्ण खाणको निलम्बनबारे विनाएजेण्डा छलफल भइरहेको छ । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी जेल पुगेका हुन् ।

उनलाई कारबाही स्वरुप निलम्बन गर्नुपर्ने संस्थापनइतर पक्षका निकै कम केन्द्रीय सदस्यहरूले माग गरे । बहुमत संस्थापनपक्षीय केन्द्रीय सदस्यहरू भने बचाउमा उत्रिए ।२६ वैशाखमा सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गर्दा कांग्रेसभित्रमात्रै होइन, अन्य दलहरू र सर्वसाधारणमा कांग्रेस त अपारदर्शी बन्ने भयो, सुशासनमा गज्जबै गर्छ कि क्या हो भन्ने सन्देश प्रवाह भएको थियो । 

तर, केन्द्रीय समिति बैठकमा धेरै नेताहरूको खाणलाई जोगाउने अभिव्यक्तिले सुशासन विरोधी दलको रुपमा कांग्रेसको पहिचान स्थापित भएको छ । दण्डहीनतालाई प्रश्रय दिने दल कांग्रेस भएको अर्थमा कतिपयले बुझेका छन् । किनभने ठगी, कीर्ते, राज्यविरुद्धको कसूरलगायतका आरोपी खाणको पक्षमा लाइभमै कांग्रेस नेताहरू उभिए ।

१५७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापति देउवापक्षीय बहुमत नेताहरू नै खाणको पक्षमा उभिँदा बैठकको हरेक दिन कांग्रेसले सुशासन पचाइसकेको जस्तो देखियो । अझ परिस्थिति त त्यतिबेला लज्जास्पद बन्यो, जब पार्टीको वरिष्ठ नेता बन्ने लाइनमा रहेका गोपालमान श्रेष्ठले बैठकमा एक कदम अगाडि बढेर खाणलाई जेल जानबाट रोक्न सकिन्थ्यो, किन रोकिएन ? भन्दै प्रश्न गरे । उनको आशय सत्तारुढ गठबन्धनको प्रमुख दल भएर पनि आफ्नै नेतालाई पार्टीले जेल जानबाट रोक्न सकेन भन्ने देखियो ।

Hardik health

नेता खाणनिकट मानिने सहमहामन्त्री महेन्द्र यादव पहिल्यैदेखि खाणको बचाउमा थिए । उनले केन्द्रीय समिति बैठकमा राज्यले नै खाणलाई फसाएको दलिल पेस गरे । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले त परिवारको एक सदस्यलाई दुःख पर्दा अर्कोले सहयोग गर्नुपर्ने भनेर खाणमाथि लागेको राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते अपराधजस्तो जघन्य आरोपलाई दुःखद भनिदिए । उनले ‘घरका छोराछोरीले अपराध गरे प्रहरी बोलाउँछौं कि बचाउँछौं ?’ भन्दै आदर्शवादी कुरा नगर्न अर्को पक्षलाई चेतावनीसमेत दिए । 

सहमहामन्त्री डिना उपाध्याय महालक्ष्मी पनि खाणको बचाउमा उभिइन् । उनले एक साथीलाई अप्ठ्यारो पर्दा अरु साथीले सहयोग किन गर्ने भन्दै प्रश्न गरिन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक देशका जल्दाबल्दा मुद्दामा केन्द्रित भएन । केन्द्रीय सरकारमा ठूलो भाग लिएको, सातै प्रदेशको सरकारमा रहेको, चार प्रदेशको नेतृत्व लिइरहेको, सबैभन्दा धेरै स्थानीय तह जितेको, प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो, कांग्रेस ।

लोकतान्त्रिक प्रणालीबाट केन्द्रीय कार्यसमिति चयन गरेको र देशका हरेक परिवर्तनका आन्दोलनमा नेतृत्व गरेको दलको केन्द्रीय कार्यसमितिको बैठक भने नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको जस्तो गम्भीर अपराधमा पुर्पक्षका लागि थुनामा रहेका नेताको बचाउमा केन्द्रित भयो ।

केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तय भएका १० वटा एजेण्डाभन्दा बाहिर गएर केन्द्रीय सदस्य तथा पदाधिकारीहरू खाणको बचाउमा उत्रिँदा सभापति देउवाले रोक्न चाहेनन् । पार्टीभित्रको विपक्षीलाई ठेगान लगाएको आत्मसन्तुष्टि लिए पनि फेसबुकमा लाइभ भइरहेको बैठकमा कसले के र किन बोल्यो भन्ने कुरा सार्वजनिक जानकारीमा आइसकेको छ । बैठकको लाइभले कांग्रेस नेताहरूले आफ्नो सुशासनविरोधी मुहार जनतामाझ छर्लंग देखाएका छन् ।

हुन त, कांग्रेसमा यसअघि पनि सुशासनका पक्षमा निर्णय भएको इतिहासले देखाउँदैन । किनकि, भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा चलिरहेका टेकबहादुर गुरुङ र विजयकुमार गच्छदारलाई गत मंसिरको चुनावमा पार्टीले टिकट दिएको थियो । गुरुङ मनाङबाट निर्वाचित भए पनि गच्छदार हारे । तर, विशेष अदालतबाट दोषी ठहर भएर गुरुङ संसदमा निलम्बित छन् । कांग्रेसले उनलाई दोषी मानेको छैन ।

खाण पक्राउ परेपछि नै कांग्रेसभित्रको एक समूह उनलाई निलम्बन गर्नुपर्छ भन्ने पक्षमा थियो । पुर्पक्षका लागि थुनामा गएपछि यो विषयले झन् बल पाएको थियो । तर, पार्टीको आधिकारिक बैठकमा यो समूह निकै कमजोर देखियो । खासगरी खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा गगन, विश्वसहित केही नेताहरु थिए । एक हप्ता लामो बैठकमा पनि यही समूहका केही नेताहरूले मात्र यो विषयमा बोले । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कि खाणमाथिको कारबाही ठीक भन्नुपर्ने वा कांग्रेसले सरकार छाड्नुपर्ने बताएका थिए ।

शिवकोटीको आवाज फेसबुकबाट लाइभ भइरहेकाले देश र देशबाहिरका नेपालीले सुने पनि सभापति देउवा र उनीपक्षीय नेताहरूले सुनेजस्तो देखिएन । नेता शेखर कोइरालाले खाणको नाम नलिई सुशासनमा पार्टी प्रतिबद्ध हुनुपर्ने मात्र भने ।  
तर, महामन्त्री थापाले भने सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा खाणलाई निलम्बन गर्नुपर्ने बताए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि छानबिनमा सहयोग पु¥याउनुपर्ने भन्दै घुमाउरो पारामा खाणको निलम्बन माग गरे । उपसभापति गुरुङले कसैको मुख नहेरी भ्रष्टाचारका ठूला काण्ड छानबिनमा प्रहरीले  अग्रसरता लिनुपर्ने बताए ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरीले संसद्को ठूलो दल कांग्रेस प्रजातन्त्रको पुनर्वहालीपछि नै अपराधीको संरक्षक बनेको बताउँछन् । भ्रष्टाचारी ठहर खुमबहादुर खड्का (दिवंगत), गोविन्दराज जोशी, चिरञ्जीवीकुमार वाग्लेलगायत नेतालाई कांग्रेसले पटक–पटक जोगाउने प्रयास गरेको तर नसकेको मल्लले बताए । यसपटक खाणलाई जोगाउने पक्षमा कांग्रेस प्रस्ट देखिएको उनको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP