Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • वरिष्ठ नृत्यनिर्देशक केसीलाई ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’
वरिष्ठ नृत्यनिर्देशक केसीलाई ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३१, २०८०

काठमाडाैं-  वरिष्ठ नृत्यनिर्देशक जोगेन्द्र केसी ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९’ बाट पुरस्कृत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कार अन्र्तगत संगीत तथा नाट्य विधा तर्फ केसीले लुम्विनी प्रदेशबाट प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् ।

भानु जयन्तीको अवसर पारी शुक्रबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका विच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नृत्यनिर्देशक केसीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।

उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । नेपाली मौलिक नृत्यलाई लोप हुन नदिन केसीको योगदान महत्वपूर्ण छ । उनले नेपाल सहित विश्वका विभिन्न देशमा गएर मौलिक नृत्य प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कार र संस्कृतिको प्रचार गर्दै साँस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान दिदै आएका छन् ।

Hardik health

राष्ट्रिय जीवनका विविध क्षेत्रमा आ–आफ्नो तर्फबाट विशिष्ठ योगदान पु¥याएका प्रतिभालाई पुरस्कृत गर्ने हेतुले २०५० देखि यो पुरस्कारको स्थापना भएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यविधि २०७४ अन्र्तगत रही पुरस्कृत व्यक्तित्वहरुको छनौट गरिएको हो ।

भाषा एवम् साहित्य, संस्कृति, संगीत तथा नाट्य र ललितकला गरि चार विधामा विभिन्न सष्टा तथा सर्जकहरुलाई ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिएको हो ।

 लुम्विनी प्रदेशका केसीसँगै कोशी प्रदेशका शेखर चापागाई, मधेश प्रदेशका सुनिल मल्लिक, बाग्मती प्रदेशका भुवनदास श्रेष्ठ, गण्डकी प्रदेशका खिम बहादुर गौतम, कर्णली प्रदेशका फुलमाया दर्जी र सुदुरपश्चिम प्रदेशका डम्बर बहादुर रोकाया पनि संगीत तथा नाट्य विधा तर्फ प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सोही कार्यक्रममा महाकवि देवकोटा पुरस्कार, भगतसर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट विभिन्न सष्ट्रा तथा सर्जकहरुलाई पुरस्कृत गरिएको थियो ।
 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
'तिम्रो पाउको’ सार्वजनिक 
'तिम्रो पाउको’ सार्वजनिक  मंगलबार, चैत २४, २०८२
नयाँ दोहोरी गीत  ‘बस्ने भो पिरती दोहोरै’  सार्वजनिक
नयाँ दोहोरी गीत ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक मंगलबार, चैत २४, २०८२
चलचित्र कलाकार संघको निर्वाचन स्थगित
चलचित्र कलाकार संघको निर्वाचन स्थगित सोमबार, चैत २३, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP