Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • जनकपुर चुरोट कारखाना इसिहासमा सीमित
जनकपुर चुरोट कारखाना इसिहासमा सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ७, २०८०


जनकपुरधाम - पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो । त्यो योजना प्रजातन्त्रबहालीपछि विसं २०१६ मा नेपाली कांग्रेसका सभापति बिपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने सो सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई दिने गरिएको छ । 

योजना त बन्यो तर त्यसको कार्यान्वयन सुरु हुन नपाउँदै २०१७ पुस १ गते राजनीतिले अर्को मोड लियो । निर्दलीय पञ्चालतको उदयपछि त्यो योजना तुहिन्छ कि भन्ने धेरैलाई शङ्का थियो तर त्यसो भएन बरु योजनालाई मूर्तरुप दिन थालियो । त्यहीक्रममा सबैभन्दा पहिले केही कर्मचारी नियुक्त गरियो । ती कर्मचारीमध्ये एक हुनुहुन्थ्यो महोत्तरीको मनरा सिशवा—४ जाउखका रामनरित शर्मा । उहाँले २०१८ असार ३१ गते स्टोरकिपरको रुपमा जागीर सुरु गर्नुभएको थियो भने २०५० सालमा व्यक्ति व्यवस्थापन महाशाखा प्रमुख (निर्देशक) का रहँदा सेवानिवृत्त हुनुभयो ।   

लगत्तै सोभियत रूस सरकारको आर्थिक तथा प्राविधिक सहायता र तत्कालीन श्री ५ को सरकारको पहलमा २०१९ मङ्सिर ८ गते तत्कालीन उद्योग वाणिज्यमन्त्री वेदानन्द झाले जचुकालि निर्माण कार्यको शिलान्यास गर्नुभयो । त्यसको दुई वर्षमै निर्माण कार्य सम्पन्न भयो । “दलमाथि प्रतिबन्धको अवस्थामा एकखालको निराशा थियो । जब तत्कालीन राजा महेन्द्रले २०२१ पुस २९ मा जचुकालिको उद्घाटन गर्नुभयो, यस क्षेत्रमा नयाँ उमङ्ग फर्कियो । हजारौं मान्छे त्यो क्षणको साक्षी र हर्षबढाई गर्न आए”, शर्माले त्यो क्षण सम्झिनुभयो, “त्यो बेला अहिलेको जस्तो काम लिने तर समयमा नसक्ने अवस्था थिएन । त्यही कारण दुई वर्ष नबित्दै जचुकालिको उद्घाटन भयो ।”

जनकपुरधाम उपमहानगरपालिका–९ मा करिब ३३ बिघा नौ कट्ठा क्षेत्रफलमा फैलिएको यो कारखाना सरकारको मात्रै होइन, नागरिकको पनि जीवनको अभिन्न अङ्ग बन्यो । “५० वर्ष पुरानो इतिहास बोकेको यो कारखानासँग चुरोट मात्रै होइन, देशको अर्थतन्त्र जोडिएको थियो । मधेशका जनताहरुको जीवन र नेपालीहरुको श्वास जोडिएको थियो । हुँदाखाँदाको त्यो कारखाना अहिले कङ्काल जस्तै छ”, शर्माले एकछिन निःशब्द हुँदै भने। 

Hardik health

विस्मृति र स्मृतिका ३२ वर्ष

सम्झिँदा पनि आजै हो जस्तो लाग्छ उहाँलाई जचुकालीको आँगनमा हाँसेको खेलेको र ३२ वर्ष लामो उर्बर समय बिताएको । उहाँ जचुकालिको सुरुदेखिकै साक्षी हुनुहुन्छ । त्यसको जन्म र अवसान हुँदासम्मका हरेक पलपलको हेक्का छ । त्यसैले त यो ठाउँसँग उहाँको अगाध प्रेम छ । त्यही प्रेमका कारण उहाँले कारखानाको मूलद्वार नजिकै घर बनाउनुभयो तर अहिले खण्डहरजस्तो देख्दा उहाँलाई नमिठो लाग्छ । 

कुनै समय नेपाली अर्थतन्त्रमा जगजगी र देश विदेशमा वाहवाही कमाएको त्यो संस्थाको कङ्काल हरेर बस्नुपर्दा विगतका सम्झनाले सताउँछ । विगत ताजा बनेर आउँछ, अनि मन भक्कानिन्छ । उफ ! अहिले त यहाँ किन बस्नुपरेको होला जस्तो लाग्छ ! 

मनमनमा जचुकाली

‘हुम्ला/जुम्लामा चुरोटको अभाव’ भनेर त्यो बेला सञ्चारमाध्यममा समाचार आउँथ्यो जसरी अहिले चामल र औषधिको आउँछ । अनि खैलाबैला भचिन्थ्यो । तत्कालीन विभागीय मन्त्री र उद्योग मन्त्रालयको उच्च नेतृत्वबाट फोन आएपछि जचुकालिका महानिर्देशक र सम्बद्ध कर्मचारीमा एकखालको छटपटी हुन्थ्यो ।

चेतनाको अभावले पनि होला त्यो बेला अहिलेको जस्तो थिएन । अधिकांश नेपालीहरु धुम्रपानको अम्मली थिए । नागरिकको त्यो अम्मललाई पूरा गर्न ७५ जिल्लामा एक सय पाँच कार्यालय राखेर जचुकालिले आफ्नो उत्पादन जिल्ला जिल्लामा पु¥याउँथ्यो । 

अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी रु चार करोड आठ लाख ३७ हजार रहेको यस कारखानाले दैनिक दुई अर्ब खिल्ली चुरोट उत्पादन गर्ने सामथ्र्य राख्थ्यो । पछि आफ्नो आम्दानीबाट उत्पादन क्षमता बढाई तीब्र अर्ब पु¥याइयो । जचुकालिबाट त्योबेला उत्पादित चुरोटमा देउराली, याक र गैंडा निकै चर्चित ब्राण्ड थिए ।

उत्पादन पनि राम्रो थियो । आकर्षण पनि थियो तर सडकबाटो विस्तार नभइसकेकाले मागअनुसार आपूर्ति गर्न निकै समस्या हुन्थ्यो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनेको थिएन । सुरुमा रेलको माध्यमबाट जनकपुरबाट भारतीय बाटोको प्रयोग गरी (जयनगर) रक्सौल, वीरगञ्ज हुँदै काठमाडौं, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढीलगायतका मुख्य बजारमा ढुवानीको व्यवस्था मिलाइन्थ्यो । पछि पूर्व–पश्चिम राजमार्ग बनेपछि आफ्नै १० वटा जति ठूलो कन्टेनरको सहारामा ढुवानीको काम हुन थाल्यो । 

यसमा स्थायी, करार, ज्यालादारी गरी करिब २९ सय कर्मचारी कार्यरत थिए । जचुकालिको कर्मचारी हुनुको मान, सम्मान र सान नै अर्कै थियो । उहाँ भन्नुहुन्छ, ‘‘त्यो बेला झण्डै रु तीन÷चार करोडको त सुर्ती खरिद गरिन्थ्यो । त्यसका लागि महेन्द्रनगर, ढल्केवर, गोदार, मिर्चैयालगायतका स्थानमा स्थानीय किसानहरुले सुर्ती खेती गर्थे । यहाँबाट कच्चापदार्थ नपुगेपछि छिमेकी भारतबाट आपूर्ति गरिन्थ्यो ।’’ सुरुमा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर पैसा राखिन्थ्यो तर उसले त्यसरी राखिने पैसाको ब्याजतिर्न नसक्ने बताएपछि नेपाल बैंक लिमिटेडलाई अनुरोध गरेर कारखाना परिसरमा शाखा राखिएको उहाँले जानकारी दए । 

जचुकालीले कमाउने मात्रै होइन, सामाजिक उत्तरदायित्वको नीतिअनुसार कर्मचारीहरुका लागि अस्पताल, तिनका सन्तानका लागि विद्यालय र जनकपुरका धार्मिक स्थल स्तरोन्नतिका लागि सहयोग, १२ बिघा मैदानमा माटो भरान तथा पर्खाल निर्माण, सार्वजनिक स्थलमा बिजुली, खेलकूदको विकासका लागि छुट्टै क्लब स्थापना जस्ता कामहरु गरेको थियो । 

‘फापेन प्रजातन्त्र’

पञ्चायतको कडा अनुशासनमा उद्योग चलिरहेको थियो । उद्योगका कर्मचारीहरु घडीको सुईजस्तै अनुशासित थिए । उहाँ भन्नुहुन्छ, ‘‘बिहान ठीक ६ बजे कारखानामा बज्ने साइरनसँगै कर्मचारी र कामदारहरु उठेर कामका लागि तयार हुन्थे । त्यसले कर्मचारीलाई मात्रै होइन, जनकपुरलाई नै ब्युझाएको थियो, जनकपुरलाई नै एउटा लयमा हिँडाएको थियो । त्यो आवाज अहिले पनि कानमा गुञ्जिरहेको आभास हुन्छ ।’’ 

विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि धेरैलाई पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारको सपना जोडिएको यो संस्था राजनीतिक दल र त्यो सत्तालाई आफ्नो सन्तानजस्तै लाग्नेछ भन्ने लागेको थियो । कडा अनुशासनमा चलेको संस्थामा राजनीति घुस्न थाल्यो । कर्मचारीहरु राजनीतिक दलको सदस्यमा परिणत हुन थाले । महाप्रबन्धक राजनीतिक प्रभावका आधारमा नियुक्त हुन थाले । पञ्चायतका अन्तिम महाप्रवन्धक देवेन्द्रबहादुर साहलगायतको त्यो लय र प्रजातन्त्रका पहिलो महाप्रवन्धक अमृतनाथ रेग्मीलगायतको बोली, व्यवहार र रवाफ नै फरक देखिएको उहाँ स्मरण गर्नुहुन्छ । 

पञ्चायतकालमा मन्त्रीहरु भ्रमणमा आएको बेला केही कार्टुन चुरोट चढाउने र वर्षमा एक दुई पटक उहाँ निकटका पत्रकार र पत्रपत्रिकालाई दुई÷चार सयको विज्ञापन दिन हुकुम हुन्थ्यो तर प्रजातन्त्र आएपछि उद्योगको नियमअनुसार काम गर्नेभन्दा पनि आफ्नो चाहनानुसार उद्योग चलाउन थालिएको उहाँ बताउनुहुन्छ । कतिपयले त उद्योगलाई कमाउने र आफ्ना निकटस्थहरुलाई भर्ति गर्ने स्थल बनाए । 

जनताको मनमनमा रहेको, नेपाली अर्थतन्त्रलाई चलायमान र यहाँका नागरिकको जीविकोपार्जनको भरपर्दो आधारस्तम्भ रहेको यो कारखाना २०६८ चैतदेखि उत्पादन र २०७० असार २० देखि सम्पूर्णरूपमा बन्द भयो । विसं २०७० असार २० गते मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले जचुकालिमा कार्यरत रहेका कर्मचारीहरूलाई अवकास दिने निर्णयसँगै यो उद्योगमा ताला लागेको छ । सोही निर्णयका आधारमा कारखानामा कार्यरत स्थायी सात सय ५८ र ज्यालादारी तथा करारका करिब दुई सय जना कर्मचारीलाई एक साथ अवकाश दिइयो । 

अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा शाखाले जीर्ण संरचना र मेसिनहरुको रेखदेख गरिरहेको छ । केही सुरक्षागार्डले मेसिनहरूको सुरक्षा र निगरानी गरिरहेका छन् तर कारखानामा करोडौं मूल्यका मेसिन र उपकरणहरू खिया लागेर दिन प्रतिदिन प्रयोगहीन भएको शर्मा बताउनुहुन्छ । 

बन्द रहेको जनकपुर चुरोट कारखाना क्षेत्रलाई मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक प्रयोजनमा प्रयोग गरिरहेको छ । अहिले यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रशासनिक कार्य र निवासहरु छन् । राज्यले फेरि चुरोट उत्पादन गरी बेच्ने होइन तर एउटा इतिहास बोकेको संस्थालाई राजनीतिको थलो बनाउनुभन्दा उद्यमशीलताको केन्द्र बनाउनु उपयुक्त हुने उनको भनाइ छ । 
 -रासस


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP