Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • रग्वी खेलाडीले श्रीमती र छोराछोरीको हत्या गरेको आशंका
रग्वी खेलाडीले श्रीमती र छोराछोरीको हत्या गरेको आशंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Hardik health
सिडनी–अष्ट्रेलियाका रग्वी खेलका एक पूर्वखेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्वखेलाडीको सङ्लग्नताको आशङ्काको नजिक पुगेको बताएको हो । अष्ट्रेलियाली सञ्चारमाध्यमले जनाएअनुसार यहाँको प्रहरीले यो घटनालाई बडो डरलाग्दो हिंसा भनेका छन् । प्रहरीकाअनुसार यस्तो डरलाग्दो घटना यहाँको प्रहरीले पहिलो पटक अनुसन्धान गरिरहेको छ । प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो । उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो । उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए । ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो । उनका पतिको पनि जलेर मृत्यु भएको छ । उनीहरू चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्वरग्वी खेलाडी एवम् पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए । कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्यान गयो । कारभित्रै रहेका रोवान पनि जलेको अवस्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो । क्लार्कको भनाइ उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आगो लगाएको बताएको छ । त्यहाँ अरु कुनै प्रमाण भेटिँदैनन् र कारमा आफैँ आगलागी भएको जस्तो पनि देखिँदैन, प्रहरीले भनेको छ । प्रहरीले उक्त कार पेट्रोल छर्केर आगो लगाइएकोजस्तो देखिएको बताएको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP