Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु श्रममा जान लगाइएको बन्देज हटाउन माग
घरेलु श्रममा जान लगाइएको बन्देज हटाउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ९, २०८०

काठमाडौं– सरकारले विगत सात वर्षदेखि वैदेशिक रोजगारीका लागि घरेलु श्रममा विदेश जान लगाएको बन्देज खुलाउनुपर्ने माग बढ्न थालेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले लामो समयदेखि घरेलु श्रमका लागि नेपालीहरुलाई पठाउन बन्देज खुलाउनुपर्ने माग गर्दै आएकोमा अन्य संघसंस्थाले पनि आवाज उठाउन थालेका छन् । 

राष्ट्रिय महिला आयोग र पौरखी नेपालको संयुक्त आयोजनामा राजधानीमा भएको नेपाली आप्रवासी महिलाको विद्यमान समस्या विषयक छलफलमा सहभागी वक्ताहरुले वैदेशिक रोजगारका क्रममा घरेलु श्रममा जान लगाइएको बन्देज खुलाउनुपर्ने माग गरेका छन् । आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले घरेलु श्रम गर्न वैदेशिक रोजगारीमा जान चाहने महिलालाई सरकारले बन्देज लगाउन नहुने बताइन् । 

‘घरेलु श्रमका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरु सबै असुरक्षित छन् भन्ने ढंगले व्याख्या गर्ने गरिन्छ,’ उनले भनिन्, ‘बरु पछिल्लो समय बन्देजका कारण गैरकानुनीरुपमा जाने नेपाली महिलाहरुको संख्या बढ्दो छ, यसले जोखिम निम्त्याएको छ ।’

घरेलु श्रममा जान महिलाहरुलाई बन्देज लगाउनुमात्रै सुरक्षाको विकल्प नभएको भन्दै यसलाई अविलम्ब हटाउनुपर्ने उनको भनाइ छ । पौडेलले बन्देज खोल्ने विषयमा सबै सरोकारवाला निकायबीच छलफल गर्न आयोगले अग्रसरता लिने पनि बताइन् । उनले महिलाको अधिकारका विषयमा महिला आयोग बोल्ने बताइन् ।

Hardik health

पौरखी नेपालकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले घरेलु श्रमका लागि विदेश जान नेपाली महिलालाई लगाइएको बन्देज तत्कालै हटाउनुपर्ने माग गरिन् । उनले बन्देज हटाउन विभिन्न सरोकारवाला निकायसँग सकारात्मक छलफल भए पनि नतिजा आउन नसकेको बताइन् । ‘महिलालाई जहिल्यै पनि दयाको पात्र बनाउने काम भएको छ,’ गुरुङले भनिन्, ‘दया देखाउने र विभेद गरेकै कारण आर्थिक अभावमा पिल्सिएका महिलाहरु सरकारले बन्देज लगाए पनि अवैध बाटो प्रयोग गरी खाडी मुलुक पुगेका छन् ।’ 

साक्षरता र आर्थिकरुपमा सवल नभएका महिलाहरु बाध्यतावस घरेलु श्रममा विदेश जानुपर्ने अवस्था रहेको गुरुङले बताइन् । घरेलु श्रमका लागि गैरकानुनी रुपमा जान रोक्नुपर्ने बताउँदै उनले अविलम्ब श्रम स्वीकृति लिएर जाने व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । बन्देजका कारण मानव तस्करी बढ्नुका साथै पूर्वप्रस्थान अभिमुखीकरण तालिमको अभावमा महिलाहरुले गन्तव्य मुलुकमा अप्ठ्यारोमा पर्दा सेवा लिन नपाउँदा थप जोखिम देखिएको उनले दाबी गरिन् ।

यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले ठूलो रकम धरौटी राखेका व्यवसायीहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर घरेलु श्रममा पठाउँछु भन्दा पनि सरकारले अप्ठ्यारो पारिरहेको बताए । व्यवसायीले सम्पूर्ण जिम्मेवारी लिएर महिलाहरुलाई नीति निर्माण तहमा नै छलफल गरी घरेलु श्रममा पठाउन खोज्दा पनि परिणाम नआएको बताए । वर्षौंदेखि बन्देज कायमै राखिनु गलत काम भएको तर्क गरे । 

‘सरकारी अधिकारीहरुले दुई–चार वटा घटनालाई आधार बनाएर भावनात्मकरुपमा गरेको गलत निर्णयको भार वर्षौंदेखि महिला श्रमिकले भोग्नुपरेको छ,’ उनले भने, ‘व्यक्तिगतरुपमा गएर समस्यामा परेकाहरुको विषयलाई जोडेर सम्पूर्ण घरेलु श्रमिकको रोजगारीमाथि प्रहार भएको छ, तत्कालै बन्देज हटाइनुपर्छ ।’

विदेशमा घरेलु कामदार पठाउने सन्दर्भमा पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग पटक–पटक छलफल तथा परामर्श भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले छिट्टै समस्या समाधन हुने अपेक्षा गरेको बताए ।

कार्यक्रममा सहभागी अधिकांशले पछिल्लो परिस्थितिमा घरेलु श्रमका लागि विदेश जाने महिलाहरु प्रचार गरिएजस्तो असुरक्षित नरहेको बताए । युएई, कतारलगायतका मुलुकले घरेलु श्रमिकको सुरक्षामा ध्यान दिएका कारण न्यूनतम मापदण्ड बनाई सरकारले लगाएको बन्देज हटाउनुपर्नेमा उनले जोड दिए । तत्कालीन व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनअनुसार सरकारले २०७२ चैत २० गते खाडी मुलुकमा घरेलु श्रमिक (महिला) पठाउने कार्यमा रोक लगाएको थियो ।

 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP