Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अमेरिकी चासो बढ्दा अप्ठेरोमा देउवा
अमेरिकी चासो बढ्दा अप्ठेरोमा देउवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २६, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
RBB RBB

 

  • पछिल्लोपटक आरजुमाथि अनुसन्धान फेरि सोझिनु कांग्रेस सभापति देउवालाई थप अप्ठेरो पार्नु भएको बताइएको छ
  • कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसभित्रका असन्तुष्टि निरन्तर पोख्न थालेको घटनाबाट देउवा झनै अप्ठेरोमा
  • पछिल्लोपटक नेपाली राजनीतिमा अमेरिकी चासो बढ्न थालेको कांग्रेस नेता डा. नारायण खड्काबाटै पुष्टि

काठमाडौं-  नेपाली राजनीतिको आवरण हेर्दा शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापतिमात्र हैनन्, सत्ताको हर्ताकर्तासमेत हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई छेउकुना गर्ने शक्ति भएका देउवा अहिले निकै आपत्मा परेका चर्चा चल्न थालेको छ । आफ्ना विश्वासपात्र बालकृष्ण खाण पक्राउ परेयता देउवा राजनीतिक गतिविधिमा खासै खुलेर लागेको देखिँदैन ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा खाण अहिले जेलमा छन् । देउवानिकट कांग्रेस नेता आङटावा शेर्पा पनि जेलमै छन् । अरु अभियुक्तसहित दुवै कांग्रेस नेता पूर्पक्षका लागि थुनामा पर्दा हरेक दिन खाण पक्षधर नेताहरु धुम्बाराहीस्थित देउवानिवास धाउँछन्, खाणलाई छुटाउन खबरदारी गर्छन् ।

त्यही कारणले होला केन्द्रीय सदस्यसमेत रहेका खाणलाई देउवाले अहिलेसम्म कारबाहीको डण्डा चलाउन सकेका छन् । खाण पक्राउ परेपछि प्रश्नबाट बच्न देउवाले लामो समय केन्द्रीय समितिसमेत स्थगित गरे । अन्ततः दुई महिनामा एकपटक बस्नुपर्ने वैधानिक बाध्यता भएको कांग्रेस केन्द्रीय समिति भदौपछि पहिलोपटक भोलि बुधबार बस्दै छ ।

आरजुमाथि आक्रमण
शरणार्थी प्रकरणमा कांग्रेसका खाण र शेर्पामात्र हैनन्, बालकृष्णपत्नी मञ्जु र देउवापत्नी आरजु राणा देउवाको नाम पछि जोडिएको छ । यो प्रकरणमा आरजुलाई पैसा दिएको भन्दै पक्राउ परेका सन्देश शर्माले बयान दिएका थिए । आरजुले अडियो ‘फेक’ भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिँदा बालबाल बचेकी थिइन्, अनुसन्धानबाट । तर, उक्त स्वर सन्देश शर्माकै भएको पुष्टि प्रहरीले गरेको छ ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको आइतबारमात्र नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका हुन् । सोमबार आरजुले उक्त स्वर सन्देशकै भएको स्विकारेकी छन् ।

‘त्यो मान्छे केसमा मुछिएको मान्छे हो । तर उसले भनेको बयान गलत हो,’ प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आरजुले आफू चोखै रहेको दाबी गरिन् । मञ्जु खाण लामो समय फरार रहेपछि सदनमा उपस्थित भएकी थिइन् । पछिल्लोपटक आरजुमाथि अनुसन्धान सोझिनु कांग्रेस सभापति देउवालाई थप अप्ठेरो पार्नु भएको बताइएको छ ।

केही समयअघि भ्रष्टाचार काण्डमै जेल परेर अहिले साधारण जीवन बिताइरहेको जेपी गुप्ताले प्रधानमन्त्री दाहालको टार्गेटमा आरजु पर्नसक्ने बताएका थिए । खाण पक्राउपछि गुप्ताले भनेका थिए, ‘देउवाले यसरी पुलपुलाएको व्यक्ति अथवा ठाउँ दिएको व्यक्तिलाई कारबाहीको प्रक्रियामा तान्नु भनेको अनुसन्धान तार्किक निष्कर्षतिर जाँदै छ भन्न सकिने आधार हो । अब दाहालसँग देउवाले ‘कम्प्रोमाइज’ गर्नुपर्ने अवस्था आउनसक्छ । किनभने, दाहालको हात शेरबहादुरको भान्साघरमा पुगिसकेको छ । भान्साघरमा छिर्नमात्र बाँकी छ ।’ भान्साघर भनेर गुप्ताले आरजुतिर लक्षित गरेका थिए ।

बढ्दो अमेरिकी चासो
देउवालाई थप कमजोर पार्न अहिले उनका अर्को विश्वासी ज्ञानेन्द्रबहादुर कार्कीलाईसमेत प्रहार गर्ने तयारी भइरहेको चर्चा चल्न थालेको छ । अमेरिकाबाट १३ लाख डलर भित्र्याएका पृथ्वीबहादुर सिंह अहिले कारागारमा छन् । यही प्रकरणमा कार्कीलाईसमेत तान्ने तयारी भइरहेको चर्चा राजनीतिक वृत्तमा छ । पछिल्लोपटक नेपाली राजनीतिमा अमेरिकी चासो बढ्न थालेको कांग्रेस नेता तथा सांसद डा.नारायण खड्काले पुष्टि गरेका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा खड्काले नेपालमा युरोप र अमरिकाको चासो बढिरहेको बताए । यस्तो अवस्थामा राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको खड्काले बताए । उनले पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने बताए । यसो त राजनीतिक बेमेलका कारण अहिले काठमाडौंमा चिनियाँ गतिविधि पनि बढ्दो छ । सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

गगन झन् गर्जिंदै
पछिल्ला दिनहरुमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसभित्रको असन्तुष्टि पोख्न थालेका छन् । त्यस्तै परे संसदीय दलको नेताबाट देउवालाई हटाउन सकिने चेतावनीसमेत थापाले दिएका छन् । शनिबार बूढानीलकण्ठ पुगेर थापाले देउवाविरुद्ध उक्त चेतावनी दिएका हुन् ।

‘नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यस कारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु,’ थापाले भनेका थिए ।

अमेरिकी परियोजना एमसिसीमा व्याख्यात्मक विश्लेष्णको प्रचार गरेका थापालाई अमेरिकानिकट नेता मानिन्छन् । त्यसो त देउवा पनि अमेरिका निकट नेता नै हुन् । देउवाले पछिल्लोपटक अमेरिकी चासोका विषयमा सुन्न छाडेकोले उनलाई पाखा लगाएर गगन अघि सार्ने अमेरिकी तयारी रहेको चर्चासमेत चल्न थालेको छ ।

अन्तिम चेतावनीका लागि अमेरिकाले देउवालाई सिंगापुरमा बोलाएको र उपचारको बहानामा उनी त्यसतर्फ जेठ ३१ गते लागेका थिए । एक हप्ताका लागि भनेर सिंगापुर पुगेका देउवा जोडी झन्डै दुइ हप्तापछि स्वदेश फर्केका थिए । त्यसयता देउवा सार्वजनिक कार्यक्रममा बिरलै देखिन थालेका छन् । आफ्नो पार्टीको जिल्ला सभापतिहरु भेला भएको बैठकमासमेत देउवा बिहीबार र शुक्रबार सानेपा पुगेनन् ।

यसलाई कतिपयले देउवाविरुद्ध गगनका विद्रोहको रुपमासमेत चर्चा गर्न थलिएको छ । देउवा साँच्चै  अप्ठेरोमा परेका हुन् कि हैनन् भन्ने बारे थाह पाउन भने राजनीतिक चलखेलको केही पर्दा खुल्नैपर्ला । त्यसका लागि केही समय अझै लाग्ने बताइन्छ । 


प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०६:१५
#शेरबहादुर_देउवा
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP