Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सत्ताको माहोल नबिगार्न दबाब
कांग्रेस केन्द्रीय समिति सत्ताको माहोल नबिगार्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३, २०८०

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले झण्डै वर्ष दिनपछि केन्द्रीय समिति बैठक राखेको छ । गत भदौ ५ गतेपछि बस्न नसकेको केन्द्रीय समिति बैठक एकैपटक मंगलबार (साउन २ गते) सुरु भएको हो । कांग्रेसको विधानअनुसार प्रत्येक दुई महिनामा एकपटक केन्द्रीय समिति बस्नैपर्ने बाध्यकारी नियम छ । तर, विविध कारण देखाउँदै कांग्रेसले पुसबाट लगातार स्थगित गर्दै आएको केन्द्रीय समिति साउनबाट भने तातो लागेको देखिन्छ ।


केन्द्रीय समिति प्रत्यक्ष प्रसारण
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको छ । उसले पहिलोपटक केन्द्रीय समिति आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरेको छ । कतिपयले नेपाली राजनीतिक इतिहासमा पार्टीको केन्द्रीय समितिको बैठक पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको हो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराए भने अर्का महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव प्रस्तुत गरे । बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरे भने नेता आनन्दप्रसाद ढुंगानाले अनुशासन समितिले तयार गरेको कामबारे जानकारी गराए ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा राखे ।

Hardik health

धेरै ठूलो मिहेनत गरेर अनुकूल स्थिति निर्माण भएको छ । यसलाई सच्याउने, सुधार गर्ने कुरामा लागौं । हाम्रा गतिविधि, हाम्रा बोलीबाट कत्ति पनि यो राजनीतिक परिस्थिति, भत्किने बिग्रिने तहमा पुग्ने गरी जान हुँदैन ।
पूर्णबहादुर खड्का
उपप्रधानमन्त्री एवं उपसभापति

यी हुन् छलफलका विषय
कांग्रेस केन्द्रीय समितिमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा १० विषय तय गरिएको थियो । विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषय हुन् । 

पहिलो दिन बैठकमा उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मंसिर ४ को निर्वाचन परिणामपश्चात् विकसित घटनाक्रम र सरकारको गतिविधिबारे, आनन्दप्रसाद ढुंगानाले केन्द्रीय अनुशासन समितिको प्रतिवेदन र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा पार्टीको गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । दोस्रो दिन आज नीति अधिवेशनदेखि महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावबारे छलफल हुने बताइएको छ । 

एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । अरु प्रतिपक्षीहरु आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन् ।
रमेश लेखक
प्रमुख सचेतक

प्रतिपक्षी आक्रामक छन् : लेखक
बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कांग्रेसको भूमिका र प्रतिपक्षीको विषयमा आफ्नो धारणा राखे । लेखकले प्रतिपक्षीहरू आक्रामक, अधैर्य र अपरिपक्व रहेको टिप्पणी गरे । यस्तो अवस्थामा कांग्रेसले जिम्मेवार भएर संसद्मा नेतृत्वदायी भूमिका खेल्नुपर्ने लेखकको सुझाव रह्यो ।

‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । अरु प्रतिपक्षीहरु आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन्,’ लेखकले भने ।लेखकले रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीलगायतलाई संकेत गर्दै उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्नसक्ने तर्कसमेत गरे ।


सत्तामा असर पुग्नेगरी नबोल्नु : उपसभापति खड्का
पार्टीको नेतृत्व गर्दै सरकारमा गएको उपसभापति पूर्णबहादुर खड्काले सत्ताको राजनीतिक वातावरण बिग्रनेगरी नबोल्न नेताहरुलाई आग्रह गरे । उपप्रधान तथा रक्षामन्त्री खड्काले कांग्रेस सरकारमा रहेकोले बोली र व्यवहारमा सतर्क रहन आग्रह गरेका हुन् । ‘पार्टीको संगठन, निष्ठा र प्रभावमा हामी सरकारमा गएकाको भूमिका, हाम्रो बोली, जीवनशैली, निर्णयशैलीले असर पार्छन् यसमा सतर्क हुन जरुरी छ,’ खड्काले भने । 

बजेट पारित गर्नका लागि कांग्रेसले अप्ठ्यारो परिस्थिति पार गरेको सम्झाउँदै उनले यसलाई कार्यान्वयन गर्नसमेत कांग्रेसको जिम्मेवारी रहेको बताए । ‘बजेटमा व्यवहारतः गर्नुपर्ने परिमार्जनहरु, बजेटलाई कानुनीरुपमा मिलाउनसक्ने कुरालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ खड्काले भने, ‘तुलनात्मक रुपमा अरु दलभन्दा कांग्रेसको भूमिकाले जोडिएका दलहरुलाई विश्वासमा लिएर जानुपर्ने वातावरण बनाउनुपर्नेछ ।’

गत पुस १० मा माओवादीले कांग्रेससँग गठबन्धन तोडेको थियो । पछि माओवादी पुनः कांग्रेस गठबन्धनमै आएपछि अहिले एमाले सत्ताबाहिर रहेको छ । एमालेले लिएको प्रदेशको नेतृत्वहरु कांग्रेसले खोसेको छ । यस्तो अवस्थामा गठबन्धनलाई नै असर पार्ने काम कारबाही नगर्न र अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरेका हुन् । 

‘धेरै ठूलो मिहेनत गरेर अनुकूल स्थिति निर्माण भएको छ । यसलाई सच्याउने, सुधार गर्ने कुरामा लागौं,’ प्रदेश र संघीय सरकारमा सत्ताबाहिर भएको दुई÷अढाइ महिनामा पार्टीका आमकार्यकर्ताको मनोदशा कस्तो थियो भन्ने सम्झिनुपर्ने भन्दै उनले भने, ‘तर, मेरो आग्रह छ, हाम्रा गतिविधि, हाम्रा बोलीबाट कत्ति पनि यो राजनीतिक परिस्थिति, भत्किने बिग्रिने तहमा पुग्नेगरी जान हुँदैन ।’

गगनको प्रस्तावः विभाग ७०, सात लाख सदस्य थप्ने
महामन्त्री गगन थापाले कांग्रेसको ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा’ सांगठनिक कार्यतालिका प्रस्तुत गरे । कांग्रेसको क्यालेण्डरका रुपमा लिइएको कार्यतालिकामा सात लाख सदस्य थप्ने लक्ष्यका साथ एक वर्षे अभियान चलाउने प्रस्ताव गरिएको छ ।

त्यसैगरी कांग्रेसको केन्द्रीय कार्यसमिति वर्षमा दुई वटा काठमाडौं उपत्यकाबाहिर गर्ने प्रस्ताव थापाले गरेका छन् । त्यसैगरी पार्टीमा २२ वटा विभाग थप गर्ने प्रस्तावसमेत उनले गरेका छन् । प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

त्यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।

कांग्रेसमा नै यसअघि ४८ विभाग छन् । विधानअनुसार कांग्रेसका हरेक विभाग महाधिवेशन सम्पन्न भएको छ महिनापछि गठन भइसक्नुपर्ने छ । जबकि, महाधिवेशन सम्पन्न भएको दुई वर्ष पुग्न लाग्दा बल्ल सूचना, सञ्चार तथा प्रचार विभागमात्रै गठन भएको छ । 

रुपान्तरण अभियानले बुझायो प्रतिवेदन
कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि अभियानमा रहेका नेताहरुले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

अभियानअन्तर्गत नेताहरुले सातवटै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गरेका थिए । प्रतिवेदनमा पार्टीलाई समयसापेक्ष सुधार गरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।

यसैगरी पार्टीका मूल्य मान्यता, आदर्श र सिद्धान्तलाई कुनै पनि सर्तमा कहिल्यै कोहीसँग पनि सम्झौता गर्न नहुने, लोकतान्त्रिक समाजवाद उन्मुख राष्ट्र निर्माणका सुत्र अगाडि सार्नुपर्ने, चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने, विधानमा भएअनुसार पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्नेलगायत सुझाव प्रतिवेदनमा उल्लेख छन् ।

पार्टी रूपान्तरणका लागि प्राप्त सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । उक्त अवसरमा पार्टीका नेता मधु आचार्य, गुरुराज घिमिरे, जगदिशनरसिंह केसी, भरतबहादुर खड्का, रीता शाहीलगायत उपस्थित थिए । 
 


प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०७:१२
#नेपाली_कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP