Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आजबाट खुल्दै सय जनाको आवेदन
बेलायतमा नेपाली नर्सलाई रोजगारी आजबाट खुल्दै सय जनाको आवेदन
शुक्रबार, साउन ५, २०८०

काठमाडौं– नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भएको झण्डै एक वर्षपछि नेपाली नर्स बेलायत जान पाउने भएको छ । सरकारले बेलायत जान इच्छुक नर्सहरुका लागि आवेदन खुला गरेको छ । सरकारले जिटुजी सम्झौतामार्फत नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायत सरकारको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर (डिएचएससी)ले बिहीबार संयुक्त कार्यक्रम आयोजना गरी आवेदन खुला गरिनेबारे जानकारी दिएको हो । जसअनुसार आज (शुक्रबार)बाट आवेदन दिन सकिने भएको छ । पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन खुला गरिएको जनाइएको छ ।

गत २०७९ भदौ ६ गते दुई देशबीच भएको जिटुजी सम्झौताको ११ महिनापछि नर्सिङ जनशक्ति भर्ना प्रक्रिया  कार्यान्वयनमा आएको हो । बेलायतमा रोजगारीका लागि नेपाली नर्सको भर्ना कार्यक्रम सुरु गरिएकोबारे बिहीबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरे र नेपालस्थित बेलायती राजदूतावासकी एक्टिङ कम्युनिकेसन्स लिड रञ्जिता गुरुङले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा ‘पाइलट प्रोजेक्ट’को रुपमा पहिलो चरणमा १०० जना नर्स भर्ना प्रक्रिया अघि बढाउने बताइएको छ । बेलायतले प्रतिस्पर्धात्मक भर्ती प्रक्रियामार्फत पेसागतरुपमा दक्षता हासिल गरेका नर्सहरुलाई रोजगारीको अवसर दिने जनाएको छ । जसमा छनोट भएका नर्सहरुलाई बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस)ले पदस्थापनको व्यवस्था गर्नेछ ।

Hardik health

बेलायत रोजगारी सञ्चालन प्रक्रिया जिटुजी सम्झौता भएकाले वैदेशिक रोजगार विभाग र बेलायतको ह्याम्पसायर हस्पिटल फाउन्डेशन ट्रस्टले मात्रै नर्स भर्ती कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । 
नर्स भर्ना प्रक्रियामा दुवै देशका सरकारबीच भएको समझदारीअनुसार कुनै पनि रोजगारदाता, भर्ती केन्द्र वा रिक्र्युट एजेन्सी वा अन्य कुनै पनि निकाय संलग्न हुन नपाउने व्यवस्था रहेको छ ।

रोजगारीका लागि नर्स पठाउन अवलम्बन गरेको प्रक्रिया नेपाल सरकारको निष्पक्ष, मर्यादित र व्यवस्थित आप्रवासनका लागि प्रतिबद्धताको निरन्तरता भएको बेलायतले उल्लेख गरेको छ । रोजगारीमा छनोट भई काम गर्न जाने नेपाली नर्सहरुलाई त्यहाँका स्वास्थ्यकर्मीहरूसरह अधिकार, विशेषाधिकार, संरक्षण र मर्यादा दिइने बेलायतले प्रतिबद्धता जनाएको छ ।

दुवै देशको आपसी समझदारी र आवश्यकतामा आधारित भएर नर्स भर्ती प्रक्रिया सञ्चालन गर्ने बताइएको छ । दुवै सरकारले पहिलो चरणबाट पाठ सिक्दै त्यसको परिणामका आधारमा भविष्यमा नर्स भर्ती प्रक्रिया जारी राख्ने वा नराख्ने भन्ने सम्बन्धमा थप निर्णय लिने विज्ञप्तिमा उल्लेख छ ।

गत असार ५ गते मन्त्रिपरिषद् बैठकले बेलायतमा नर्स पठाउने सम्झौता कार्यान्वयन गर्ने ‘प्रोटोकल’ स्वीकृत गर्ने निर्णय गरेसँगै मन्त्रालयले द्विपक्षीय मापदण्डका आधारमा नर्स भर्ना प्रक्रिया अघि बढाउन सफल भएको प्रवक्ता घिमिरेले बताए ।

‘योग्यता पुगेका नेपाली नर्सहरुले शुक्रबारदेखि वैदेशिक रोजगार विभागमा अनलाइन आवेदन दिन सक्छन्,’ उनले भने, ‘पहिलो चरणमा सय जना पठाइने छ, यसका लागि तीन महिनाभित्र आवेदन दिनुपर्ने हुन्छ ।’ पहिलो चरणमा आवेदकहरुको छनोट विभागले गर्ने र उनीहरुलाई बेलायतको डिएचएससीले पुनः अध्ययन तथा छनोट गरेपछि अन्तर्वार्तामा सामेल गराइने घिमिरेले बताए ।

बेलायतमा रोजगारीका लागि आवेदन दिन चाहने नर्सहरुले प्रोटोकलले तोकेअनुसार योग्यता अनिवार्य पूरा गरेको हुनुपर्नेछ । प्रोटोकलले व्यवस्था गरेअनुरुप बेलायतमा रोजगारीका लागि आवेदन दिने नर्सहरुले इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस)मा न्यूनतम सात अंक अनिवार्यरुपमा ल्याएको हुनुपर्नेछ ।

त्यस्तै तीन वर्षको नर्सिङ कोर्सअन्तर्गत पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गर्नुपर्नेछ । साथै, दुई वर्ष काम गरेको अनुभव पनि अनिवार्य गरिएको छ । जिटुजी सम्झौताअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नर्सहरुको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने भनिएको छ । सम्झौताअनुसार रोजगारीका लागि छनोट भएका नर्र्सले शून्य लागतमा नै बेलायत जाने अवसर प्राप्त गर्नेछन् भने नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क लाग्ने छैन ।

बेलायतमा रोजगारीको अवसर पाउने नर्सको समयावधि पाँच वर्षको हुनेछ । आकर्षक रोजगारीको गन्तव्य मानिएको बेलायतमा जाने नर्सहरुको मासिक पाँच लाख रुपैयाँ आम्दानी हुने बताइएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:५१
#नर्स #बेलायतमा_रोजगारी
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि आइतबार, चैत ८, २०८२
नेप्से परिसूचक ६४ अंकले बढ्यो
नेप्से परिसूचक ६४ अंकले बढ्यो बिहीबार, चैत ५, २०८२
नेप्से परिसूचक तेह्र अंकले बढ्यो
नेप्से परिसूचक तेह्र अंकले बढ्यो मंगलबार, चैत ३, २०८२
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचक २६ अंकले घट्यो सोमबार, चैत २, २०८२
नेप्से चार दशमलव ४५ अंकले बढ्यो
नेप्से चार दशमलव ४५ अंकले बढ्यो आइतबार, चैत १, २०८२
नेप्से परिसूचक २३ अंकले वृद्धि
नेप्से परिसूचक २३ अंकले वृद्धि बिहीबार, फागुन २८, २०८२
सेयर बजार घट्याे
सेयर बजार घट्याे बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP